Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

पसलको औषधिले थलिएपछि अस्पताल

पसलको औषधिले थलिएपछि अस्पताल

अछामको पञ्चदेवल विनायक–२ की ५७ वर्षीया श्रीमती देउधरी विकलाई सात दिनअगाडि मन्द ज्वरो, हातखुट्टा दुख्ने समस्या देखापर्‍यो । रोगले च्याप्दै गएपछि उनलाई विनायक बजारको एक औषधि पसल (मेडिकल) पुर्‍याइयो ।

मेडिकलमा रगत जाँच गरेपछि उनमा मलेरिया देखियो । पाँच दिनसम्म मलेरियाको औषधि खुवाइयो । सन्चो नभएपछि स्वास्थ्य संस्था पुर्‍याए पनि सुधार भएन । बिरामीको अवस्था गाह्रो हुन थालेपछि ५९ वर्षीय श्रीमान् जितले बिहीबार जिल्ला अस्पताल मंगलसेन लगे ।

जिल्ला अस्पतालमा जाँच गर्दा मलेरियाको रिपोर्ट नेगेटिभ आयो । ‘लाग्दै नलागेको रोगको औषधि खाएपछि श्रीमतीलाई गाह्रो भएको रहेछ । मेडिकलको औषधिको भरोसा पर्दा यस्तो अवस्था आयो,’ विकले भने, ‘स्वास्थ्य चौकीमा केही औषधि पाइँदैन । बरु मेडिकल जान सजिलो लाग्छ । अब त मेडिकलको औषधिको पनि विश्वास लाग्न छोड्यो ।’ एक वर्षको अवधिमा मेडिकलमा मात्रै ५० हजार रुपैयाँ बराबरको औषधि किनेको विकले बताए । ‘मेडिकलको औषधि महँगो हुन्छ । मंगलसेन आउन जान दुई जनाको १२ सय गाडी भाडा लाग्यो । गरिबलाई उपचार गर्न सजिलो छैन,’ उनले भने ।

रामारोशन गाउँपालिका–१ मलातिकोटकी २१ वर्षीया लक्ष्मी साउँदका २ वर्षीय छोरालाई निमोनिया भएपछि जिल्ला अस्पतालमा भर्ना गरिएको छ । विक दम्पतीजस्तै लक्ष्मीले पनि ७ दिनसम्म बच्चालाई मेडिकलबाट औषधि खुवाइन् । गाह्रो हुन थालेपछि उनले बुधबार छोरालाई जिल्ला अस्पताल ल्याइन् । अनावश्यक औषधि प्रयोगले बच्चाको अवस्था गाह्रो भएको भन्दै उनलाई ५ दिनसम्म जिल्ला अस्पतालमा भर्ना गरेर राख्नुपर्ने डाक्टरले सुझाएका छन् । ‘जन्मेदेखि नै बिरामी भइराख्छ । जहिल्यै मेडिकलको औषधिले ठीक हुन्थ्यो । तर १५ दिन नपुग्दै फेरि बिरामी हुन्छ । यसपालि त मेडिकलको औषधिले पनि काम गरेन,’ लक्ष्मीले भनिन्, ‘मेडिकल लैजाँदा हजारदेखि पन्ध्र सयको औषधि दिन्छन् ।’

दुर्गम गाउँमा रोग पहिचान गर्न नसक्ने स्वास्थ्यकर्मीले सामान्य बिरामीलाई पनि कडा र महँगो औषधि दिने गरेका छन् । दक्ष जनशक्ति र अनुमतिबिनै औषधि पसल सञ्चालन भइरहेका छन् । ‘मेडिकल सञ्चालनका लागि योग्यता के कति चाहिन्छ ? कसले सञ्चालन गर्न पाउँछ ? कहाँ दर्ता गर्नुपर्छ भन्ने जानकारी नै नपाएर जताततै मेडिकल सञ्चालनमा छन्,’ रामारोशन–१ का जयबहादुर साउद भन्छन्, ‘एक्कासि बिरामी भएर गाह्रो अवस्था आउँछ । स्वास्थ्य चौकीमा जाँदा औषधि पाइन्न । मेडिकलको औषधिले जोखिम निम्त्याउँछ भन्ने थाहा हुँदाहुँदै पनि त्यहाँ जानु हाम्रो बाध्यता हो ।’

हुनेखानेको परिवार सहर बजार केन्द्रित भए पनि निम्नवर्गीय परिवारको ज्यान जोखिममा रहेको उनको भनाइ छ । ‘जनताको स्वास्थ्यसँग जोडिने विषयमा स्थानीय प्रशासन, स्थानीय तहले कुनै वास्ता गरेको देखिँदैन,’ उनले भने, ‘राजनीति गर्नेलाई पनि जनताको स्वास्थ्यको कुनै मतलब छैन । मेडिकलको अनुगमन पनि कसैले गर्दैनन् ।’

ग्रामीण भेगमा अधिकांश बिरामीले मेडिकलको औषधि प्रयोग गर्ने र जटिलता निम्तिएपछि मात्रै आउने गरेको जिल्ला अस्पतालका डाक्टर अतुल भारद्वाजले बताए । ‘गर्भपतन गराउने महिलाले समेत मेडिकलबाट बिनापरामर्श औषधि खान्छन् । गाह्रो भएको अवस्थामा मात्रै जिल्ला अस्पतालमा आउँछन्,’ उनले भने, ‘गर्भपतनको औषधि मेडिकलले जथाभावी बेच्न पाउँदैनन् । अन्य बिरामीको हालत पनि यस्तै छ ।’

प्रतिक्रिया