Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १२ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

कात्तिकमा किन दर्कियो पानी ? के भन्छन् मौसमविद् ?

कात्तिकमा किन दर्कियो पानी ? के भन्छन् मौसमविद् ?

खेतभरि पाकेको धान भित्र्याउने चटारोमा रहेका किसानहरू आकाशतिर हेरिरहेका छन् । धान पाकेर चुट्न ठिक्क भएका बेला असोज–कात्तिकमा अचानक परेको झरीले धेरै किसानको ओठतालु सुकाएको छ । कतिपय स्थानमा धानबाली नै डुबानमा परेको छ । कात्तिकमा बाढी ? धेरै मानिसलाई यसले अचम्ममा पारेको छ । विभिन्न जिल्लाबाट प्राप्त समाचारअनुसार देशका धेरै स्थानमा घर भित्र्याउन ठिक्क भएको धानबाली वर्षाले क्षति पुर्‍याएको छ ।

यो वर्षको मनसुन नेपालबाट बिदा भइसकेको छ । भीषण वर्षाका कारण धेरै ठुला प्राकृतिक प्रकोपका घटना पनि घटे । मनसुन बिदा भएपछि भने मौसम राम्ररी खुलेको थियो । तर, अचानक झरी पर्‍यो ।

नेपालीहरूको ठुलो चाड दसैँलाई स्वागत गरिरहेको मौसम एक्कासि बदलियो । दसैँको टीकाको दिनभर खुलेको आकाशमा साँझदेखि बादल फैलिन सुरु ग–यो । त्यसको भोलिपल्टबाट देशका विभिन्न भागमा पानी पर्न सुरु ग–यो । सोमबार सुदूर पश्चिममा परेको अत्यधिक वर्षाले धेरै बस्ती तथा धानवाली डुबानमा पा–यो । दसैँ मनाएर धानबाली भित्राउन प्रतीक्षा गरिरहेका किसानका खेत पानीमा डुब्यो ।

यतिबेला नेपालमा मनसुन प्रणाली सकिएको छ । मनसुनपछि विकास भएको  पानी पार्ने छुट्टै प्रणालीका कारण अहिले वर्षा भइरहेको मौसमविदको भनाइ छ ।

नेपालमा पानी पार्ने मुख्य दुई प्रणाली छन् । पहिलो बंगालको खाडीमा विकास भएर नेपालतर्फ आउने पानी पार्ने प्रणाली । अर्को, अरेवियन सागरमा विकास भएर नेपाल प्रवेश गर्ने वायु । अहिले नेपालमा भइरहेको वर्षातको कारण भने यी दुवैतर्फबाट विकास भएर नेपाली आकाशमा आइपुगेका जलवाष्पयुक्त वायुको टक्कर रहेको वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले रातोपाटीलाई जानकारी दिइन् ।

अहिले वर्षा हुनुको कारणबारे उनले भनिन्– ‘बंगालको खाडीमा र मध्य भारतबाट उत्तरतिर सर्दै गएको न्यून चापीय प्रणाली छ । यस्तै पश्चिमी वायुको पनि प्रभाव परेको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु र पश्चिमी वायुको प्रभावका कारण नेपालमा वर्षा भएको हो ।’

अहिले मनसुन सकिएकाले यो मनसुनी वायुको प्रभावले वर्षा नभएको उनले बताइन् । जाडो महिनामा पश्चिमी वायुको प्रभावले वर्षा हुने र अहिले भएको वर्षाको पनि त्यही प्रभाव रहेको उनको भनाइ छ । साथै बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीको बहावका कारण पनि अहिलेको वर्षा भएको हो ।

उनले भनिन्– ‘यस्तो कहिल्यै नहुने भन्ने चाँहि हैन, अक्टोवर, नोभेम्वर, मार्च, अप्रिल र मे महिनामा ट्रपिकल साइक्लोन हुने अवस्था हो । यो मनसुनका बेलामा हुँदैन, अगाडि र पछाडिको समयमा हुने गर्छ । यो बेला मेघ गर्जन, हावा–हुरी, चट्याङसहितको वर्षा हुन्छ । त्यही प्रणालीअन्तर्गत एउटा प्रणाली आएर अहिले वर्षा भएको हो ।

