Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ३१ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

एकैपटक सात गुणाले बढ्यो विद्युतीय भुक्तानी सीमा, अब २ अर्बसम्म राजस्व डिजिटल पेमेन्ट हुने

एकैपटक सात गुणाले बढ्यो विद्युतीय भुक्तानी सीमा, अब २ अर्बसम्म राजस्व डिजिटल पेमेन्ट हुने

 नेपाल सरकारलाई बुझाउनुपर्ने दुई अर्ब रुपैयाँसम्मको राजस्व अब विद्युतीय माध्यमबाटै भुक्तानी गर्न सकिने भएको छ।

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले सञ्चालन गर्दै आएको एनसीएचएल बैंक सेन्ट्रल तथा कर्पोरेट पे प्रणालीमार्फत् गरिने सरकारी राजस्व भुक्तानी सम्बन्धी अन–अस (पठाउने र पाउने बैंक तथा वित्तीय संस्था एउटै रहेको खण्डमा) भुक्तानीको प्रतिकारोबार सीमा वृद्घि गरिएको एनसीएचएलले जनाएको छ। 

विभिन्न सरकारी निकाय तथा बैंक वित्तीय संस्थाको समन्वयमा एनसीएचएलले विद्युतीय भुक्तानीको सीमा बढाउन पहल गरेको थियो। यसलाई नेपाल राष्ट्र बैंकले पनि स्वीकृती दिएपछि कारोबार सीमा वृद्धि गरेको एनसीएचएलले जनाएको छ।

सीमा वृद्धिपछि अब बैंक तथा वित्तीय संस्थाका ग्राहकले सरकारी राजस्व तिर्दा एनसीएचएल बैंक सेन्ट्रलमार्फत अन–असमा दुई अर्ब रुपैयाँसम्म र कर्पोरेट पेमार्फत पब्लिक नेटवर्कबाट अन–असमा एक करोड रुपैयाँसम्म विद्युतीय भुक्‍तानी गर्न सकिने भएको छ। यस्तै, प्राइभेट नेटवर्कबाट अन–असमा पाँच करोड रुपैयाँसम्म भुक्तानी गर्न सकिने गरी सीमा बढेको छ। 

बढाइएको यो प्रतिकारोबार सीमा पठाउने र पाउने बैंक तथा वित्तीय संस्था एउटै रहेको हकमा लागू हुनेछ। पाउने–पाउने वित्तीय संस्था फरक भएको अवस्थामा भने अहिले कायम नन–रियल टाइम भुक्तानी सीमा ३० करोड रुपैयाँसम्म र रियल टाइम भुक्तानी २० लाख रुपैयाँसम्म नै लागू हुने बताइएको छ।

तर ग्राहकले राजस्व तिर्नुपर्ने सरकारी खाता रहेको बैंकमा नै आफ्नो (व्यक्तिगत वा संस्थागत) खाता खोलेर राजस्व तिर्न सक्ने विकल्प सधैं खुला रहने भएकाले यो विद्युतीय भुक्तानी सीमा वृद्धिले ठूलो रकमको कारोबार गर्ने व्यवसायिक प्रतिष्ठानहरुलाई सहज बनाइदिएको छ। 

एनसीएचएलले अहिले गरेको भुक्तानी सीमा वृद्धि यसअघिको (अधिकतम ३० करोड) भन्दा एकैपटक झन्डै सात गुणाले धेरै हो।

यसकारण थप भएको कारोबार सीमाले नेपाल सरकारको डिजिटल माध्यमबाट राजस्व संकलन गर्ने पहललाई थप टेवा पुग्ने अपेक्षा एनसीएचएलको छ । विशेषतः अन्तरिक राजस्व विभाग, भन्सार विभाग जस्ता ठूला रकम भुक्तानी गर्नुपर्ने सरकारी निकायहरुका लागि यो सुविधा थप प्रभावकारी हुने देखिन्छ । 

एनसीएचएलले हाल कनेक्ट आइपीएस, कर्पोरेट पे, बैंक सेन्ट्रल लगायतका साथै विभिन्न सदस्य बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ र विभिन्न मोबाइल वालेटमार्फत पनि सरकारी राजस्व संकलन गर्ने सेवा दिँदै आएको छ। 

चालू आर्थिक वर्षको फागुनमध्यसम्ममा एनसीएचएलमार्फत ३४ अर्ब रुपैयाँबराबरको राजस्व संकलन भइसकेको आँकडा छ।   

एनसीएचएलले हाल क्युआर लगायतका कार्डरहित भुक्तानी सेवा विस्तारका लागि नेशनल पेमेन्ट स्वीच पनि कार्यान्वयनमा ल्याएका छ । हाल एनसीएचएलमा ६० बैंक वित्तीय संस्था आबद्ध छन् भने पाँच हजार सात सयभन्दा बढी बैंक शाखाहरु मार्फत यसका विभिन्न सेवा सञ्चालन हुँदै आएका छन्। यसमा ८७ वटा गैर–बैंकिङ संस्था पनि अप्रत्य तथा प्राविधिक सदस्यका रुपमा जोडिएका छन्।

प्रतिक्रिया