Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

लाइसेन्सका लागि एकैदिन नौ लाखले देखाए चासो, १४ लाख नयाँ स्मार्ट कार्ड आउँदै

लाइसेन्सका लागि एकैदिन नौ लाखले देखाए चासो, १४ लाख नयाँ स्मार्ट कार्ड आउँदै

यातायात व्यवस्था विभागले कोभिड–१९ का कारण स्थगित गरेको नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन खुला गरेको छ । ६ महिना अघिबाट महामारीको कारण देखाउँदै स्थगित स्मार्ट लाइसेन्सको परीक्षा नयाँ व्यवस्थाअनुसार हुने भएको हो ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले आवेदन खुलाएको एकैदिनमा ९ लाखभन्दा बढीले आवेदनका लागि वेभसाइट आबद्ध भएको बताउनुभयो । उहाँका अनुसार लामो समय आवेदन रोकिएका कारण एकैपटक लाखौंले आवेदन दिन लागेका हुन् । सकेसम्म ट्रायल परीक्षालाई सहज बनाउने गरी विभागले काम गरिरहेको बताउँदै भुसालले आवेदन दिएकाहरुले धेरै समय कुर्न नपर्ने गरी व्यवस्थापन गर्न लागिएको बताउनुभयो । विभागले गत भदौ ३० गतेबाट देशभरका २१ वटा यायातात कार्यालयमार्फत दैनिक ५ हजार नयाँ चालकको ट्रायल परीक्षा लिँदै आएको छ ।

नयाँ व्यवस्थाअनुसार आवेदन प्रणाली खुला भएको र अब नियमितरूपमा फारम भर्न सकिने बताउनुभयो । उहाँले पहिले आवेदन दिएकालाई पहिलो प्राथमिकता दिएर नयाँ आवेदन दिएकाहरुको क्रमशः परीक्षा लिइने बताउनुभयो ।

प्रवक्ता भुसालका अनुसार नयाँ आवेदन दिनेहरुले अब विभागले ल्याएको अंकभार प्रणालीअनुसार परीक्षा दिनेछन् । नयाँ व्यवस्थाअनुसार लिखित परीक्षामा अब ४–४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ भने ती प्रश्नको अंकभार सय नम्बरको हुनेछ । नयाँ व्यवस्थाअनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्नेछ । नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५ सयवटा वस्तुगत प्रश्नको संग्रहसमेत सार्वजनिक गरेको छ । त्यसभित्रैबाट प्रश्न सोधिनेछ ।

नयाँ व्यवस्थाअनुसार यातायात व्यवस्था विभागले अब लाइसेन्सका लागि अकंभारमा आधारित परीक्षा प्रणाली लागू हुनेछ । तर, पुराना ट्रायल दिन बाँकीहरूको भने पुरानै प्रणालीअनुसार दिनुपर्ने विभागले बताएको छ । विभागले गत साउनदेखि लागू हुने योजनासँगै सवारीचालक अनुमतिपत्रको परीक्षाका लागि नयाँ मापदण्ड व्यवस्था गरेको थियो । नयाँ प्रणालीअनुसार लाइसेन्स लिन चालकलाई सहज हुने बताइएको छ । आवेदन बुझाइसकेपछि दिइने लिखित परीक्षाको अवधि जम्मा ३० मिनेटको हुनेछ ।

जसको पूर्णाङ्क १०० हुनेछ । विभागका अनुसार लिखितमा पास भएको भोलिपल्ट अथवा तोकिएको मितिमा चालकले ट्रायलका लागि सम्बन्धित ट्रायल सेन्टर अथवा यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्नेछ । ट्रायल पास गरेसँगै सोही ठाउँबाटै चालकले परीक्षणकालीन लाइसेन्स प्राप्त गर्नेछ । जसको अवधि एक वर्षको हुनेछ । परीक्षणकालीन लाइसेन्सको अवधिभर यदि चालक पाँच पटकभन्दा बढी कारबाहीमा पर्छ भने उसले स्मार्ट लाइसेन्स नपाउने प्रावधान लागू गरिएको छ । एक वर्षको परीक्षणकालीन लाइसेन्सपछि भने चालकले चार वर्ष अवधिको स्मार्ट लाइसेन्स प्राप्त गर्नेछ ।

प्रवक्ता डा. लोकनाथका अनुसार हाल देशभर झन्डै साढे ३ देखि ४ लाखले ट्रायल परीक्षा दिन बाँकी छ । विभागले अहिलेको हिसाबमा काठमाडौंबाट लाइसेन्स निकाल्न परीक्षा दिने आवेदकहरूको परीक्षा पालो अबको ३ देखि ४ महिनापछि आउने बताएको छ भने काठमाडौं बाहिरी जिल्लामा भने नयाँ आवेदकको लाइसेन्स लिने प्रक्रिया १५ दिनभित्रै शुरु हुने बताएको छ ।

स्मार्ट कार्डको अभावमा अहिले भने स्मार्ट लाइसेन्स छपाइको काम रोकिएको छ । प्रवक्ता भुसालका अनुसार यही महिनाको अन्तिमसम्म १४ लाख स्मार्ट कार्ड आइसक्नेछ । उहाँले हालसम्म ३० लाखभन्दा बढी स्मार्ट लाइसेन्स वितरण भइसकेको बताउँदै बाँकी रहेको ६ लाख स्मार्ट लाइसेन्स पनि छिटोभन्दा छिटो वितरण गर्ने प्रक्रियामा अगाडि बढाइएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया