Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

शारदा ब्यारेजमा रातो बत्ति बालियो, महाकाली नदीको जलस्तर ९२ वर्षयताकै उच्च

शारदा ब्यारेजमा रातो बत्ति बालियो, महाकाली नदीको जलस्तर ९२ वर्षयताकै उच्च

महाकाली नदीको जलस्तर अहिलेसम्मकै सबैभन्दा उच्च मापन गरिएको छ। महाकाली नदीमा निर्माण भएको शारदा ब्यारेजमा ९२ वर्षयताकै ठूलो जलस्तर मापन गरिएको हो।

‘नदीमा पानीको जलस्तरले अहिलेसम्मकै रेडर्क तोडेको छ,’ इलाका प्रहरी कार्यालय गड्डाचौकीमा प्रहरी नायव निरीक्षक जीवन गुरुङले भने,‘यो नदीमा पानीको जलस्तरको क्षमता नै ६ लाख क्यूसेक हो।’

उनका अनुसार महाकाली नदीमा पानीको जलस्तर दिउँसो २ बजेसम्म ५ लाख ४७ हजार २ सय २४ क्यूसेक मापन गरिएको छ। यसअघि महाकाली नदीमा सन् २०१३ मा सबैभन्दा धेरै ५ लाख ४४ हजार ४ सय ७६ क्यूसेक पुगेको थियो। 

पानीको बहाव उच्च भए पछि ९२ वर्षअघि बनेको शारदा ब्यारेज (वनबसा पुल)समेत जोखिममा परेको छ। पुलमा खतराको संकेत अनुसार रातो बत्ति बालिएको छ। 

भारतीय पक्षले हिजो साँझदेखि नै पूर्ण रुपमा पुलमा आवागमन बन्द गरेको छ। जसका कारण नेपाल–भारतको आवागमन नै ठप्प भएको छ। 

भारतमा ब्रिटिश शासन भएका बेला सन् १९२३ मा पुल निर्माण भएर १९२९ मा सम्पन्न भएको थियो। त्यही समयदेखि नै शारदा ब्यारेजले महाकाली नदीमा पानीको जलस्तर मापन गर्न सुरुआत गरेको हो। 

शारदा ब्यारेजको रेकर्ड अनुसार सन् १९६६ मा ४ लाख ३७ हजार, १९६९ मा ४ लाख ८० हजार ५९६, १९७२ मा ४ लाख ९६ हजार १००, २००८ मा ४ लाख  ६१ हजार ७८८ र २०१३ मा ५ लाख ४४ हजार ४७६ क्यूसेक मापन गरिएको थियो।

पुलको आयु सकिएकाले अहिलेको उच्च बहावले पुल नै खतरामा परेको भारतीय अधिकारीहरुले जनाएका छन्। 

प्रतिक्रिया