Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० फागुन २०८२
प्रचलनमा:
ताजा अपडेट
श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान

नामको मात्र नभएर साँचिकैको नयाँ सहर कहिले बन्छ साँफेबगर ?

नामको मात्र नभएर साँचिकैको नयाँ सहर कहिले बन्छ साँफेबगर ?

‘डोटी राम्रो डडेल्धुरा, अछाम राम्रो साँफ्या ।'
‘मलाई पनि उडाइ लैजा हिमचुलीका डाँफ्या ।।’


गायक नन्दकृष्ण जोशीले गीतमा भने झै साँच्चै सुन्दर छ साँफेबगर । अछामको साँफेबगर चारैतिर डाँडाले घेरेको समथर ठाउँ, पुर्वमा छिपेखोला, पश्चिममा प्रभाली खोला र उत्तरमा बुढीगंगा नदि बगेको छ । साँफेको यसै सुन्दरतालाई थप सुबिधा सम्पन्न बनाउन नयाँ सहर आयोजनाको काम जारी छ ।  

साँफेबगरलाई अझै सुबिधा सम्पन्न र सुन्दर बनाउन नयाँ सहर बनाउने कार्य सुरु भएको भने ८ वर्ष भयो । साँफेबगरमा कार्यालय स्थापना गरेर २०७१ सालमा काम सुरु भएको हो । यो अवधिमा साँफेबगरलाई भौतिक सुबिधा सम्पन्न बनाउने काम भने प्रभावकारी देखिएको छैन । अछामको मुख्य व्यापारिक केन्द्र मानिने साँफेबगरलाई भौतिक पूर्वाधारसहितका सुविधा सम्पन्न सहरको रुपमा बिकास गर्ने योजना अपेक्षाकृत रुपमा भने अगाडी बढ्न सकेको छैन ।

सरकारले नयाँ योजना र रणनीतिका साथ शुरु गरेको नयाँ सहर निर्माण कार्य सुस्त देखिएको छ । नयाँ सहर अन्तर्गत बनेका पुर्वाधारहरु समेत प्रयोगमा नआउदै भत्किने अवस्थामा पुगेको छ । बुढीगंगा नदिमा बनाईएको शबदाह गृह प्रयोगमा नआउदै भत्किन थालेको छ । आर्थिक वर्ष ०७४÷०७५मा ८४ लाख ५६ हजारमा भीम निमार्ण कालभैरव जे.भीले निर्माणको जिम्मा पाएका थिए । निमार्ण सम्पन्न नहुदै गत वर्षको बाढीले शबदाह गृहमा क्षति पुर्याएपछि प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको छ ।

ठेकेदारले हालसम्म ५० लाख ८७ हजार रकम लगिसकेको कार्यालयका सुचना अधिकारी महेश उपाध्यायले बताए । उनले भने, ‘ठेकेदारलाई काम सम्पन्न गर्नु भनेर पत्रचार गरेका थियौ, पत्र बुझ्न नमानेपछि हुलाक मार्फत पत्र पठायौ, त्यो पनि बुझ्न नमानेर पत्र फिर्ता आएको छ । निमार्णको स्टेमेट नै गलत रहेकाले शब जलाउने अवस्था नरहेको स्थानीयहरु बताउछन् ।’ 

दुई महिना देखि नयाँ सहरको कार्यालय प्रमुख बिहिन छ । कार्यालय प्रमुख मोहन बिक भदौमा सरुवा भएर गएपछि नयाँ कार्यालय प्रमुख आएका छैनन् । ‘कार्यालय प्रमुख बस्नै मान्दैनन् यहाँ आयो कि सरुवा मागी हाल्छन्, कार्यालयका कर्मचारी ध्वजबहादुर कुँवरले भने, साउन देखि तलब नै पाएका छैनौ ।

