Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १२ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

दोस्रो बजारमा सदाबहार ‘हटकेक’ बनेका ठूला पाँच कम्पनी, कुनको सेयर किन्दा के फाइदा? (यस्तो छ वित्तीय विवरण)

दोस्रो बजारमा सदाबहार ‘हटकेक’ बनेका ठूला पाँच कम्पनी, कुनको सेयर किन्दा के फाइदा? (यस्तो छ वित्तीय विवरण)

लगानीकर्ताका लागि दोस्रो बजारमा लगानी कठिन हुने गर्दछ। जसका लागि कम्पनी छनोट गरेर कति समयसम्म सेयर होल्ड गर्ने क्षमता राख्दछ भन्ने विषयले नाफा कति कमाउने भन्ने तय हुन्छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विभिन्न सेक्टरका पाँच कम्पनी पछिल्ला वर्षहरूमा हटकेक बनेका छन्। लगानीका हिसाबले पनि कम जोखिम मानिएका कम्पनीको सेयर मूल्य कुनैको अन्डर भ्यालु भएकोसमेत विश्लेषण गर्न सकिन्छ। 

नेपालको सेयर बजारमा खासगरी पाँच कम्पनीहरूले पछिल्ला वर्ष सदाबाहार हिट कम्पनीको सूचीमा पर्दै आएका छन्। सेयर कित्ता मात्रै नभएर दोस्रो बजारमा सुरक्षित लगानीका हिसाबले पनि उत्कृष्ट मानिँदै आएको छ। 

बैंकतर्फ सदाबहार नबिल बैंक उत्कृष्ट रहेको छ। त्यस्तै पछिल्लो समय पुनर्बीमा कम्पनी, नेपाल टेलिकम पनि दोस्रो बजारको हटकेक कम्पनी बनेका छन्। यता इन्स्योरेन्सतर्फ सदाबाहर हिट भइरहेको नेपाल लाइफ इस्योरेन्स भने यसवर्ष केही खु्म्चिएको छ। यसैवर्ष आईपीओ जारी गरेको नेपाल इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) पनि दोस्रो बजारको हटकेक कम्पनी बनिरहेको छ। 

पुनर्बीमा कम्पनी 

नेपाल पुनर्बीमा कम्पनीले पछिल्लो एक वर्ष एकछत्र दोस्रो बजारमा राज गरेको थियो। पछिल्लो एक वर्षमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको सूचीमा नेपाल पुनर्बीमा कम्पनी परेको थियो।

कम्पनीको एक वर्षमा ४९ अर्ब ८ करोड ८१ लाख ९२ हजार बराबरको ३ करोड ८ लाख ८ हजार ७८१ कित्ता सेयर कारोबार भएको थियो। एक वर्षमा कम्पनीको सेयर मूल्य न्यूनतम ११०५ रुपैयाँमा कारोबार भएको थियो भने उच्चतम २०१० रुपैयाँसम्म पुगेको थियो। जसको बिहीबार ११२५ रुपैयाँमा प्रत्तिकित्ता कारोबार भएको थियो। 

१ खर्ब ३१ अर्बको पुँजीकरण भइसकेको कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। बीचमा कम्पनीको १६ दशमलव ५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजनसमेत भएको छ। 

पहिलो पुनर्बीमा कम्पनीको रुपमा नेपालमा भित्रिएको यस कम्पनीले २०७६ साल चैत ४ गतेदेखि ७ गतेसम्म आईपीओ जारी गरेको थियो। धितोपत्र दोस्रो बजारमा सोही वर्षको जेठ २८ गतेदेखि कम्पनीको सेयर कारोबार सुरु भएको हो।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ९१ करोड १६ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। जसमा ननलाइफको तर्फबाट ८२ करोड ५० लाख ७७ हजार रुपैयाँ नाफा कमाएको थियो भने लाइफको तर्फबाट ९ करोड १६ लाख १५ हजार रुपैयाँ नाफा कमाएको छ। कम्पनीको प्रतिसेयर आम्दानी पनि १५६.९९ रुपैयाँ रहेको छ। 

नेपाल टेलिकम 

नेपाल टेलिकमको सेयर अहिलेसम्मकै उच्च मूल्यमा भएर पुन: ओरालो लागेको छ। यद्यपी कम्पनीले लाभांश अझै घोषणा गरेको छैन। 

नेपाल टेलिकमको सेयर मूल्य साताको अन्तिम दिन बिहीबार प्रतिकित्ता ३६ रुपैयाँ घटेर १६९० रुपैयाँ कायम भएको छ।  

गत आवको द्वितीय त्रैमासिक अवधि (२०७७ पुस मसान्त) सम्मको खुद मुनाफा ३ अर्ब २८ करोड ९३ लाख ९४ हजार रहेकोमा चालु आवको सोही अवधि (२०७८ पुस मसान्त) मा  ६० करोड ८४ लाख ८१ हजार (अर्थात १८.४९ प्रतिशत) ले वृद्धि भई ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रुपैयाँ पुगेको छ। 

अघिल्लो वर्षको नाफाबाट ४० प्रतिशत लाभांश दिएको कम्पनीले यो वर्ष पनि सोही हाराहारीमा नगद लाभांश दिने सम्भावना रहेको छ।

