Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

बलात्कार अनुसन्धानलाई तमासा बनाउँदै आरोपितका समर्थक

बलात्कार अनुसन्धानलाई तमासा बनाउँदै आरोपितका समर्थक

किशोरीमाथि जबर्जस्ती करणी र यौन शोषणको आरोपमा कलाकार पल शाह पक्राउ परेपछि सामाजिक सञ्जालमा पीडितमाथि नै लाञ्छना लगाउने र आरोपितको पक्षमा पैरवी गर्ने प्रतिस्पर्धा नै चलेको छ । नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरकी बालिकासँग ‘सहमति लिएरै’ पनि यौन सम्पर्क गरेमा बलात्कार ठहरिन्छ । तर, प्रचलित कानुन, प्रहरी अनुसन्धान र अदालतलाई समेत प्रभावित गर्न तथा पीडितलाई ‘आतंकित’ बनाउन अहिले सिने कलाकारहरू नै लागेका छन् । 

‘स्टारडम’ को छायामा राखेर बालिकामाथि यौन शोषण गरेको आरोपमा पक्राउ गरिएपछि यो विषयमा अदालतमा गम्भीर बहस हुनुपर्ने हो, आरोपित निर्दोष नै हुन् भने पनि उनले अदालतबाटै इज्जतपूर्वक सफाइ पाउनुपर्ने हो । तर, उनका शुभचिन्तकले देशको कानुनलाई समेत चुनौती दिँदै अनुसन्धान प्रक्रियालाई पनि तमासा बनाएका छन् ।

पलको बचाउमा केही चलचित्रकर्मी र सोसल मिडियामा हरेक विषयमा विज्ञता प्रकट गर्नेहरू लागिरहेका छन् । युट्युबका धेरै सामग्रीमा पीडितको नाम, फोटो र भिडियो प्रयोग गरिएको छ । प्रहरी कार्यालयअगाडि नै भीड जम्मा गर्ने, युट्युबमा अन्तर्वार्ता दिने, बालिकाको चरित्र हत्या गर्ने प्रवृत्ति हाबी भएको छ, यसरी पीडितको नाम लिएर चरित्रहत्या गर्ने प्रयास गर्नेलाई एक वर्ष कैद, ५० हजारसम्म जरिवाना वा दुवै सजाय हुने स्पष्ट कानुनी व्यवस्था छ ।

‘बालबालिकासम्बन्धी ऐन, २०७५’ मा ‘बालबालिका भन्नाले १८ वर्ष उमेर पूरा नगरेको व्यक्ति सम्झनुपर्छ’ भनिएको छ । ऐनको दफा ७८ को (२) मा ‘कसैले पनि बालबालिकाविरुद्धको कसुरबाट पीडित बालबालिकाको पहिचान खुल्ने गरी कुनै पनि सञ्चारमाध्यममा सूचना वा समाचार सम्प्रेषण गर्नु हुँदैन’ भनिएको छ ।

आरोपितको पक्षमा माहोल बनाउन प्रयासरत केही कलाकारको प्रतिनिधित्व गर्दै अभिनेत्री पूजा शर्मा बुधबार दमौली पुगेकी छन् । पलविरुद्ध किटानी जाहेरी परेदेखि नै ‘सफाइ दिन’ उनी सक्रिय छिन् । बालिकाको लुगा नच्यातिएकाले बलात्कार भन्न नमिल्ने उनको सार्वजनिक दाबी छ । ‘खोइ, ती बालिकाको लुगा च्यातिएको त देखिएन, पलको स्वभाव पनि त्यस्तो होइन । त्यसलाई कसरी जबर्जस्ती भन्ने ?’ युट्युबमा भाइरल एउटा भिडियोमा शर्माले भनेकी छन् । उनले आफूले लामो समयदेखि सहकार्य गरेकाले पलले त्यस्तो अपराध गर्नै नसक्ने दाबी पनि गर्दै आएकी छन् ।

उनै शर्मा बुधबार दिउँसो तनहुँ प्रहरी कार्यालय पुगेपछि युट्युबर र टिकटकरको भीड थप बढेको छ । यस्ता भिडियोले पीडित बालिकालाई मात्र होइन, सभ्य समाज र कानुनी राज्यलाई पनि चुनौती प्रस्तुत गरिरहेका छन् । पूजाजस्तै कलाकारका अन्तर्वार्ता लिएर तथा पीडित बालिकाका व्यक्तिगत विषयमा अतिरञ्जित कथाले युट्युब भरिएको छ । बुधबार बेलुकासम्म पल पक्राउ प्रकरणसँग जोडिएको भिडियो युट्युबको ट्रेन्डिङ नम्बर १ मा छ । ‘दुर्गेशसँग मिलेर पललाई मार्ने मास्टर प्लान ः फरार पलका म्यानेजर आत्तिँदै मिडियामा’ थम्बनेल भएको उक्त भिडियोमा पलका एक समयका म्यानेजर भनिएका कृष्ण जोशीले पीडितमाथि लाञ्छना लगाएका छन् । गत शुक्रबार पोस्ट गरिएको यो भिडियो ६ दिनमै झन्डै १३ लाखपटक हेरिएको छ । त्यस्तै ९ हजार १ सय ५३ कमेन्ट पोस्ट भएका छन् ।

