Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

पल प्रकरणः १० वेबसाइटमाथि प्रतिबन्ध, १६ युट्युबरलाई साइबर अपराधको मुद्दा

पल प्रकरणः १० वेबसाइटमाथि प्रतिबन्ध, १६ युट्युबरलाई साइबर अपराधको मुद्दा

नेपाल प्रेस काउन्सिलले अभिनेता पल शाह प्रकरणमा १० वेब पोर्टलमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । पत्रकार आचार संहिता प्रतिकूल हुने गरी सामग्री सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिलले १० वेब पोर्टल नेपालभित्र चल्न नपाउने गरी प्रतिबन्धका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई सिफारिस गरेको हो ।

यस बाहेक काउन्सिलले १६ युट्युब च्यानलमाथि अनुसन्धान गरी आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा सिफारिस गरेको छ । सँगसँगै २२ अनलाइन मिडियालाई यही आरोपमा सचेत गराइएको प्रेस काउन्सिलले जनाएको छ ।

प्रेस काउन्सिल ऐन तथा पत्रकार आचार संहिताको व्यवस्था अनुसार कुनै पनि सञ्चार माध्यमबाट सम्प्रेषित समाचार तथा समाचार सामग्रीबाट पीडित पक्षले प्रेस काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था छ । पछिल्लो समय अभिनेता पल शाह र एक किशोरी गायिकाको विषयमा विभिन्न सञ्चार माध्यम तथा युट्युब लगायतका समाजिक सञ्जालमा विगत छ महिनादेखि आएका सामग्री अनुगमन भइरहेको काउन्सिलले जनाएको छ ।

अनुगमनका क्रममा विभिन्न सञ्चार माध्यम, वेब पोर्टल र युट्युब लगायतका सामाजिक सञ्जालबाट वैयक्तिक गोपनीयताको प्रतिकूल हुने, पीडितलाई थप पीडा पुग्ने, पीडितलाई नकारात्मक असर पर्ने र पीडितको पहिचान खुल्ने गरी नाम, तस्वीर र भिडिओ सामग्री सम्प्रेषण भएको पाइएको उल्लेख छ ।

‘यसले न्यायिक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइ प्रक्रियामा प्रभाव पर्ने किसिमबाट आरोपी र जाहेरीवाला पक्षविपक्षमा सामग्री सम्प्रेषण भइरहेको तथ्यहरू फेला परेका छन्,’ काउन्सिलले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसै सन्दर्भमा अनुमति बिना तस्वीर सहित नाम जोडेर सामग्री सम्प्रेषण गरेको भन्दै नेपाल प्रेस डटकम विरुद्ध फागुन १० गते काउन्सिलमा उजुरी दर्ता भएको थियो । उक्त विषयमा काउन्सिलले पत्रकारिता आचार संहिता प्रतिकूल हुने सामग्री सम्प्रेषण नगर्न नगराउन भन्दै ध्यानाकर्षण गराएको थियो ।

काउन्सिलका अनुसार हालसम्म विभिन्न सञ्चार माध्यमबाट सम्प्रेषित सामग्री अध्ययन गर्दा सार्वजनिक अपराधसँग जोडिएका व्यक्ति तथा पीडितहरूको पक्ष विपक्ष हुने गरी सामग्री सम्प्रेषण हुँदा सत्यतथ्य छानविन लगायत समग्र न्यायिक प्रक्रियामा असर पर्न जाने, पीडित व्यक्तिलाई नकारात्मक असर पर्ने तथा थप पीडा हुने देखिन्छ ।

‘जुन कार्यबाट पत्रकार आचार संहिताको ठाडो उलङ्घन हो,’ काउन्सिलले भनेको छ । प्रेस काउन्सिलले अदालतमा विचाराधीन रहेका यस्ता मुद्दाको न्यायिक छानबिनलाई प्रभाव पर्ने किसिमबाट सामग्री सम्प्रेषण नगर्न नगराउन सञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तालाई अपिल गरेको छ ।

साथै मिडिया अन्तर्गत आवद्ध नभएका सामाजिक सञ्जालबाट त्यस किसिमको सामग्री सम्प्रेषण भएमा प्रचलित कानून कारबाही हुनेछ । ‘प्रेस काउन्सिल नेपालले विचार र अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, प्रेस स्वतन्त्रता लगायत नागरिकका आधारभूत अधिकारको संरक्षण, सम्वर्द्धन र प्रचलनका पक्षमा अडिग रहँदै पत्रकारिताको व्यवसायिक अभ्यासलाई उच्च पेशागत, मर्यादित, जवाफदेही र उत्तरदायी बनाउन पत्रकार आचार संहिता निर्माण गरी त्यसको कार्यान्वयन र निरन्तर अनुगमन गर्दै आएको छ,’ काउन्सिलले स्पष्ट पार्दै भनेको छ ।

‘साथै पत्रकारिताको मूल्य, मान्यता र आधिकारिकतासँग गाँसिएका पेशागत अभ्यास बाहेक अन्य यस्ता खालका क्रियाकलापहरू पत्रकारिताको परिभाषाभित्र नपर्ने सबैलाई स्पष्ट पार्न चाहन्छौँ ।’

यसैबीच अनलाइन टिभी, सामाजिक सञ्जालहरूमा सम्प्रेषित सामग्रीबारे प्रेस काउन्सिल नेपालमा उजुरी र गुनासाहरू बढिरहेको सन्दर्भमा यसको नियमन र व्यवस्थापनका निम्ति सुझाव दिनका लागि कार्यदल गठन भइ कार्य भइरहेको यसै विज्ञप्तिमार्फत सम्बद्ध सम्पूर्णमा जानकारी गराउँदछौँ ।’

साइबर ब्यूरोले युट्यब तथा सामाजिक सञ्जालमा भ्रामक क्याप्सन तथा शीर्षक राखेर तस्वीर र भिडिओ सामग्री शेयर गर्नेमाथि साइबर अपराधको मुद्दा चलाउने संकेत दिइसकेको छ ।

प्रतिक्रिया