Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ बैशाख २०८२
प्रचलनमा:
ताजा अपडेट
राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने :  जयगढ बजार आगलागी राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने : जयगढ बजार आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट अछामको जयगढ बजारमा ठुलो  आगलागी अछामको जयगढ बजारमा ठुलो आगलागी छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै

सुख दुःखको साथी देउडा

सुख दुःखको साथी देउडा

सुख,राती छ जंगलको बाटो ,सर्प चिललाकी ।
भाइको भाग बुवाको अंश , माग्या मिललाकी ।।
एकै खर्क दुई बौरानी ,जेठी छुइ जान्या हो ।
छोरी भइ जन्मनु भन्दा, गर्भ तुइ जान्या हो ।।

छोरी भएर जन्मेकै कारण दुःख पाएकाहरुले अझै पनि मेलापात, घाँस दाउरा, पानी पँधेरो, खेतबारी जाँदा यस्तै मार्मिक देउडा गीत गाउँछन् । महिनावारी हुँदा टाढाको छाउपडी गोठमा जानुपर्ने बाध्यता, छोरीले जन्मेदेखि नै पराई घर जाने भनेर हरेक कुरामा गरिने भेदभाव, शिक्षाबाट वञ्चित, छोरीलाई काम मात्रै गराउनुपर्छ भन्ने मान्यताका कारण गाउँभरका छोरीहरु जमघट भएर यस्तै मार्मिक देउडा गीत गाउँदै दुःख साटासाट गर्छन् । गोरुगोठालो जाँदा नै किन नहोस् अथवा महिनावारी भएर सबै छोरीहरु एउटै गोठमा बसेर यस्तै देउडा दोहोरी गाएरन रात बिताउने गर्दछन् ।
  केही वर्ष पहिले छोरीलाई विद्यालय पठाउने, लेखपढ गर्न नदिने चलन थियो भने अहिले विद्यालय पठाउनुपर्छ भन्ने मानसिकता सबैमा बढेको छ । यही परीवेशमा हुर्केका छोरीहरुलाई आफ्नो अधिकार के के हो भन्ने थाहा छैन । चेतना फैलिएसँगै छोरीलाई विद्यालयमा पठाउने गरे पनि नियमित नपठाउने हुनाले साक्षर मात्र बन्ने गरेका छन् । छोरीलाई विद्यालय पठाउनु पर्छ भन्ने अभिभावकले छोरालाई बोर्डिङ पढाउनु पर्छ भन्ने बुझ्यो । कारण, छोरालाई छोरीको भन्द बढी महत्व दिनु पर्छ भन्ने सोचाइको हाबी हुँदा यस्तो हुन पुग्यो ।
सुदूरपश्चिम र कर्णाली प्रदेशको मुख्य पहिचानको रुपमा रहेको देउडा लिने गरिएको छ । ठाडी भाका, न्याउले, देउडा दोहारीको माध्यमबाट धेरै जसो सुख दुुःख का भावहरु व्यक्त गर्दछन् । विवाह ,व्रतबन्ध र शुभ कार्यमा रत्यौली खेलेर यहाका महिलाहरु रमाइलो गर्छन् भने मेलापात होेस् या एक्लै काममा निस्कदा होस् दुख र व्यथालाई पनि ठाडि भाकाको माध्यम बाटै प्रस्तुत गर्दछन् । 
जुन भन्दा तेपाया राम्डा, तारा किरीकीटी ।
दुुध भनि लायाको माया, किन छिरबिटी ।।
मंगलसेन नगरपालिका – ६ की निर्मला जैसि गाउँघरमा हुने विवाह व्रतबन्धमा डेउडा दोहोरी खेल्छन् । डेउडामा प्रयोग हुने शबै शब्दले अर्थ दिने उनी बताउँछिन् । 
उनका अनुसार ‘जुन भन्दा तेपाया राम्डा, तारा किरीकीटी ’ यहाँ जुन भन्दा टलक्क टल्किने चन्द्रमालाई तेपाया नाम दिइएको छ । जसले पे्रम सम्बन्धमा कुनै पनि दाग छैन भन्ने अर्थ दिएको छ ।  तारा सानो हुने भएकाले खासै चम्किलो हुदैन भन्ने अर्थ दिएको छ । ‘दुुध भनि लायाको माया, किन छिरबिटी’  दुधलाई पवित्र मान्ने गरीन्छ ।  कुनै प्रेमिल जोडिले सुरुमा गासेको सम्बन्ध दुध जस्तै पवित्र भएको र समाजमा आउने हरेक बाध्यताले गर्दा प्रेम जोडिले मुर्त रुप दिन नसक्दा सम्बन्ध यत्रतत्र भएको कुरालाई देखाउन खोजिएको छ । यो पंक्ती माया प्रेम संग सम्बन्धित छ ।
देउडामा माया प्रेम, सुख, दुःख , पिडाजस्ता भाव समेटिएको हुने उनले बताइन् । सुदुर र मध्यपश्चिमका विभिन्न जिल्लामा विवाह व्रतबन्धमा अनिवार्य रुपमा खेलिने देउडा पछिल्लो समयमा विकृतितिर बढि ढल्किएको उनी बताउँछिन् । 