अहिले भएको वर्षा अप्रत्याशित र नौलो भने हैन । विगतका वर्षहरूमा पनि यस प्रकारको वर्षा हुने गर्थ्यो । जुन मनसुनमा धेरै वर्षा हुन्छ, त्यो वर्ष चक्रपातहरुको पनि सिर्जना हुने धेरै सम्भावना हुन्छ । गत वर्ष सात–आठ महिना वर्षा नभएर गाह्रो भएको थियो । तर, यसपालि वर्षा नहुने सम्भावना कम नै हुन्छ ।’

कि बंगालको खाडीमा र कि अरेवियन समुन्द्रमा उत्पन्न भएको प्रणालीको कारण नेपालमा वर्षा हुने गर्छ । अहिले ती दुवै क्षेत्रबाट पानी पार्ने प्रणाली विकास भई दुवै नेपालको पूर्वी भूभागमा बंगालको खाडीबाट उत्पन्न भएको जलवास्पयुक्त वायुका कारण र पश्चिमी वायुका कारण सुदूरपश्चिम क्षेत्रमा बढी मात्रामा वर्षा भइरहेको वरिष्ठ मौसमविद् मानन्धरको भनाइ छ ।

पूर्वी क्षेत्रमा प्रदेश १ र २ मा सोमबार धेरै वर्षा भएको थियो भने मंगलबार पनि वर्षा भइरहेको छ । दुईतर्फबाट विकास भएर आएको वायुले नेपाल र यस आसपासका क्षेत्रमा वर्षा भइरहेको छ ।

मौसमविद्का अनुसार सजिलो भाषामा भन्नुपर्दा, ‘बंगालको खाडीबाट विकास भएको र मध्य भारतमा बनेको पानी पार्ने वायुको प्रणाली उत्तरतिर सर्दै आएको र अरेबियन सागर पश्चिमबाट आएको वायुको नेपालको आकाशमा भेट हुँदा टक्कर प–यो र मनसुन पछि पनि अर्को वर्षा भयो ।’

मानन्धर भन्छिन्, ‘वर्षा गराउने कुनै एक प्रणाली अर्को प्रणालीसँग ठ्याक्कै मेल खाँदैन । हरेक मनसुन पनि उस्तै हुँदैन, पोष्ट मनसुन पनि उस्तै हुँदैन । अहिले भइरहेको वर्षातलाई मनसुनपछि आएको पहिलो पानी पार्ने प्रणालीका रूपमा बुझ्नुपर्छ ।’

यतिबेला मनसुनमा जस्तै धेरै पानी परेको छ । सुदूर पश्चिममा झन्डै २ सय मिमिलिटर सम्म पानी परेको छ । यता गण्डकी प्रदेश र लुम्बिनी प्रदेश आसपासमा पनि वर्षा भइरहेको छ । पूर्वी क्षेत्रमा भन्दा सुदूर क्षेत्रमा बढी पानी परेको छ ।

अहिले भइरहेको वर्षाबाट सबैभन्दा ठुलो मारमा धान भित्राउन तरखर गरेका किसानहरू परेका छन् । अर्कोतिर हिमाली क्षेत्रमा पदयात्राका लागि गएका पर्यटकहरू पनि प्रभावित भएका छन् । बाढी पहिरो र डुबानका कारण जनजीवनपनि प्रभावित भएको छ । सुदूरपश्चिमका विभिन्न क्षेत्र बाढीको डुबानमा परेको छ । हिमाली क्षेत्रमा पदयात्रामा गएकाहरूले मौसम विभागलाई फोन गरेर मौसमबारे जानकारी मागिरहेका छन् ।

