Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १४ साउन २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित

प्रजातन्त्र स्थापनाका लागी दुई पार्टी मिलेर एक बनेको नेपाली कांग्रेसको ईतिहास

प्रजातन्त्र स्थापनाका लागी दुई पार्टी मिलेर एक बनेको नेपाली कांग्रेसको ईतिहास

देशको पुरानो तथा प्रमुख दलमध्ये एक नेपाली कांग्रेस १४  महाधिवेशन केन्द्रित छ । मंसिर मसान्त सम्म केन्द्रीय महाधिवेशन सक्नेगरी नेपाली कांग्रेसले तयारी गरेको छ । त्यस्तै भाद्र १८ गतेदेखी वडा तहको अधिवेशन सुरु भएको थियो । अहिले गाउँ, नगर, जिल्ला अधिवेशन भैरहेको छ । नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको उद्देश्य समान थियो नेपालमा राणाशासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्ने नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको उद्देश्य थियो ।

नेपालमा राणाशासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्ने एउटै उद्देश्यका लागि दुईवटा पार्टीले रहिरहनुको खासै औचित्य पनि थिएन । त्यसैले यी दुवै पार्टीले एकताको प्रक्रिया अगाडि बढाए । दुवै पक्षले आफ्नो वक्तव्यमार्फत दुवै पार्टीबीच एकता आवश्यक रहेकोमा जोड दिए ।  सन् १९५० मार्च ९ का दिन पार्टीका सभापतिहरु मातृकाप्रसाद कोइराला र महेन्द्र विक्रम शाहले संयुक्त प्रेस वक्तव्य सार्वजनिक गर्दै आफुहरु एकताका लागि सहमतिमा पुग्नै लागेको बताएका थिेेए ।

"नेपालमा प्रजातन्त्रको स्थापना गर्ने एक महान र कठिन कार्य सम्पन्न गर्न प्रजातन्त्रको पक्षमा लडिरहेका शक्तिहरुका बीचमा एकता कायम गर्न अपरिहार्य भएको छ । वर्तमान नेपालको एकतन्त्रीय शासन लाई समाप्त पारेर प्रजातान्त्रिक पद्धति कायम गर्न राष्ट्रले निकै ठुलो प्रयत्न गर्नुपर्दछ ।  यसका निमित्त आम तवरले आन्दोलन गर्न सबै प्रगतिशील पक्षको एक राष्ट्रिय संगठन बन्न आवश्यक छ । यही आवश्यकताले प्रजातन्त्रको पक्षमा लडिरहेका सबैलाई एकजुट भएर एक शक्तिशाली संगठनको निर्माण गर्न बाध्य गरेको छ, हामी त्यसबारे सहमतिमा पुग्नै लागेका छौं ।" वक्तव्यमा भनिएको थियो । 

वक्तव्यमै उल्लेख भए अनुसार सन १९५० मार्च १५ मा दुवै पार्टीको केन्द्रीय कार्यसमितिको संयुक्त बैठक बसी बैठकले  एकीकरणलाई सिद्धान्ततः स्वीकार गर्‍यो साथै एकता प्रक्रिया टुंगो लगाउन राष्ट्रिय कांग्रेसले मातृकाप्रसाद कोइराला, बिपी कोइराला र गणेशमान सिंह प्रजातान्त्रिक कांग्रेसबाट महेन्द्र विक्रम शाह, सुवर्णशमशेर र सुर्यप्रसाद उपाध्यायलाई जिम्मेवारी दियो । उनिहरुले एकिकरणको ढाँचा पहिल्याए ।

"हामी अलमलिएर बस्यो भने लक्ष्यमा पुग्न विलम्ब हुन्छ र इतिहासको पानामा हामी पनि दोषी ठहरिनेछौ । हामी जुट्न सकेनौ भने राणशासन नै यसबाट लाभाम्बित हुनेछ, यही बिषयलाई हृदयगमन गरेर हामी एक भएर अगाडि बढ्ने मार्गप्रशस्त गर्न लागेका छौं । छिट्टै हाम्रो दुवै दलका प्रतिनिधिहरूको सम्मेलन राखिने  छ । अब हाम्रो दुवै तहका कार्यकर्ताले एकले अर्कामा विलय भएको ठानेर एकताबद्ध रुपमा काम गर्नुपर्नेछ ।" मातृका र महेन्द्र विक्रमले मार्च २७ मा जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको थियो ।

