Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

केन्द्रको निर्देशन कुर्दै मुख्यमन्त्री - शाही भर्सेस शाही : कर्णालीको सत्ता

केन्द्रको निर्देशन कुर्दै मुख्यमन्त्री - शाही भर्सेस शाही  :  कर्णालीको सत्ता

कर्णाली प्रदेशको राजनीति पहिलो वर्षदेखि नै सत्ता र शक्तिको दुष्चक्रमा फसेको छ । २०७४ सालको प्रदेशसभा निर्वाचनपछि एमालेको समर्थनमा मुख्यमन्त्री बनेका माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले जुन प्रतिबद्धताका साथमा मुख्यमन्त्री पद सम्हालेका थिए, त्यो अनुसार काम गर्न सकेनन् भनेर तत्कालीन सत्तापक्ष (एमाले–माओवादी) का सांसदले नै उनलाई असहयोग गर्न थाले । त्यसको मुख्य योजनाकार थिए एमालेका सांसद यामलाल कँडेल ।

कँडेलले आफू मुख्यमन्त्री बन्ने सपना बोकेर कहिले माओवादी केन्द्रका नेतालाई नै फकाएर आफ्नो पक्षमा उभ्याए त कहिले आफ्नै सांसदलाई फकाउन नसकेर विचलित हुन पुगे । उनले चार–चार पटक महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई विस्थापित गर्ने योजना बनाए पनि सफल हुन सकेनन् ।

कर्णालीमा यामलाल–महेन्द्रको ‘सत्ताको लडाइँ’को अवधि प्रदेश सरकार गठनको सुरुवाती समयदेखि २०७८ वैशाखसम्म (झण्डै साढे ३ वर्ष) चल्यो । तर, एमालेकै केही सांसदको समर्थनमा मुख्यमन्त्री शाहीले अहिलेसम्म सत्ता सुरक्षित गर्दै आएका छन् । पछिल्लो समय उनलाई नेपाली काँग्रेसले पनि साथ दिएको छ । यद्यपि, फेरि पनि कर्णालीमा सत्ताको संघर्ष जारी छ । अहिले मुख्यमन्त्री शाही र काँग्रेस नेता जीवनबहादुर शाहीबीच सत्ताको संघर्ष सुरु हुन थालेको छ ।

महेन्द्रबहादुर र जीवनबहादुरबीचको गठबन्धन  

नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही अल्पमतमा परे । उनले प्रदेशसभाको बैठकबाट वैशाख ३ मा विश्वासको मत लिए । प्रतिपक्षको भूमिकामा रहेको नेपाली काँग्रेस र तत्कालीन एमालेभित्रकै माधवकुमार नेपाल पक्ष (हाल एकीकृत समाजवादी)का सांसदहरुसँग उनले सहयोग मागे । सोही अनुसार उनले विश्वासको मत पनि पाए ।

उनले विश्वासको मत दिने क्रममा ‘फ्लोर क्रस’ गरेका एमालेका चार जनामध्ये तीन जना अम्मरबहादुर थापा, नन्दसिंह बुढा, कुर्मराज शाहीलाई मन्त्री बनाइदिए भने काँग्रेससँग आलोपालो सरकार सञ्चालन गर्ने सहमति अनुसार अघि बढे ।

सहमतिअनुसार नै काँग्रेसका दीनबन्धु श्रेष्ठ र यज्ञ बिसीलाई उनले मन्त्री बनाए । वैशाख–असारसम्मको समयावधि पनि मुख्यमन्त्री शाहीको सत्ताको समीकरण मिलाउनमै बित्यो । सुरुमा मुख्यमन्त्री शाहीसँग भद्र सहमति भएको कुरा काँग्रेस नेता जीवनबहादुर शाहीले कहिलै स्वीकार गरेनन् । बरु, काँग्रेसका अन्य सांसदले सहमति भएको र सोही अनुसार अघि बढ्ने बताइरहे । अहिले काँग्रेस नेता शाही आफू सहमतिअनुसार नै मुख्यमन्त्री बन्नुपर्ने दाबी गरिरहेका छन् ।

प्रतिक्रिया