‘मंगलबार र बुधबार हिमाली क्षेत्रमा हल्कादेखि मध्यम खालको हिमपात हुने सम्भावना भएकोले आज र भोलि पदयात्रा नगर्न हामीले सुझाएका छौँ । साहसिक यात्रामा किन चुनौती थप्ने भनेर बिहीबार पछाडि मात्र हिमाली क्षेत्रको पदयात्रा सुचारु गर्नुस् भनेर हामीले भनेका छौँ ।’ वरिष्ठ मौसमविद् मानन्धरले भनिन् ।

उनले थपिन्, ‘कात्तिक ४ गतेपछि क्रमिकरुपमा मौसम सुधार हुन्छ, वर्षाको सम्भावना न्यून हुँदै जान्छ । तुरुन्तै वर्षा त रोकिँदैन, तर केही दिन बादल लागेर बिस्तारै आकाश खुल्छ । दश–पन्ध्र दिनपछि बिस्तारै मौसमको अर्को प्रणाली विकास हुने सम्भावना त छँदैछ ।’

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाले अहिले सुरु भएको वर्षातको पूर्वानुमान दुई दिन अघि नै गरे पनि धेरै किसानले धान काटेका थिए । उनीहरूले समयमै सूचना नपाउँदा किसानले क्षति बेहोर्नुपर्ने भयो ।

मौसमविद्लाई थाहा थियो, किसानले सूचना पाएनन्

वर्षा हुनुपूर्व मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरे पनि धान काटेका किसानले चुट्न पाएनन् । किसानलाई मौसमबारे समयमै सूचना दिनका लागि कृषि मन्त्रालयले कृषि सञ्चार केन्द्रको व्यवस्था गरेको कृषि मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेल बताउँछन् ।

सो केन्द्रले एसएमएसबाट किसानलाई जानकारी दिने गरेको उनले बताए । तर, केन्द्रका प्रमुख ईश्वरी पाण्डेसँग यसबारे जानकारी लिन खोज्दा उनको मोबाइल फोन उठेन ।

यता जल तथा मौसम पूर्वानुमान शाखाले भने मौसमको अवस्थाबारेमा सूचना प्रवाह गर्ने मात्र आफ्नो क्षेत्राधिकार रहेको बताएको छ । अन्य सरोकारवाला सरकारी निकायले त्यो सूचनालाई प्रवाह गर्नुपर्ने वरिष्ठ मौसमविद् मानन्धरले बताइन् ।

उनले भनिन्, ‘मौसमको अवस्था बारेमा हामीले जुन सूचना सम्प्रेषण गर्नुपर्ने हो त्यो गर्छौँ । यसबारे कृषि मन्त्रालय वा पर्यटन मन्त्रालय या बाढी पूर्वानुमान महाशाखा वा स्वास्थ्य क्षेत्र लगायतले हाम्रो पूर्वानुमानको सूचनालाई उहाँहरूले आफ्नो सरोकारको ठाउँमा पु–याउनुपर्ने हो । सबैतिरका लागि काम गर्ने हाम्रो अधिकार क्षेत्र पनि पर्दैन । हाम्रो काम मौसमको अवस्थाबारेमा सूचना प्रवाह गर्ने मात्र हो । हामीले दिएको सूचनालाई उहाँहरूले आफ्नो सम्बन्धित क्षेत्रमा पु–याउँनुपर्ने हो । तैपनि हामीहरूले साप्ताहिक रूपमा मौसम पूर्वानुमानसँग सम्बन्धित विवरण कृषिसँग सरोकार निकायहरूलाई पठाउने गरेका छौँ ।’

आज र भोलि के हुँदैछ ?

कात्तिक ३ गते देशभर सामान्यदेखि पूर्ण बदली रहने, प्रदेश १, प्रदेश नं २, बागमती  प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी  प्रदेशका धेरै स्थानहरुका साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हिमाली भूभागहरूका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै र लुम्बिनी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी कात्तिक ४ गते प्रदेश नं १, प्रदेश न २, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । 

प्रतिक्रिया