Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०९ बैशाख २०८२
प्रचलनमा:
ताजा अपडेट
राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने :  जयगढ बजार आगलागी राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने : जयगढ बजार आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट अछामको जयगढ बजारमा ठुलो  आगलागी अछामको जयगढ बजारमा ठुलो आगलागी छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै

बुद्धका यात्रु भन्छन् : यत्ति हो भनेर घर पठाउनलाई म्यासेज पनि लेखिसकेको थिएँ, ज्यानको माया मारिसकेका थियौँ,

बुद्धका यात्रु भन्छन् : यत्ति हो भनेर घर पठाउनलाई म्यासेज पनि लेखिसकेको थिएँ, ज्यानको माया मारिसकेका थियौँ,

ल्यान्डिङ गियरमा समस्या भएपछि बुद्ध एयरको एउटा जहाज सोमबार बिहान करिब २ घण्टासम्म नेपाली आकाशमा घुमिरह्यो । ल्यान्डिङ गियर इन्डिकेटरमा समस्या आएपछि उडान नम्बर यू ४ ७०१ को ९ एन–एएनआई कलसाइनको जहाज दुर्घटनाको मुखमा पुगेको थियो। 

काठमाडौंबाट बिहान विराटनगर उडेको यो जहाज समस्याका बाबजुद जहाज सकुशल अवतरण भएको कम्पनीले जनाएको छ।

यो जहाजमा वयस्क ६८, बच्चा २ र शिशु ३ गरी कुल ७३ जना यात्रु थिए। यही जहाजमा सवार एकजना यात्रु विराटनगर निवासी अनमोल प्रधानले बाँच्ने आशमा सबै यात्रु हात जोडेर प्रार्थना गरिरहेको बताएका छन्। 

'सबैजना हात जोडेर बसिरहेका थियौँ', उनले काठमाडौंमा सुरक्षित अवतरणपछि भनेका छन्, 'हामीसँग अरु कुनै विकल्प थिएन, केही गर्न र सोच्न पनि सकेनौँ।'

अर्का यात्रु प्रताप लिम्बुले बिहान ८ बजेर ५ मिनेटमा काठमाडौंबाट उडेको जहाज विराटनगरमा अवतरण हुन नसकेपछि ज्यानको माया मारेको बताए।

'विराटनगर पुगेपछि जहाजमा समस्या थाहा भएको थाहा पायौँ। त्यहाँ पनि पाइलटले ६ पटकभन्दा धेरै अवतरण गराउन खोज्नु भएको थियो तर सक्नु भएन', उनले भने, 'काठमाडौं आएपछि पनि क्याप्टेनले अनेक प्रयास गर्नु भयो। तर अवतरण हुन नसकेपछि हामीले ज्यानको माया मारेका थियौँ।'

उनले परिपक्व चालक दलका सदस्य भएकाले ज्यान बचेको पनि उनले बताए। 'हामीले त ज्यानको माया मारेर झ्याल खोलिदिनु हामी हामफाल्छौँ भनेका थियौँ', उनले भने, 'तर एयर होस्टेस र पाइलटको परिपक्व व्यवहारले हामी जोगियौँ। एयरहोस्टेसहरु पनि रुनु भएको थियो। तर हामीलाई उहाँहरुले अन्तिमसम्म बचाउँछौँ भन्नु भयो।'

लिम्बुले जहाज सुरक्षित अवतरण नहुने निचोडसहित अब यति नै रहेछ भनेर घरमा सन्देश पनि पठाएको बताएका छन्। उक्त जहाज अवतरण भएपछि बुद्धमै यात्रारत विराटनगरका पत्रकार धर्मराज ढकालले केही यात्रुसँगको कुराकानीको भिडियो पनि सामाजिक सञ्जालमा हालेका छन्। 

जहाजमा प्राविधिक समस्या आएको थाहा पाएपछि यात्रुबीच रूवाबासी चल्नुका साथै ६ जना बेहोस नै हुन पुगेका थिए। 'यात्रुसँगै एयरहोस्टेसहरु समेत रुनु भयो। तर उहाँहरुले यात्रुलाई नआत्तिन भनिरहनु भयो', लिम्बुले भने, 'एयरपोर्टमा अवतरण हुन नसके इन्धन खाली गरेर भए पनि सुरक्षित ठाउँमा जहाज फोर्स ल्यान्डिङ गर्ने उहाँहरुको योजना रहेछ। तर भाग्यले हामी सुरक्षित अवतरण भएर बाँच्न सफल भयौँ।'

उनका अनुसार जहाजको सम्भावित जोखिम सम्झिएर यात्रुबीच रूवाबासी चलेको थियो। तर क्याप्टेन आङ्गेलो शेर्पासहितको चालक दलको टोलीले जहाजलाई कुशलतापूर्वक सुरक्षित अवतरण गराउन सफल भएको हो।  

भएको के हो?
बुद्ध एयरका अनुसार विराटनगर विमानस्थलमा अवतरणका क्रममा ल्यान्डिङ गियर इन्डिकेटरमा समस्या देखियो। 

टावरले पनि गियर नझरेको जानकारी दिएपछि जहाजका क्याप्टेनले शेर्पाले जहाज काठमाडौं फर्काउने निर्णय गरे। 

सुरक्षा निर्देशिकाअनुसार जहाजको इन्धनलाई कम गर्न केहीबेर काठमाडौंकै आकाशमा फन्को लगाइयो। त्यसपछि क्याप्टेन शेर्पाले सबै सुरक्षा मापदण्ड पूरा गरी सुरक्षितसाथ त्रिभुवन विमानस्थलमा जहाज अवतरण गराउन सफल भए।

क्याप्टेनले जहाज काठमाडौं फर्काउने निर्णय आकस्मिक रुपमा लिएका थिए। त्यसपछि जहाज काठमाडौं आएको र बुद्ध एयरको प्राविधिक टोलीको रेडियो सम्पर्कमा ल्यान्डिङ गियर जाँच गर्दा झरेको जानकारी भएको कम्पनीको भनाइ छ। 

नागरिक उड्डयन प्राधिकरणले जारी गरेको निर्देशिका अनुसार काठमाडौं विमानस्थलमा जहाज सामान्य रुपमै अवतरण भएको कम्पनीले जनाएको छ। 

प्रतिक्रिया