Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

गहन विषयमाथि फितलो फिल्म- 'म यस्तो गीत गाउँछु २'

गहन विषयमाथि फितलो फिल्म- 'म यस्तो गीत गाउँछु २'

कथाको प्रस्तुति, दृश्यभाषा र पात्रहरुको अभिनयले फिल्ममा देखाइएको संसारलाई दर्शकले सजिलै विश्वास गरिरहेका हुन्छन् । त्यही विश्वासले दर्शक फिल्मको कथा, पात्रहरुमा आफैंलाई देख्छन्, भेट्छन् अथवा त्यसमा बाँधिन्छन् । तर त्यही दृश्यले कथाको संसार सिर्जना गर्न सकेन भने, फिल्म कस्तो बन्छ ? सुदर्शन थापा निर्देशित 'म यस्तो गीत गाउँछु २' यसैको उदाहरण बनेको छ ।

संवादमार्फत विश्वास गरिदिनुपर्ने दृश्य, बासी प्रेमकथा, अनि कलाकारहरुको अपरिपक्व अभिनयले फिल्मलाई सम्पूर्ण रुपमा फितलो बनाइदिएको छ । फिल्मले उठाएको विषयलाई पनि न्यायपूर्ण ढंगले प्रस्तुत गरिएको छैन । गहन विषयलाई चुस्स छोएर रोमान्स, गीत, ड्रामाले भरिपूर्ण मसालेदार फिल्म बनाउने चक्करमा निर्देशक थापाले आफ्नो निर्देशकीय सिर्जनशिलतालाई खुम्चाइदिएका छन् ।

हलिउड फिल्म, 'अ स्टार इज बोर्न', त्यही फिल्मबाट प्रभावित बलिउड फिल्म 'आशिकी २'को थिमसँग नजिक देखिने यो फिल्मको कथामा खासै नौलोपन पनि भेटिन्न ।

संगीत क्षेत्रसँग जोडिएका दुई पात्रहरुको कथा फिल्ममा भनिएको छ । पल विक्रम शाह गायनमा निकै हिट छन् । उनका गीतहरु उतिकै चर्चित । विदेशका सो होस् या कुनै ठूला कार्यक्रम, उनकै डिमाण्ड छ जताततै । गायनमा उनले पाएको स्टारडम सहरमा कसैको छैन भन्दा हुन्छ । थुप्रै फ्यान कमाएका छन् । फ्यानमध्येकी एक हुन्, छाया । उनी पलको ठूलो फ्यान । कोठाका भित्ता पलकै तस्बिरले सजाएकी छन् । बुवाकै कारण उनी संगीत साधनामा लागिन् । गायिका बनेर दुनियाँलाई आफ्नो आवाज सुनाउने छायाको ठूलो सपना छ । तर इलामकी छायाले गाउने राम्रो प्लेटफर्म भेटेकी छैनन् । गाउँमै आयोजित एक कार्यक्रमबाट नजिक बनेका पलले उनलाई त्यो प्लेटफर्म दिने तयार हुन्छन् ।

त्यसपछि यी दुई पात्रको जीवनमा आउने आरोह-अवरोहले नै फिल्मको प्रमुख कथा हो । पल र छायाको जीवनमा आउने आरोह-अवरोहलाई एउटै गीतमा देखाइएको छ । फिल्मको केन्द्रीय द्वन्द्वले पनि त्यही गति समातिदिँदा दर्शकले पात्रहरुको संघर्ष अनुभव गर्नै पाउँदैनन् । पटकथा कसिलो लेखिएको छैन भन्ने प्रमाण हुन् यी ।

पललाई 'स्टार गायक'को रुपमा फिल्ममा प्रस्तुत गरिएको छ । तर, एउटा अन्तर्वाता, टेलिभिजनमा बज्ने एउटा गीतले खासै उनको चरित्रलाई 'स्टार गायक'को रुपमा स्थापित गरेको छैन । संवादमार्फत नै उनी स्टार हुन् भन्ने बुझिदिनुपर्छ । युट्युबर 'एक्सक्लुसिभ डट कम'ले मात्र पच्छ्याउने गायकलाई स्टार कसरी मान्ने ? दृश्यले खासै बोल्न सकेको छैन । छायाको चरित्र चित्रणमा उस्तै समस्या भेटिन्छन् । फिल्ममा प्रयोग गरिएका ठूल्ठूला संवादले खासै दृश्य, परिस्थिति अनि परिवेशसँग मेल खाएको छैन ।

कमजोर संवाद फिल्मको अर्को समस्या हो । पल र छायाबीचको प्रेमलाई विश्वासिलो रुपमा स्थापना गर्न फिल्म चुकेको छ । उनी दुईबीचको प्रेम अस्पष्ट हुँदा पलले छायाका लागि गरिदिने सबै संघर्ष र त्याग दर्शकले महसुस गर्नै सक्दैनन् । त्यसैले पर्दामा पात्र रोइरहे पनि दर्शकको मन दुख्दैन । कथ्य शैलीमा 'कज एण्ड इफेक्ट' नहुँदा फिल्ममा दर्शकको आँखा अडिरहँदैन । त्यसमाथि जबर्जस्त गीतहरु घुसाइएका छन् । ती गीतले कथाको 'मुड'मा प्रभाव पार्दैन, न कथ्य शैलीलाई टेवा नै पुर्‍याउँछ ।

युट्युबर 'एक्सक्लुसिभ डट कम' र 'जँड्याहा'को चरित्रलाई बढी नै तन्काइएको छ । प्राविधिक पक्षमा पनि समस्या देखिन्छ । केही दृश्यहरुमा प्रयोग गरिएका भिएफएक्स त आँखालाई बिझाउने किसिमका छन् । फिल्मको सम्पादन त्यतिकै हतारमा गरिएको देखिन्छ । केही दृश्यको सम्पादनमा 'जर्क' दर्शकले नोटिस गर्ने । अर्जुन पोख्रेलका संगीत अनि शैलेन्द्र प्रधानको पार्श्व ध्वनी भने राम्रा पक्ष हुन् ।

पछिल्लो समय 'रामकहानी'बाट निर्देशकीय प्रशंसा चुमेका निर्देशक थापाले यस फिल्ममा विषयवस्तु पस्किन त खोजेकै हुन्, तर त्यसको प्रस्तुतिकरणमा उनको निर्देशन खस्किएको छ । शिवम अधिकारी र दिनेश न्यौपानेद्वारा लिखित पटकथामा ट्रिटमेन्ट आवश्यक छ । छायाको भूमिकामा पुजा शर्माको अभिनय उनले अन्य फिल्ममा गरे जस्तो नै छ । अभिनयमा उनको मिहिनेत देखिन्न । गायिकाको भूमिकामा देखिएकी उनले फिल्ममा गाएको पनि लिपसिंक गरेजस्तै देखिन्छ ।

अभिनेता पल विक्रम शाह(वास्तविक नाम नै फिल्ममा उल्लेख) को अभिनयमा पनि थुप्रै समस्या देखिन्छ । छायाका बुवाको भूमिकामा भने हरिहर शर्माले जीवन्त अभिनय गरेका छन् । कलाकार दिनेश डिसी, राजा राजेन्द्र पोख्रेलको अभिनय पनि चरित्र सुहाउँदो छ । गम्भीर फिल्मका पारखीका लागि यो फिल्म रुचीकर नहुन सक्छ । तर पल र पुजाका फ्यानले भने फिल्मलाई मन पराउन सक्छन् ।

प्रतिक्रिया