अछाम जिल्लाका धेरै जसो पुरुषहरु धन कमाउन भारत जादा उताबाट आउने चिठीमा देउडा गीतमै चिठी आउने गरेको उनी स्मरण गर्छन । कामको शिलशिलामा भारतलगायत अन्य मुलुकमा गएका पुरुषहरुले यसरी डेउडा गीत मार्फत दुख सुनाउने गरेको उनि बताउछिन् । अहिले प्रविधिको विकास भएसँगै चिठीको जमानासँगै देउडाप्रतीको मोह पनि घटेको उनको ठहर छ ।
आउने कोइ नाई जाने कोइ नाइ, क्या कराउछै काग ।
प्रदेशि हु प्रदेशै छु, प्रदेश मेरा भाग ।
‘आउने कोइ नाई जाने कोइ नाइ, क्या कराउछै काग ’ यँहा काग करायो भने कुनै न कुनै खबर ल्याएर कराएको भन्ने बुझिन्छ भने प्रदेशिले बिरानो ठाउँमा मेरो को पो आउँछ र खालि किन कराउँछस् भनेर कागलाई प्रश्न सोधिएको बुझिन्छ ।
‘प्रदेशि हुँ प्रदेशै छु, प्रदेश मेरा भाग ’ पहिले देखि नै विदेशमा छु , अहिले पनि विदेशमा भएको र प्रदेश नै आफ्नो भागमा परेकाले घरका परिवारलाई चिन्ता नर्गनु भन्ने अर्थ दिने गर्छ । अहिले गाउँघरमा हुने विवाह व्रतबन्धमा खेलिने रत्यौली पनि लोपोन्मुख अवस्थामा पुगेको मंगलैन नगरपालिका –७ का कित्थे दमाइ बताउँछन् । ‘यो पुस्ताहुनेबेला सम्म मात्र यो संस्कृती रहनेछ ।  त्यसपछि यसको परिचय नै भेट्टाउन मुस्किल हुन्छ की जस्तो लाग्छ ।’ उनले भने ,‘ ‘अहिलेका छोराछोरीले देउडाको बारेमा चाँसो लिदैनन् । यस्ता गीतहरु रेडियोहरुमा बज्दा बेण्ड बदलीहाल्छन् । यो दुखद पक्ष हो ।’
‘डेउडा र देउडा फरक हो ’
डेउडा र देउडालाई एकै ठाउमा परिभाषित गरेर धेरै जसोले एउटै अर्थ दिन्छ भनेर नवकलाकारहरुले विभिन्न क्षेत्रमा भनिरहँदा ‘डेउडा’ र ‘देउडा’ दुवै संकटमा परेको सुदूरपश्चिमका पुराना देउडा गायक सुरत रावत डोटेली कान्छाले बताए । ‘देउडा र डेउडाले फरक अर्थ दिन्छ ’ उनले भने , ‘डेउडा भनेको माया,प्रेम,सुख , दुःख, पिडालाई गीतको माध्यमबाट बाहिर ल्याउने कला हो भने , देउडा भनेको भगवान र हिन्दु धर्मको नाममा गाइने भाका हुन् ।’
शिवकी पार्वती राम्री, रामचन्द्रकी सिता ।
देश भन्दो घरबारी होइजा , कर्म भन्दो बिता ।।
रावतका अनुसार यहाँ शिव, पार्वती ,राम र सिताको जोडि राम्रो भएको कुरालाई माथिल्लो पंक्तीमा जोडिएको छ भने तल्लो पंक्तीमा साथीभाई , आमाबुवा र समाजले घरबार हुनुपर्छ भने पनि भाग्य नभएका कारण अफुले अलपत्र परेको कुरालाई देखाउन खोजिएको छ ।  यो देउडा हो । 
डेउडामा माया प्रेम सुख, दुःखले बढि स्थान पाउने रावत बताउछन् । 
जेठ बैसाख गर्मी महिना ,काफल खाई हेल्नु ।
गैली सेल बसीखेर ,पिरति लाई हेल्नु ।।
यहाँ जेठ बैसाखमा काफल पाक्ने मौसम भएको कुरालाई माथिल्लो पंक्तीमा जोड्दै
गर्मि हँुदा छाया परेको ठाउँमा बसेर पिरती कुरा गर्दा रमाइलो हुने कुरा जोडिएको छ । यो डेउडा हो । पछिल्लो समयमा यहाँका कलाकारहरुले नै सुदूरपश्चिमको संस्कृतीमा विकृती मिसाएको उनको आरोप छ ।  ‘यहाँ बोल्ने एक÷दुई शब्द मिसाएर गीत गाउँदैमा संस्कृतीको संरक्षण भएको मानिदैन ’ उनले भने , ‘ आफ्नो संस्कृती, रितिरिवाज, चालचलनको बारेमा अध्ययन पनि हुनुपर्छ ।’
भारतको कुमाउ गढवालबाट नेपाल बसाइ सरेसँगै यो संस्कती भित्रिएकाले यसलाई जोगाउनु पर्नेमा उनले जोड दिए । यस्ता देउडा र डेउडा खेल्दा पोशाक गरगहना छुट्छुटै हुने गरेको भएता पनि अहिले ति गरगहना लोप भएको उनको भनाइ छ ।
अहिले कुनै कुनै विद्यालयमा हुने  वार्षीक उत्सवलगायतका कार्यक्रम बाहेक अन्य ठाउँमा यस्ता प्रस्तुती विरलै देखिन्छन् । अब स्थानीय तहले यस्ता विभिन्न संस्कृतिलाई जोगाउनको लागि मेला महोत्सव आयोजना गर्नु पर्ने सरोकारवाला बताउँछन् ।
 

प्रतिक्रिया