Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ३१ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

शारदा ब्यारेजमा रातो बत्ति बालियो, महाकाली नदीको जलस्तर ९२ वर्षयताकै उच्च

शारदा ब्यारेजमा रातो बत्ति बालियो, महाकाली नदीको जलस्तर ९२ वर्षयताकै उच्च

महाकाली नदीको जलस्तर अहिलेसम्मकै सबैभन्दा उच्च मापन गरिएको छ। महाकाली नदीमा निर्माण भएको शारदा ब्यारेजमा ९२ वर्षयताकै ठूलो जलस्तर मापन गरिएको हो।

‘नदीमा पानीको जलस्तरले अहिलेसम्मकै रेडर्क तोडेको छ,’ इलाका प्रहरी कार्यालय गड्डाचौकीमा प्रहरी नायव निरीक्षक जीवन गुरुङले भने,‘यो नदीमा पानीको जलस्तरको क्षमता नै ६ लाख क्यूसेक हो।’

उनका अनुसार महाकाली नदीमा पानीको जलस्तर दिउँसो २ बजेसम्म ५ लाख ४७ हजार २ सय २४ क्यूसेक मापन गरिएको छ। यसअघि महाकाली नदीमा सन् २०१३ मा सबैभन्दा धेरै ५ लाख ४४ हजार ४ सय ७६ क्यूसेक पुगेको थियो। 

पानीको बहाव उच्च भए पछि ९२ वर्षअघि बनेको शारदा ब्यारेज (वनबसा पुल)समेत जोखिममा परेको छ। पुलमा खतराको संकेत अनुसार रातो बत्ति बालिएको छ। 

भारतीय पक्षले हिजो साँझदेखि नै पूर्ण रुपमा पुलमा आवागमन बन्द गरेको छ। जसका कारण नेपाल–भारतको आवागमन नै ठप्प भएको छ। 

भारतमा ब्रिटिश शासन भएका बेला सन् १९२३ मा पुल निर्माण भएर १९२९ मा सम्पन्न भएको थियो। त्यही समयदेखि नै शारदा ब्यारेजले महाकाली नदीमा पानीको जलस्तर मापन गर्न सुरुआत गरेको हो। 

शारदा ब्यारेजको रेकर्ड अनुसार सन् १९६६ मा ४ लाख ३७ हजार, १९६९ मा ४ लाख ८० हजार ५९६, १९७२ मा ४ लाख ९६ हजार १००, २००८ मा ४ लाख  ६१ हजार ७८८ र २०१३ मा ५ लाख ४४ हजार ४७६ क्यूसेक मापन गरिएको थियो।

पुलको आयु सकिएकाले अहिलेको उच्च बहावले पुल नै खतरामा परेको भारतीय अधिकारीहरुले जनाएका छन्। 

प्रतिक्रिया