ताजा अपडेट
पत्रकारले कुनै पनि माध्यमबाट कसैको पक्ष-विपक्षमा लेख्न नपाउने
निर्वाचन आयोगले स्थानीय तहको चुनावका क्रममा पत्रकारलाई कसैको पक्ष वा विपक्षमा नलेख्न सचेत गराएको छ। निर्वाचन आयोगले स्थानीय तहको चुनावका क्रममा पत्रकारलाई कसैको पक्ष वा विपक्षमा नलेख्न सचेत गराएको छ। आयोगले निर्वाचन प्रयोजनार्थ जारी गरेको आचारसंहितामा यसरी सचेत गराएको हो।
आयोगले आचारसंहिताको परिच्छेद ७ को दफा २२ ले सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारलाई कसैको पक्ष वा विपक्षमा लेख्न रोक लगाएको हो। दफा २२ को (च) लेखिएको छ– ‘‘पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, ट्विटर, भाइबर, युट्युब, इन्स्टाग्राम जस्ता विद्युतीय माध्यम प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रति कमेन्ट गर्न नहुने’’।
दफा २२ को (क) ले कुनै राजनीतिक दल, नेता वा उम्मेदवार वा निजको प्रतिनिधिबाट दान, उपहार वा आर्थिक लिन नहुने भनेको छ। यद्यपि, रेडियो, टेलिभिजन र पत्रपत्रिकामा निश्चित समय र स्थान तोकेर विज्ञापन गर्न छुट दिइएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया