ताजा अपडेट
नेपालमा लैङ्गिक हिंसा र महिलाको वर्तमान अवस्था
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर आजदेखि शुरु भएको छ । यो बर्ष "Orange the world: End violence against women now! " भन्ने अन्तराष्ट्रिय नारा तथा "घरैबाट शुरु गरौ महिला हिंसा अन्त्य गरौ।" भन्ने राष्ट्रिय नाराका साथ १६ दिने महिला हिंसा विरुद्धको अभियान भइरहेको छ ।
लिङ्गका आधारमा हुने हिंसा विश्वका धेरै समाजमा प्राचिनकाल देखि नै समस्या को रूपमा देखिदै आएको छ। लिंगका आधारमा हुने हिंसा भन्ने बित्तिकै महिला हिंसा भन्ने बुझ्ने प्रचलन सामान्य जनजिवनमा भएपनि महिला वा पुरूष वा तेस्रो लिङ्गि भएकै आधारमा पेशा,अध्ययन, कार्यस्थल,परिवार तथा समाजमा वा कुनै पनि ठाउँमा घृणा गर्नु, कूटपिट गर्नु, यौनजन्य दुराचार, डर, त्रास, धम्कि दिनु, पारिश्रम नदिनु वा कम दिनु, अश्लील शव्द बोन्नु, अश्लील फोटो देखाउनु आदि सबै लैंगिक हिंसा हो। हाम्रो लगायत विश्वका धेरै समाजहरुमा पुरूष भन्दा महिलाहरू विभिन्न प्रकार हिंसाबाट वढि पिडित भएका कारण लैंगिगताको आधारमा हुने हिंसामा महिलामाथि हुने हिंसाबारेको छलफल केन्द्रित रहन्छ।
इतिहास
यो दिवसको सुरुवात सर्वप्रथम ल्याटिन अमेरिकाबाट भएको हो । सन १९८१ को नोभेम्बर २५ का दिन ल्याटिन अमेरिकामा यो दिवश विश्वमै पहिलो पटक मनाईएको थियो । त्यहाँका महिलाहरु राज्यको शासनबाट यती पीडित थिए, न उनीहरुलाई स्वतन्त्रता पूर्व बस्न, खान र बाँच्न अवस्था थिएन । त्यति वेला महिलाहरुलाई कानुनी रुपमा घरभित्रबाट बाहिर निस्कन बन्देज गरिएको थियो । त्यहाँका महिलाहरु त्यस्तो तानाशाह शासनको अन्त्य गरी ती महिलाहरु उन्मुक्ति हुन चाहन्थे ।
त्यसैको नेतृत्व त्यहाँका पेट्रीय, मिनर्भा र मरिया तीन जना महिलाहरुले गरेका थिए । उनिहरुले नेतृत्व गरेको आन्दोलन यति विशाल रुप लियो जुन तत्कालिन अमेरिकन त्रुजिलो सकार दिनप्रतिदिन कमजोर बन्दै गयो । तीनैवटी महिलाहरु शिक्षित र सचेत महिलाका रुपमा परिचित थिए ।
अन्याय नसहने स्वभावका उनीहरु तत्कालिन त्रिजिलो तानाशाहीका विरुद्ध युद्ध गर्न समेत तयार थिए । सरकार विरुद्ध गरिएको त्यो आन्दोलनमा लाखौं लाख मानिसको जन सागर उर्लिएको थियो ।
त्यहि समयमा त्यहाँको सरकारले तीनैवटी महिलालाई राजद्रोहको आरोप लगाई पटक-पटक जेलमा हाल्यो र पुर्नः त्यही तानाशाही सरकाले सन १९६० मा नोभेम्बर २५ मा तीनै दिदी बहिनीलाई निर्ममता पूर्वक हत्या गर्यो। उक्त हत्या पछि त्रुजिलो सरकार यति तिरस्कृत भयो र झन सशक्त आन्दोलन चल्यो । त्यसको १ बर्षमा नै तानाशाही त्रुजिलो सरकारको अन्त्य भयो । त्यसपछि त्यहाँका महिलाहरुले तानशाही सरकारबाट उन्मुक्ति पाई स्वतन्त्र भए । त्यो घटनालाई महिला माथि हुने हिंसाका रुपमा लिनुका साथै त्यसैको सम्झनामा नोभेम्बर २५ देखि डिसेम्बर १० दिन सम्मको दिनलाई अन्तर्राष्ट्रिय जगतमा महिला हिंसा विरुद्ध १६ दिने अभियानको भईरहेको छ ।
नेपालमा अभियान र महिलाको अवस्था