नयाँ सहर आयोजनाको काम प्रति जनप्रतिनिधी कसैको चासो देखिदैन । नयाँ सहर निर्वाचनका क्रममा मात्र नेताहरुलाई भाषण गर्ने माध्यम बनेको छ । अघिपछि कसैको चासो देखिदैन स्थानीयले भने । पटकपटक कार्यालय प्रमुख बदलिनु, राजनीतिक हस्तक्षेप, जिम्मेवार निकायको मौनताले आयोजनाको काम अलपत्र परेको हो । अहिले जग्गा एकिकरणको काम अन्र्तगत ल्याण्ड पोलिगको काम जयाकोटमा काम भईरहेको छ ।

ठेक्का सम्झौता अनसार ७४ प्रतिशत काम सम्पन्न भएको असिस्टेन्ट सब ईन्जिनियर दिनेश जफ्रेलले बताए । ऐलानी जग्गामा स्थानीयले काम गर्न नदिदा ठेक्का भएका काम समेत रोकिएको उनले बताए । उनले भने, बहुउदेश्यीय हल निर्माणका लागी ठेक्का भईसकेको थियो,फिल्डमा गएर काम गर्दा स्थानीयले काम नै गर्न दिएनन्,ऐलानी जग्गामा समेत स्थानीयहरुले हस्तक्षेप गरिरहेका छन्, ऐलानी जग्गामा काम गर्ने सहज वातावरण यहाँका राजनिति दल र जनप्रतिनिधिहरुले बनाईदिनु पर्याे । कार्यालय प्रमुख नहुदा ठेक्का समेत तोड्न सकेका छैनौ ।’कार्यालय प्रमुख नहुँदा यो आर्थिक वर्षका लागी योजनाहरुको ठेक्का समेत हुन सकेको छैन । 

ऐलानी जग्गामा स्थानीयको हस्तक्षेप, राजनितिक दल ,जनप्रतिनिधिको चासो नहुनु र पटकपटक कार्यालय प्रमुख बदलिरहनुले नयाँ सहरको कामले गति लिन नसकेको हो । आर्थिक वर्ष २०६७÷६८ को निति तथा कार्यक्रममा पहिलो पटक नयाँ सहर बनाउने कार्यक्रम घोषणा भएको थियो । निति तथा कार्यक्रमले उल्लेख गरे बमोजिम कार्य प्रगति नहुँदा नयाँ सहरहरु समयमै बन्न सक्नेमा आशंका उब्जिएको छ । पहाडी क्षेत्रबाट तीव्र रुपमा भईरहेको बसाईसराई रोक्नका लागि सरकारले नयाँ सहरको अवधारणा ल्याएको हो । 

बहुउदेश्यीय हल, खेलमैदान, सपिङ कम्पलेक्स, तरकारी, फलफूल संकलन केन्द्र, बसपार्क जस्ता ठुला योजनाहरुको काम सुरुवात नै हुन सकेको छैन । यो ८ वर्षको अवधिमा आयोजना मार्फत साँफेबगर बजारमा दुई करोडको सोलार बत्ति जडान, ९ करोड १७ लाख ३८ हजारको भाग्यश्वर सडक, १ करोड ९५ लाख ३२ हजारको साँफेबगरमा गोरेटो बाटो निमार्ण, १ करोड ६५ लाखको नाली निमार्ण, ७५ लाखको साँफेबगरमा खानेपानी योजना, १९ करोड ६० लाखको जिमराडी सडक निमार्णको काम मात्र सम्पन्न भएको छ । 

२० वर्षे योजनामा निर्माण हुन लागेको नयाँ सहर अधिकतम ३ सय रोपनीको हुनेछ । नयाँ सहरमा सडक, खानेपानी, खेलकुद मैदान, बसपार्क, मनोरञ्जन पार्क, आधुनिक बस्ती, विद्यालय, कलेज, अस्पताल, तरकारी बजार, औद्योगिक क्षेत्र, चक्रपथ निर्माण, बसपार्क निर्माण, डम्पिङ साइट लगायत पूर्वाधारको विकास गरिने योजना छ । आवश्यक संरचना निर्माण गरेर नयाँ सहरमा विकास गर्न सके सबैलाई सहज हुने विश्वास लिईएको छ तर योजना कार्यान्वयनको अवस्था निकै सुस्त छ । 
 

प्रतिक्रिया