त्यसपछी सन १९५० अप्रिल ९ अर्थात विक्रम संवत २००६ चैत्र २७ मा कलकत्ताको टाईगर सिनेमा हलमा बृहद  सम्मेलन अधिवेशन आयोजना गरियो । ३०० जना प्रतिनिधि सहभागी भएर २ दिन सम्म चलेको उक्त्त सम्मेलनले दुई पार्टी एक भएको  र नयाँ नाम नेपाली कांग्रेस रहेको घोषणा गर्‍यो । सोही दिन नेपाली कांग्रेसका पदाधिकारी चयन गरियो, पुर्व समझदारीअनुसार सभापति मातृकाप्रसाद कोइराला र महेन्द्र विक्रम शाह महामन्त्री चयन भए । त्यस्तै केन्द्रिय कार्यसमितिमा राष्ट्रिय कांग्रेसका तर्फबाट वि पि कोईराला, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई र  रुद्रप्रसाद गिरी तथा प्रजातन्त्र कांग्रेसबाट सुवर्ण शमशेर सूर्यप्रसाद उपाध्याय महावीर शमशेर र कुँवर कल्लु सिंह नेपाली चयन भए । भट्टराई सहमहामन्त्री र सुवर्ण शमशेर कोषाध्यक्ष भए । पार्टिको झण्डा र नामको बिषयमा गणेशमान सिंहको अडान रोचक छ । 

पार्टी एकताका लागी कुराकानी चलिरहदा देखिनै यि बिषय पेचिलो बनेर आएका थिए । सिंहले पार्टिको नाम नेपाली राष्ट्रिय कांग्रेस हुनुपर्ने अडान राखेका थिए । तर महेन्द्र विक्रमले पार्टिको त्यस्तो नाम राख्दा पार्टी एकता गरेको नभै आफ्नो पार्टिको विलय भएको अर्थ दिने र कार्यकर्ताको भावनामा ठेस लाग्ने बताएका थिए । त्यसपछी दुबै पार्टी आफ्नो नाममा रहेको राष्ट्रिय र प्रजातन्त्र हटाउन सहमत भए । तर फेरी नेपाली र नेपाल दुबै शब्द कायमै थियो । राष्ट्रिय र प्रजातन्त्र शब्द हटाईसकेपछी नेपाली कांग्रेस र नेपाल कांग्रेस मध्य कुन नाम राख्ने भन्ने सवाल उठ्ने नै भयो सबै जना नेपाल कांग्रेस राख्न राजी भएको देखेर सिंहले भने नेपाली कांग्रेस राख्नुपर्दछ । भाषाको दृष्टिले पनि नेपाल कांग्रेस हुँदैन । नेपाली कांग्रेस शुद्ध हो त्यसैले हाम्रो पार्टिको नाम नेपाली कांग्रेस राखौं । उनको आग्रह अन्त्यमा सबैले स्विकार गरे त्यसपछी पार्टिको नाम नेपाली कांग्रेस कायम रह्यो ।

अर्को बिषय हो  झण्डा, नेपाली राष्ट्रिय कांग्रेसको झाण्दा माथी सेतो धर्को त्यसपछी हरियो र त्यसको तल पहेंलो नै नेपाली कांग्रेसको झण्डा हुने तय भएको थियो तर सम्मेलनमा झण्डाको प्रस्ताव राख्दा नेपाल प्रजातन्त्र कांग्रेसको झण्डा दुईतिर रातो बिचमा सेतो र त्यसमा चार तारा नै कायम हुने भयो । गणेशमान सिंहले यस बिषयमा पनि बिरोध जनाएका थिए, उनले विपिलाई यस बिषयमा असुन्टुष्टी पोखेपछि वि पि ले भने सुवर्ण शमशेरले आफुलाई थर्टिन थिएटरको चार तला भरी चार तारे झण्डा देखाएको र नेपालमा क्रान्ती गर्नलाई भनि बनाईराखेको तर राष्ट्रिय काँग्रेसको झण्डा सहमती कायम भएकाले त्यही कायम रहेमा पार्टिको लाखौं खर्च गरेर तयार गरेको झण्डा खेर जाने भएको भन्ने दुखेसो गरे त्यसपछी सिंह सोही झण्डा कायम गर्न तयार भएका थिए । 

प्रतिक्रिया