Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

७३ वर्षमा ७३ बढी टुक्रा नेपालमा कम्युनिष्ट: काँग्रेसको पछि लागेर वाम एकताको सपना

७३ वर्षमा ७३ बढी टुक्रा नेपालमा कम्युनिष्ट: काँग्रेसको पछि लागेर वाम एकताको सपना

आज नेपाल कम्युनिष्ट पार्टीको ७३ औँ स्थापना दिवस । एमाले माओवादी लगायतका कम्युनिष्ट पार्टीहरुले विविध कार्यक्रम गरेका छन । यस्ता कार्यक्रममा उनीहरु वाम एकता आवश्यक रहेको रेडिमेड भाषण गर्ने गरेपनि सबैभन्दा धेरै टुटफुटको श्रृङ्खला कम्युनिष्टहरुले नै ब्यहोरेका छन ।

आफूलाई मात्र सच्चा कम्युनिष्ट सोच्ने र अरु सबैलाई गद्धार मान्ने प्रवृत्तीका कारण नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७३ वर्षको अवधिमा ७३ भन्दा बढी पार्टीमा विभाजित भएको छ । विसं २००६ साल बैशाख ९ गते पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द रञ्जित, नरबहादुर कर्मचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठले पहिलो पटक भारतको कोलकतामा नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए ।

पार्टी स्थापना भएको ४५ वर्षपछि २०५१ सालमा पहिलो पटक कम्युनिष्ट पार्टी सत्तामा पुगेको थियो । त्यसपछि पटक–पकट कम्युनिष्ट शक्तीले सत्ता सम्हाले । तर सर्वहारा वर्गको उत्थानका लागि स्थापना भएको पार्टीले नेताको मात्र जीवनस्तर उकासेपछि कम्युष्टि पार्टीहरु आलोचित बन्दै आएका छन ।

व्यक्ति र स्वार्थ केन्द्रीत राजनीति गरेका टुटफुटको लामो श्रृखला पार गरेका उनीहरु केवल अरुलाई गद्धार सावित गर्नमै व्यस्त देखिएका छन । फलत देशमा लगभग ६० प्रतिशत कम्युनिष्ट रहेको दावी गरिदै आएपनि ४० प्रतिशतको कांग्रेसले रजगज गरिरहेको छ । वहुमत प्राप्त गर्दा समेत पाँच बर्ष सकारका चलाउन नसकेका कम्युनिष्टहरु आफ्नो हातमा भएको शक्ती चिन्न नसक्दा अहिले अस्थित्व रक्षाको लडाईमा छन । यता कम्युनिष्टको एकताको स्वाद चाखीसकेको कांग्रेस पनि कम्युनिष्ट भर्सेस कम्युनिष्टको खेल खेलिरहेको छ ।

तर कांग्रेसको बुई चढेर सानो घेरामा रमाईरहेकाहरु नै आफूले वाम एकताको नेतृत्व गर्ने बताउन भने छाडेका छैनन् । विगतमा कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध बनाउनका लागि नेकपा (एमाले)सँग एकिकरण गरेको बताउने माओवादी अध्यक्ष पुष्पकमद दाहाल प्रचण्डले एमाले नेतृत्वको वैचारिक तथा सांस्कृतिक विचलन र व्यक्तिवादी विर्सजनवादी चिन्तनका कारणले सफल हुन नसकेको आरोप लगाएका छन ।

एमाले र माओवादी मिल्दा नेकपा एसियामै दोश्रो ठुलो कम्युनिष्ट पार्टीको रुपमा दर्ज थियो भने अवको पचाँसाँै बर्ष देशमा कम्युनिष्टले शासन गर्ने उनीहरुको हँुकार थियो । तर तीन बर्षमै आफूलाई जेटको दुई पाईलट मान्नेहरु दुईतीर भए भने माधवकुमार नेपालले समेत पाटी फुटाएर नेकपालाई तीन चिरा बनाए । अवस्था कस्तोसम्म छ भने कम्युनिष्ट पार्टी स्थापनाको मितिमा समेत उनीहरु एकमत छैनन् ।

देशको बागडोर कम्युनिष्ट शक्तीले सम्हालेका ईतिहास हेर्ने हो भने एमाले नेता मनमोहन अधिकारी बाहेक पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, कम्युनिस्ट कित्ताबाट केही वर्षअघि अलग भएका डा. बाबुराम भट्टराई र केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिसकेका छन् ।

जसमा प्रचण्ड र ओलीले त दुई–दुई पटक नै सत्ताको नेतृत्व गरेका भएपनि सर्वहारा वर्गको जनजीविकाको सवालमा काम गर्न नसक्दा उनीहरु आलोचनामा पर्दै आएका छन । तर अझै पनि सर्वहाराको लागि आफ्नो लडाई कहाँ चुक्यो भन्नेर आत्मआलोचना गर्न उनीहरु तयार छैनन् । बरु कांग्रेससंग तुलना गर्नमै आत्मसन्तुष्टिको महसुस गरिहेका छन ।

नेपालमा अहिले पनि मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी–माओवादी, सीपी मैनालीको माले, नारायणमान बिजुक्छेको नेमकिपा, मोहनविक्रम सिंहको नेकपा मसाल, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा लगायतका वामपन्थी दलहरु छन । जो एक व्यक्ती एक पार्टीकै अवस्थामा छन् ।

तर आफूलाईमात्र सच्चा कम्युनिष्ट मान्ने उनीहरु एक हुन भने सकेका छैनन् । त्यस्तै क्रान्ती अझै नसकिएको र पुन बन्दुक उठान आवश्यक केहि कम्युनिष्ट पार्टीको धारणाबीच बन्दुकै उठाएको विप्लव नेतृत्वको नेकपा भने आफैले दलाल भनेको संसदीय व्यवस्थामा पर्दापणको अवस्थामा छ ।

यहि कारण यो समुह पनि फुटतर्फ अग्रसर छ । अर्थात् कुरा र गराईको यहि भिन्नताका कारण नेपालमा कम्युनिष्ट शक्ती मर्नु र बाँच्नुको अवस्थामा पुगेको छ ।

प्रतिक्रिया