Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

स्वास्थ्य सेवामा अब्बल बन्दै मकवानपुरकै दुर्गम मानिएको राक्सिराङ

स्वास्थ्य सेवामा अब्बल बन्दै मकवानपुरकै दुर्गम मानिएको राक्सिराङ

मकवानपुरको कर्णाली भनेर चिनिने राक्सिराङ गाउँपालिका स्वास्थ्य क्षेत्रका अब्बल बन्दै गएको छ । भौगोलिक हिसाबले मकवानपुरको विकट क्षेत्रको रुपमा रहेको सो गाउँपालिकाको सबै वडामा स्वास्थ्य चौकी सञ्चालनमा छन् ।

गाउँपालिकाले ९ वटा वडामा १० वटा स्वास्थ्यसंस्था स्थापना गरेर नागरिकमा उपचार सेवा पुर्याइरहेको छ । १० वटा स्वास्थ्य संस्थामध्ये ६ वटा आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरी सञ्चालनमा छन् भने ३ वटा भवन निर्माणको अन्तिम चरणमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिए ।

 

उनका अनुसार गाउँपालिकाको एउटा वडाको स्वास्थ्य चौकी निर्माणमा केही ढिलाइ भइरहेकाले सम्पन्न हुन केही समय लाग्छ । कोरोना संक्रमणबाट नागरिकहरुलाई सुरक्षित राख्न पालिकाले छुट्टै कोभिड अस्पताल पनि सञ्चालनमा ल्याएको थियो, जहाँ कोरोना संक्रमितहरुलाई राखेर डाक्टरसहितको उपचार सेवा प्रदान गर्ने कार्य गरिएको उनले बताए ।

कोरोना संक्रमण कम भएपछि भने सो अस्पताल बन्द गरिएको छ । आवश्यकता अनुसार पुनः सञ्चालन गर्न सकिने हिसाबले अस्पताललाई तयारी अवस्थामा राखिएको उनले बताए । पालिकाका नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ गाउँपालिकाकै सक्रियतामा १० शय्या क्षमताको अस्पताल निर्माण कार्य अघि बढाइएको छ । अस्पताल निर्माणपछि डाक्टर तथा नर्सहरुको दरबन्दी थप गरेर उपचार सेवा विस्तार गर्ने योजना गाउँपालिकाको रहेको उनको भनाइ छ ।

गाउँपालिकाले चैनपुरमा रहेको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १० बेडको अस्पताल सञ्चालन गर्ने तयारी अन्तिम चरणमा छ । गाउँपालिकाको केन्द्र चैनपुरमा डाक्टरको सेवासमेत उपलब्ध भइसकेको छ । साविकका ४ वटा गाविस मिलेर बनेको सो गाउँपालिकाका नागरिकहरु पहिले सामान्य उपचार सेवाका लागि चितवन र हेटौंडा तथा काठमाडौंमा आश्रित हुनुपर्ने बाध्यात्मक परिस्थिति थियो ।

गाउँपालिकाले यसअघि प्राथमिक स्वास्थ्य चौकीको रुपमा सञ्चालनमा रहेको संस्थालाई विस्तार गरेर अस्पतालको रुपमा सञ्चालनमा ल्याएको छ । दैनिक बिरामी जाँच, बिरामी भर्ना तथा उपचार सेवाहरु सोही अस्पतालबाट गर्दै आएको छ ।

निमोनिया, डाइरिया, महिलाहरुको पाठेघरको समस्याहरु, आँखा सम्बन्धी समस्याहरु, संस्थागत सुत्केरी नगराउने जस्ता स्वास्थ्य समस्याहरु राक्सिराङका नागरिकमा रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक विजय कपारीले जानकारी दिए ।

नागरिकहरुको स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यका साथ पालिकाले आधारभूत स्वास्थ्य सेवालाई सरल र सुलभ बनाउने काम गरिरहेको उनको भनाइ छ । पालिकाले पोषण सेवा, कुपोषण लागेका बालबालिकाहरुको उपचार सेवा, नियमित खोप सेवा, सुरक्षित मातृत्व सेवा, पिएनसी होम भिजिट (सुत्केरीपछि स्वास्थ्यकर्मीहरु घरमा गएर गरिने निगरानी) सेवा, रोग नियन्त्रण सेवा, दैनिक रुपमा ओपिडी सेवा, विभिन्न स्तरका डाक्टरहरु सहितको स्वास्थ्य शिविर तथा औषधि वितरण पालिकाका सबै स्वास्थ्य संस्थामा उपलब्ध गराइरहेको उनले बताए ।

पालिकामा सुरक्षित रुपमा सुत्केरी गराउनका लागि ४ वटा बर्थिङ्ग सेन्टर सञ्चालनमा रहेको जानकारी पनि उनले रातोपाटीलाई दिए । बर्थिङ्ग सेन्टरबाट सुत्केरी गराउनेको संख्या भने निकै कम रहेको उनले बताए ।

 

त्यस्तै पालिकाले बृद्धबृद्धाहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर आमाबुबा बचाउ अभियान समेत सञ्चालन गरेको छ । सो अभियान अन्तर्गत पालिकामा रहेका वृद्ध आमाबुबाहरूको स्वास्थ्य चेकजाँच गरेर घर–घरमै औषधि उपलब्ध गराउने कार्य गर्दै आएको संयोजक कपारीको भनाइ छ ।

मानिसहरुमा स्वास्थ्य उपचारको बारेमा ज्ञान नहुँदा पनि उपचार सेवामा सोचेजस्तो प्रगति देखिन नसकेको उनले बताए । मानिसहरु अन्तिम अवस्थामा मात्र उपचारको लागि स्वास्थ्य संस्थामा आउने गरेको उनको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले आफू जनप्रतिनिधि भएर आइसकेपछि गाउँमा स्वास्थ्यको क्षेत्रमा धेरै सुधार भएको दाबी गरे । उनले भने, ‘विगतमा गाउँका मानिसहरुले सिटामोलसमेत पाउँदैनथे, कोही सुत्केरी व्यथाले च्यापेर त कतिको ज्यानै गयो, सामान्य चोट लागेका बिरामीको पनि उपचार नपाएर ज्यान जाने अवस्था थियो ।’

अहिले वडा वडामा स्वास्थ्य केन्द्र स्थापना गरी सेवा दिइरहेको उनले सुनाए । उनले भने, ‘अझै यो सेवा विस्तार गर्ने योजनामा छौं ।’

४९ जना स्वास्थ्यकर्मीले दिँदै आएका छन् सेवा

राक्सिराङ गाउँपालिकाको १० वटा स्वास्थ्य संस्थामा ४९ जना स्वास्थ्यकर्मी कार्यरत छन् । एक डाक्टरसहित अनमी, अहेव र अन्य सहायकस्तरका स्वास्थ्यकर्मीहरूबाट सेवा प्रवाह भइरहेको पालिकाका स्वास्थ्य संयोजक कपारीले बताए ।

पालिकामा कार्यरत स्वास्थ्यकर्मीहरु मध्ये अधिकांश करारमा रहेको उनले बताए । थोरैमात्र स्वास्थ्यकर्मीहरु स्थायी दरबन्दीमा कार्यरत रहेको उनको भनाइ छ । स्थायी स्वास्थ्यकर्मी र उच्च तहका स्वास्थ्यकर्मी अपुग हुँदा नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न केही असहजता भइरहेको उनले बताए । असहजताका बीच पनि पालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले आफ्नो जिम्मेवारी पूरा गर्दै आएको उनले जानकारी दिए ।

प्रतिक्रिया