Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ बैशाख २०८२
प्रचलनमा:
ताजा अपडेट
राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने :  जयगढ बजार आगलागी राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने : जयगढ बजार आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट अछामको जयगढ बजारमा ठुलो  आगलागी अछामको जयगढ बजारमा ठुलो आगलागी छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै

चालिस बर्षपछि फेला परेका ‘गाइ-गोठाला’ अदालतबाट करोडपति बनेको वृत्तान्त्त

चालिस बर्षपछि फेला परेका ‘गाइ-गोठाला’ अदालतबाट करोडपति बनेको वृत्तान्त्त

सम्पत्तिको प्रलोभनमा परी घरपरिवारबाट निकालिएका दुईजना बोल्न नसक्ने फरक शारिरीक क्षमताका जेष्ठ नागरिकलाई चालिसबर्षपछि अदालतको फैसलाले करोडपति बनाइदिएको छ ।

गाईगोठालोको रुपमा साठी बर्षभन्दा बढीको जीवन व्यति गरेका गोपाल प्रसाद मैनाली र बालकृष्ण मैनालीलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतले हालै करोडपति बनाइदिएको हो ।

काभ्रेपलाञ्चोक जिल्लास्थित पहिलेको रोसी गाऊ विकास समितिबाट परिवारको श्रीसम्पत्ति विक्रि गरेर झापा बसाई सर्दा जेठो दाजुको परिवारबाट उनीहरुलाई निकाला गराइएको रहस्य र अदालतमा मुद्दा पुगेपछि भएको कानुनी दाउपेच सहितको लडाई कति कठिन छ भन्ने पनि बुझ्न मद्धत पुग्छ ।

अंशमुद्दा दायर भएको चारबर्षपछि काभ्रेपलाञ्चोक जिल्ला अदालतका न्यायाधीश मोहनराज भट्टराईले फागुन १० गते फरक शारीरिक क्षमताका गोपाल प्रसाद र बालकृष्णलाई करोडपति बनाइदिनेगरी अंश दिलाईदिएका छन् ।

 

अधिवक्ताहरु अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती, सुजन नेपाल र अभिवक्ता केदार लुईंटेलले सो अंशमुद्दामा पिडितहरुका तर्फबाट काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अन्तिम बहस गरेका थिए ।

बेपत्ता मैनाली दाजुभाईलाई फेला पारेर नागरिकता बनाइदिंदा हातखुट्टा भाँचीदिनेदेखि अंश मुद्दा दर्ता भइसकेपछि अदालतमै कानुन व्यवसायीलाई ज्यानमार्नेसम्मको धम्कीले मुद्दालाई एकपछि अर्को पेचिलो बनाएको थियो ।

छैहत्तर बर्षका गोपाल प्रसाद मैनाली र चौहत्तर बर्षका बालकृष्ण मैनालीलाई अधिवक्ता उप्रेतीले बेपत्ता भएको चारदशकपछि गाईगोठालोको रुपमा काम गर्दे गरेको अवस्थामा सर्लाही जिल्लाको हरिऔनमा फेला पारेकी थिइन । सायद यति लामो समय वेपत्ता भएकाले पनि उनीहरुको अस्तित्वका वारेमा आफन्तहरुले माया मारिसकेका थिए । 

एकजना ज्योतिषीले दिएको संकेतलाई लिएर खोज्दै जादा अधिवक्ता उप्रेतीले ती दुई वृद्धलाई फेला पारेकी थिइन । त्यसपछि उनीहरुलाई त्यहिबाट उद्धार गरी काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट नागरिकता बनाइदिइन् र लगत्तै २०७५ साल मंसिर २ गते जिल्ला अदालतमा अंशमुद्दा दायर भयो । नागरिकता बनेपछि उनीहरुले शारीरिक असक्तको हैसियतले र वृद्धको हैसियतले भत्ता पाउन थाले ।

अंश मुद्दा दायर गरेपछि आफूहरुलाई विपक्षीहरुले मुद्दा छाड्न पहिला पैसाको प्रलोभन दिएको र त्यस्तो प्रलोभनमा आफू नलागेपछि ज्यान मार्ने र ल फर्ममा आगो लगाईदिनेसम्मको धम्की पाएको पनि अधिवक्ता उप्रेतीले सुनाइन् ।

ज्योतिषीले दिएको संकेतलाई नकार्न नसकी खोज्दै जादा फरक शारिरीक क्षमताका मैनाली दाजुभाई फेला परेकाले पनि यो मुद्दाभित्रको रहस्यले उप्रेतीलाई काउकुति लगाइरह्यो ।  व्यस्तता र कमाउनुपर्ने बाध्यतालाई समेत वास्ता नगरेर आफ्नै मामाहरुको विषय भएकाले पनि उप्रेतीलाई यो मुद्दामा अर्जुनदृष्टिका साथ अघि बढ्न प्रेरणा र दबाब दुवै थियो ।

‘सायद अरुको विषय भए मलाई यत्तिको दबाब र यत्तिको आकर्षण यो मुद्दामा हुन्थेन किनभने हामी सबै व्यवसायिक बनीसकेका छौ । त्यसमाथि पनि घरपरिवार र व्यस्तताको दबाबले सबै मुद्दामा यसैगरी लाग्न त्यति संभव नहुन पनि सक्छ’, उप्रेती थप्छिन्, ‘सबै मुद्दामा यसैगरी लाग्नुपर्छ भन्ने मलाई यो मुद्दाबाट गजबको प्रेरणा मिलेको छ ।’