नेपालमा १६ दिने अभियानलाई विशेष गरी वि। स। १९९७ देखि मनाउन थालिएको हो । वि। स। २००६ मा महिला विरुद्ध हुने सवै प्रकारका भेदभाव उन्मुलन सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धी र वि. स. १९८९ को इन्च्छाधीन आलेखलाई अुनमोदन गर्न नेपाल सरकारको ध्यान आकर्षण गर्ने अभियान रहेको र वि. स. २००८ मा महिला माथि हुने घरेलु हिंसा नियन्त्रण सम्बन्धी कानुन पारित गरियो । नेपालमा हाल आएर मुलुकी देवानी संहिता ऐन,२०७४ र मुलुकी फौजदारी कार्यविधि(संहिता) ऐन, २०७४ लागू भैसकेको छ । वि. स. १९९७ देखि हालको समयसम्म आईपुग्दा नेपालमा महिला माथि हुने हिंसाका सम्बन्धि व्यापक आवाज उठेका छन । अहिले यो अभियानसँगै महिला माथि हुने हिंसाका विरुद्ध खुलेर कुराकानी हुन थालिएको छ ।
घर भित्र हुनेहिंसालाई घर भित्र सिमित राख्न हुदैन भन्ने मान्यता विस्तारै स्थापित हुने क्रममा छ । देशमा नयाँ संविधान जारी भएसँगै आधुनिक नेपालको इतिहासमै पहिलो पटक देशको सर्वोच्च पदहरुमा महिला पुग्नु, ३३% आरक्षण कोटा पाउनु, स्थानिय तहमा समेत महिला कोटा सुनिश्चित गरीनु । नेपालीले त्यसमा गौरव गर्नु पर्छ, अव साचिनै देशमा समावेशी आर्थात लामो संघर्षपछि नेपाली महिलाहरुको उदय भएको मान्न सकिन्छ ।
देशमा पुरुषको भन्दा महिलाको जनसंख्या बढी रहेता पनि उनीहरु प्रगतिशील वा क्रान्तिकारी चेतनामा पछाडी पारिएको छ । पछिल्ला दिनहरुमा महिलाप्रति हुने सवै प्रकारका हिंसाहरुमा केही कमी आएता पनि महिलाहरुमाथि गरीने हिंसा भने झन क्रुरता र विभत्स तरिकाले बढ्दै गईरहेका छन । अझै सम्म पनि महिलाहरुलाई घर गृहस्थी वा परिवारसम्म नै सीमित राखिने गरिएको छ ।
नेपाली महिलाहरु अलिहे पनि हिंसा, असमानता, अन्याय, अत्याचारको जालोबाट बाहिर निस्क सकेका छैनन् । उनीहरु कार्यस्थलमा हुने हिंसा, घरेलु हिंसा जस्ता बिबिधखाले हिंसाका घटनाहरुबाट गुम्सिएर बसेका छन । ग्रामीण भेगहरुमा अहिले पनि कमजोर र असहाय महिलाहरुलाई बोक्सीको आरोप लगाई मुलमुत्र खुवाउने जस्ता घृणित अमानवीय कुकार्यहरु भईरहेका छन । महिलाहरुले छोरा नपाए समाजले राम्रो नमान्ने र लोग्ने र घरपरिवारले जसरी भएपनि श्रीमतीर बुहारीलाई छोरा जन्माउन मानसिक वा शारिरीक यातना दिने परी आएको खण्डमा अर्की श्रीमतीलाई घरमा भित्राउने गरिरहेका छन ।
दाइजोको निहुँमा दिनहुँ घरपरिवारमा कोलाह, झैझगडा हुने परिआएको खण्डमा श्रीमानले हतियार प्रहार गरी श्रीमतीको हत्या गर्ने, शरिरमा तेजाव छर्ने अर्थात पेट्रोल, मट्टीतेल छर्कि आगो लगाउने समेतका कामहरु हाम्रो समाजमा अझै पनि विद्यामान छन । अझै नेपालको पहाडी क्षेत्रमा त श्रीमानका सवै भाईलाई महिलाहरुले लोग्ने मान्नुपर्ने कुसंस्कार कायमै छ । एउटाको श्रीमती हुने गरेको विश्व संसारमा जगतमा यो कस्तो अच्चमित कुरा घरका सवै दाजुभाईहरुको श्रीमती हुनु पर्ने रु यो कुसंस्कार प्रथालाई रोक्न नेपाल सरकार तथा विविध संघ संस्थाले प्रयत्न गरेता पनि पुर्ण रुपमा निर्मुल हुन सकेको छैन तर त्यस्ता हिंसा तथा घटनाहरु को प्रतिवेदन तथा डाटाँहरु कागजमा मात्र सिमित राख्ने सम्मको काम मात्र भएको देखिन्छ।