युट्युबको दसौं नम्बरको ट्रेन्डिङमा रहेको भिडियोमा पनि पल प्रकरणमा समाजलाई दिग्भ्रमित गर्न खोजिएको छ । गुड टीभी च्यानलमा सोमबार पोस्ट गरिएको भिडियोमा पीडितले नै पुरुषलाई बलात्कार गरेको आरोप लगाइएको छ । यो भिडियो बुधबार साँझसम्म तीन लाखभन्दा धेरैपटक हेरिएको छ, १४ सयभन्दा धेरै त प्रतिक्रिया नै छन् । आफूलाई कुस्तीबाज बताउने मुना श्रेष्ठले युट्युबरसँगको अन्तर्वार्तामा पीडितलाई लाञ्छना मात्रै लगाएकी छैनन्, बलात्कृत हुनु महिलाहरूकै कमजोरी भएको टिप्पणी पनि गरेकी छन् । बुधबार साँझ युट्युबको १२ नम्बरसम्मको ट्रेन्डिङमा चार भिडियो पल प्रकरणसँग सम्बन्धित छन् । अनौठो त चारै वटा भिडियोमा पीडकमाथि सहानुभूति दर्शाउँदै पीडितमाथि लाञ्छना लगाउने प्रयास गरिएको छ ।

सञ्चार कानुनविज्ञ काशीराज दाहाल सुसूचित हुन पाउने नागरिकको अधिकार भए पनि दिग्भ्रमित पार्ने, चरित्र हत्या गर्ने विषय दण्डनीय हुने बताउँछन् । विचार अभिव्यक्तिको स्वतन्त्रता निरपेक्ष नहुने भन्दै उनले मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रले पनि सूचनाको हकका सीमितता औंल्याएको बताए । ‘बलात्कार जस्तो जघन्य अपराधका पीडितको संरक्षण गर्नु राज्यको दायित्व हो,’ उनले भने, ‘त्यही भएर पीडितको हकसम्बन्धी विधिशास्त्रको विकास भएको हो ।’ पीडितको जीवनमा लामो समयसम्म घटनाले प्रभाव पार्ने हुनाले बलात्कारजस्ता अपराधमा राज्यले पनि पीडितको नाम उल्लेख नगरी छद्म परिचय राख्ने गरेको उनको भनाइ छ ।

प्रहरी प्रधान कार्यालयमा हुने नियमित बैठकमा बुधबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले नै उच्च पदस्थ प्रहरी अधिकारीलाई पल पक्राउपछि सामाजिक सञ्जाल र युट्युबमा आइरहेका सामग्रीबारे चासो राखेका थिए । स्रोतका अनुसार बैठकमा उच्च प्रहरी अधिकारीले भने त्यस्ता सामग्रीबारे आफूहरूले अध्ययन गरिरहेको बताएका थिए ।

प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले पल पक्राउपछि सामाजिक सञ्जाल र युट्युबमा देखापरेका सामग्रीमाथि निगरानी राखेको बताए । ‘केही भिडियोले पीडितको गोपनीयताको हक उल्लंघन गरेको र केहीले समाजमा अफवाह र भ्रम फैलाइरहेको देखिएपछि अनुसन्धान गर्न हामीले साइबर ब्युरोलाई सूचना पठाएका छौं,’ उनले भने, ‘केही युट्युबर भ्रमपूर्ण सूचना फैलाउन सक्रिय देखिन्छन् । यस्तो गतिविधिले आम मानिसमा गलत सूचना फैलाउँछ ।’

मिथ्या सूचनाबारे अनुसन्धान गर्दै आएका नेपाल फ्याक्ट चेकका सम्पादक उमेश श्रेष्ठ युट्युबमा आएका अफवाह र सनसनी सूचनाले आम जनमतलाई पूरै प्रभावित पार्ने बताउँछन् । उनले पश्चिम रुकुममा भएको नवराज विकसहितको हत्याकाण्डबारे पनि युट्युबरहरूले भ्रम फैलाएको सम्झिए । नवराजकी प्रेमिका गर्भवती रहेको भन्दै फैलाइएको अफवाह कतिपय मानिसले पत्याएको र यसमा युट्युबर जिम्मेवार रहेको उनको भनाइ छ । युट्युबरहरूले दुवै पक्षका कुरा बाहिर ल्याउनेभन्दा पनि एउटाको पक्ष दिएर अर्काको चरित्र हत्या गर्ने प्रवृत्तिलाई बढावा दिइरहेको उनले बताए । ‘अहिले पल शाह पक्राउ प्रकरणमा एकपक्षीय कुरा मात्रै युट्युबमा यसरी आए कि पीडितले ठूलै षड्यन्त्र गरेको भन्ने भाष्य स्थापित गर्ने प्रयास भइरहेको छ,’ उनले भने ।

प्रतिक्रिया