जति दबाब, जति प्रलोभन र जति दाउपेच भएपनि आफू लागिरहने र कानुनी रुपमा गर्नुपर्ने दाउपेचका रणनीतिलाई आफूभन्दा सिनियर अधिवक्ता अनन्तराज लुईंटेल, विकास भट्टराई, विशाल उपाध्यायले पूर्ण रुपमा दिशानिर्देश र सहयोग गरेकाले पनि आफूलाई मुद्दामा पछि हट्न नपरेको अधिवक्ता उप्रेतीको बुझाई छ ।

पैसाको प्रलोभनमा असक्तहरुको मुद्दा छाडिदिन नमानेपछि विपक्षीहरुले मुद्दा नै कब्जा गर्ने रणनीति बनाएर पहिला संरक्षक बदर गराउन पटक पटक उच्च अदालतमा निवदेन हालेको उनी संम्झिन्छिन् । त्यसमा पनि असफल भएपछि पक्षहरु नै कब्जा गर्न फरक शारीरिक क्षमताका गोपाल प्रसाद र बालकृष्ण मैनालीलाई कब्जा गरेर विपक्षीहरुले लगेपछि आफूहरु बाध्य भएर सर्वोच्च अदालतसम्म पुगेको पनि उनले सुनाइन । सर्वोच्च अदालतबाट अन्तरिम आदेश नभएको भए सायद यो मुद्दाले अर्कै रुप लिन सक्ने उनको बुझाइ छ ।

‘अलिकति भएपनि मुद्दा बुझिदिने, अलिकति भएपनि न्याय अन्याय छुट्याईदिने र अलिकति भएपनि कमजोरलाई साथ दिने हो भने कमजोर पृष्ठभूमिका व्यक्तिहरुका लागि पनि न्याय असंभव होइन रहेछ भन्ने कुरा यो मुद्दाबाट मैले महशुस गरेकी छु,’ उनले स्पष्ट पारिन् ।

मुद्दामा अनेक हथकण्डा प्रयोग हुने सिनेमाका कहानी झै यो मुद्दामा पनि हथकण्डा प्रयोग नभएका होइनन् । ‘विपक्षीहरुले लाखौं पैसा तिरेर कानुन व्यवसायी नियुक्त गरेतापनि हामीहरुलाई विना पैसा विना आराम सत्यको पक्षमा लाग्न प्रेरणा मिलिरह्यो । मुद्दा कमजोर बनाउन सकिएला कि भनेर उल्टै हामीहरुलाई पैसाको प्रलोभनमा परेर मुद्दा हालेर दुख दिएको भन्ने विपक्षीहरुको अफवाहले आफूहरुलाई आश्चर्यचकित बनाएको छ ।’

मुद्दामा यस्ता अफवाहको हथकण्डा समेत प्रयोग हुने भएकाले त्यस्ता कुरालाई वास्तै नगर्नुको आफूहरुसंग विकल्प नभएको उनले बताइन् । यथार्थमा आफ्नै मामाहरु भएतापनि सत्य र कमजोरको पक्ष लिनुपर्ने बाध्यताले अधिवक्ता उप्रेतीलाई परिस्थिततिले मुद्दामा पछि फर्कनै दिएन ।

फरक क्षमताका मैनाली दाजुभाई फेला परेपछिको गज्जबको अवस्था भोगेको पनि अधिवक्ता उप्रेतीले सुनाइन । ‘खोज्दै जादा फेला परेको एउटा क्लुले मान्छेहरु त पत्ता लागे तर न उनीहरुले मलाई चिन्ने न मैले उनीहरुलाई’ अधिवक्ता उप्रेती थप्छिन, ‘संकेतले आमाको हुलिया बताएपछि उनीहरुले मलाई चिने तर मसंग जाऔं भन्दा उनीहरु हच्किए, किन जाने, के गर्ने कस्तो उद्धेश्यले मसंग जाऔं भनेको हो, बर्षौंपछि खोज्न किन आएका होलान् भन्ने उनीहरुलाई संकोच थियो ।’

बीसौं बर्षदेखि काम गरेर गुजारा गरिरहेको घर छाडेर हिड्न पनि उनीहरुलाई संकोच लागिरहेको थियो । तर, घर मालिकले समेत अनुमति दिएपछि भने उनीहरु आफूहरुसँग आउन तयार भएको पनि उप्रेतीले बताइन् ।

कथा रमाइलो छ । खासमा २०३५ सालदेखि गोपाल प्रसाद र बालकृष्णसँग परिवारका सदस्यहरुको सम्पर्क र सम्बन्ध बिलाएको थियो । जेठो दाजुले रोसीखोलाको सम्पत्ति बेचेर झापा गएपछि उनीहरुलाई बाटैमा छाडिएको थियो । बोल्न नसक्ने फरक शारीरिक क्षमताका बक्क लाटा भएकाले पहिला पनि घरमा त्यति सहज थिएन । सानैमा बाबुआमा वितेकाले जेठो दाईको परिवार झापाको चारपाने अर्थात विर्तामोडमा सबै सम्पत्ति लिएर गए तर उनीहरु भने कहिले कता कहिले कता हुदै सर्लाही र बारा पुगेछन् ।

अधिवक्ता उप्रेतीले २०७५ को कात्तिकमा गोपाल प्रसादलाई हरिऔनस्थित न्यौपानेको घरबाट र बालकृष्णलाई बारास्थित रायमाझीको घरमा गाइगोठालोको रुपमा काम गर्दैगर्दा उद्धार गरेकी हुन् । २०७५ सालको भाइटीकामा उनीहरुले दशकौंपछि जेठी दिदीसंग भाईटिका गरेका थिए । सानैमा दिदीसँग  भाईटिका गरेका उनीहरु पनि औधी खुसी भए त्यो बर्ष । त्यसपछि घट्नाले मुद्दाको रुप लिएको थियो । 

प्रतिक्रिया