पश्चिम नेपालमा छाउपडी प्रथा विकराल बनेको छ। महिनावारी हुदाँ महिलाहरु अधिकाशं महिलाहरु छाँउगोठमा बस्ने गरेको पाईनंछ। संघिय सरकार,प्रदेश सरकार र स्थानिय सरकारले धेरै प्रयास गर्दा समेत पुर्णरुपमा निर्मुल गर्न अझै सकिएकै छैन । छोरीहरुलाई अरुको घरमा जाने जात हुन भन्ने मानसीकताले गर्दा भन्दै घरेलुकाम,खेतिपाती र घाँसदाउरामा अभ्यस्त गराईन्छ। अशिक्षाका कारणले गर्दा श्रीमतीले श्रीमानसँग आफुमा भएको समस्याहरु भन्नै लाज मान्ने जस्ता कामहरु अझै ज्यूँ का त्यूँ छन । स्वास्थ्य संस्थामा गएपछि त्यहा पनि डाक्टर पुरुष मात्र हुने गरेका छन ।
त्येसवेला महिलाहरु डाक्टरसँग खुलेर समास्या दसाउन नसकिरहेको अवस्था छ । महिलामाथि गरिएका यी केवल एक प्रतिनिधिमुलक समस्याहरु हुन यस्ता समस्याहरु नेपाली महिलाहरुले हजारौं हजार भोग्नु परेको छ । यी र यस्ता किसिमा महिला हिंसाका घटनाहरु दिनप्रतिदिन घट्नुको सट्टा बढीरहेका छन ।
यहाँ अर्को अर्थ नलागोस किनभने कही महिलामाथि हुने गरेका घटनामा बाहिर आएपछिमात्र त्यसको खोजी निधी गर्ने र अन्यथा कानमा तेलहालेर सुत्ने परिपाटी रहदैँ आएको हाम्रा सामु छर्लङ्ग छ । महिला अधिकारको वकालत गर्नेहरु डलरमुखी हुने गरेका छन । पीडित महिलाहरु न्यायको ढोकासम्म नपुगेकै वीचमा प्रमाण नष्ट गर्ने जस्ता कामहरु दिनदिनै भईरहेका छन । यसले गर्दा पनि पीडीत पक्ष झन पीडीत हुनु परेको छ ।
समाजमा पुरुषहरुको पिडात बाध्यताबस सहनु परेको छ नै त्यसमा पनि महिलाहरुबाट महिला पीडित हुन पुगेको छन । अवका दिनहरुमा यस्तो भयो भने महिलाहरुले आफ्नो मुक्तिका लागि संर्घर्ष गर्ने सिलसिलामा स्वयं आफुभित्र भएका रुढिवादी र प्रतिक्रियावादी सोचाईहरुबाट पनि मुक्तिका लागि संघर्ष गुर्न पर्ने आवश्यक छ ।
त्यसप्रकारको मुक्ति उच्च प्रकारको राजनीतिक चेतना वा सांस्कृतिक रुपान्तरणका आधारमा नै सम्भव हुने गर्दछ । महिलाहरुको स्वतन्त्रता र समानताका लागि दुईवटा भेद्भावले सवैभन्दा बढी बाधा पु¥याएको छ । जस्तै पहिला कारण हो सम्पत्तिको प्रश्नमा महिला र पुरुषका बीचमा भेदभाव र दोस्रो कारण हो आचरण र नैतिकताका प्रश्नले गर्दा आज नेपाली महिलाहरुले मुक्तिको बाटो पाउन सकेका छैनन् । यद्यपी विद्यमान समाजमा महिला र पुरुषका लागि बेग्ला बैग्लै प्रचलन कानुन वा नियमहरु रहेको छन । ती कानुन र नियमको सहि कार्यान्वय हुन नसक्दा महिला हिंसाका घटनाहरु दिनप्रतिदिन बढ्दै गईरहेका छन ।
अन्त्यमा
अबका आगामि दिनहरुमा महिलामाथि हुने कुनै पनि अमानवीय ब्यवहार कसैले कसैलाई नगरियोस । महिला पनि मानव हुन अवसर पाए उनीहरुपनि आफुभित्र रहेको क्षमता देखाउन सक्छन । महिलाहरुलाई सन्तान उत्पादनको एउटा कारखाना र घरेलु कामदार मात्र नसम्झेर समान दृष्टिले हेर्ने परिपाटी विकास हुन आवश्यक छ ।
अहिले भईरहको १६ दिने महिला हिंसा अभियान एउटा कर्मकाण्डी मात्र नभई बास्तविक महिला माथि परेको अन्याको विरुद्ध र कहि कसैको दबाबमा परी यो अभियानलाई तार्कीक निश्कर्षमा लिई १६ दिने अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको अभियान सफल होस ।
प्रतिक्रिया