केही समय अगाडि बोनस सेयरसम्मको चर्चा चले पनि यसपटक पनि त्यो सम्भावना छैन। कम्पनीको ५२ हप्तामा न्यूनतम मूल्य ९७२ रुपैयाँ रहेको थियो। अधिकतम केहि दिन अगाडि मात्रै १७९९ रुपैयाँ पुगेको थियो। कम्पनीको बजार पुँजीकरण २ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ। 

नबिल बैंक 

नबिल बैंकले नाफासँगै लगानीकर्तालाई दिने लाभांशका कारण प्रत्येक वर्ष एक नम्बरको ताज लिँदै आएको छ। ताज बचाइराख्ने दबाबमा रहेको बैंंकले गत महिना नेपाल बंगलादेश बैंक (एनबी) लाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौता गरिसकेको छ। सेयर आदानप्रदान अनुपात एक सय कित्ता बराबर ४३ कित्ता हुने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। 

नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्तीपश्चात बैंकको प्राथमिक पुँजी ४३ अर्ब, चुक्ता पुँजी २२.५ अर्ब, कर्जा रकम ३ सय अर्ब, निक्षेप रकम ३ सय १४ अर्ब हुनेछ। गैरकोषमा आधारित व्यवसायको आकार १ सय ३० अर्ब माथि हुनेछ। शाखा संजाल तत्कालै २ सय ३५ पुग्नेछन्। ग्राहक संख्या १६ लाख माथि हुनेछ।  

नबिल बैंकले चालु आर्थिक वर्ष २०७८/०७९ को  ६ महिनामा २ अर्ब १८ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.२० प्रतिशत बढी हो। बैंकको नाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको थियो। प्रतिसेयर आम्दानी २९.९९ रुपैयाँबाट घटेर २३.५९ रुपैयाँमा झरेको छ।

सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ४७.०६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८४.२८ रुपैयाँ रहेको छ। कम्पनीको बिहीबार प्रतिकित्ता १०५१ रुपैयाँ कायम भएको छ। बैंकको कम्पनीको बजार पुँजीकरण १ खर्ब ९३ करोड रुपैयाँ पुगेको छ। 

निफ्रा 

सेयर बजारको बढ्दो क्रममा सूचीकृत भएको नेपाल इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) पछिल्लो समयको जल्दोबल्दो कम्पनी बनेको छ।  कम्पनी राम्रो भए पनि सेयर मूल्य अन्डर भ्यालुमै रहेको अनुमान गरिएको छ। कम्पनीको सेयर मूल्य ३५४ रुपैयाँमा बिहीबार कारोबार भएको छ। कम्पनीको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने कम्पनीको बजार पुँजीकरण ७६ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ।

३४० रुपैयाँबाट कारोबार सुरु भएको कम्पनी ७२६ रुपैयाँसम्म पुगेको थियो। तर नेप्से परिसूचक लगातार घटेपछि निफ्राको सेयर मूल्य २६८ रुपैयाँसम्म झरेको थियो। निफ्राको ५२ हप्ताको कारोबारमा सबैभन्दा अधिकतम ७२६ र न्यूनतम २६८.५० रुपैयाँ सेयर मूल्य रहेको थियो। 

दोस्रो बजारमा हटकेक बनेको निफ्राले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४४ करोड २६ लाख ४८ हजार खुद नाफा कमाएको छ। गत वर्षभन्दा यस वर्ष नाफा २५ दशमलव ६६ प्रतिशत वृद्धि भएको हो। गत वर्ष यस अवधिसम्म कम्पनीले ३५ करोड २२ लाख ५५ हजार रुपैयाँ नाफा गरेको थियो।

नेपाल लाइफ इन्स्योरेन्स 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ लाभांश घोषणा गरेपछि सेयर मूल्यमा भारी गिरावट आएको छ। कम्पनीले १४.७३ प्रतिशत लाभांश घोषणा गरेको थियो। कम्पनीको बजार मूल्य बिहीबार पनि ४२ रुपैयाँले घटेर १२९२ रुपैयाँ रहेको छ। कुनै समय ३ हजार रुपैयाँसम्म पुगेको थियो। 

कम्पनीले खासगरी ४० प्रतिशतसम्म लाभांश आश गरेका लगानीकर्ता थोरै लाभांशले आत्तिएर बिक्री गर्न थालेपछि सेयर मूल्यमा भारी गिरावट आएको हो। 

कम्पनीले आर्थिक वर्ष २०७५/७६ को तुलनामा लाभांश घटेको हो। यसअघि इन्स्योरेन्सले ३१ प्रतिशत सेयर र २० प्रतिशत नगद गरी कुल ५१ प्रतिशत लाभांश वितरण गरेको थियो। आर्थिक वर्ष २०७७/७८ को पनि लाभांश घोषणा हुन बाँकी नै रहेको छ।

कम्पनीको चुक्ता पुँजी ७ अर्ब १९ करोड रुपैयाँ रहेको छ। बजार पुँजीकरण खर्ब भन्दामाथी रहेकोमा अहिले घटेर ९३ अर्ब रुपैयाँमा आइपुगेको छ। 

प्रतिक्रिया