Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

तटबन्ध गरिदिने भन्दै रामारोशन गाउँपालीकाअध्यक्ष भाष्करले खाए भेडा ।।

तटबन्ध गरिदिने भन्दै रामारोशन गाउँपालीकाअध्यक्ष भाष्करले खाए भेडा ।।

 

एल।बी बिश्वकर्मा अछाम– गाउँपालिका अध्यक्षले गाउँमा तटबन्ध पारिदिने आश्वासन दिँदै स्थानीयका तीनओटा खालबा (भेडा) खाएको पाइएको छ । अछामको रामारोशन गाउँपालिका अध्यक्ष झंकर साउद ९भाष्कर०ले वडा–५ अल्लेडीमा तटबन्धन आयोजना पारिदिने भन्दै पटक पटक गरी स्थानीयका खालबा खाएका हुन् । 

यतिबेला अछामको रामारोशन गाउँपालिका–५, अल्लेडीका १६८ घर पहिराका जोखिममा छन् । २०६३ सालबाट सुरु भएको पहिरो नरोकिएपछि अल्लेडी जोुखिममा छ । त्यस्तै, पहिरोका कारण जिउनेरवा, बल्लेखोला, गजड बजार क्षेत्रको खेतमा क्षति पुगेको रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताइन् । पहिरोका कारण रुपादेवी अल्लेडी प्रावि र बस्तीका ७० दलित, ६२ बुढा र ३६ बोहरा घरपरिवार जोखिममा छन् ।

स्थानीय तहले बेवास्ता गर्दा पहिरोको सुमस्या झन् बढ्दै गएको स्थानीयको भनाइ छ । खोपी खोला र बरे खोलाले लगातार गाउँलाई वरिपरिबाट काटिरहँदा पनि स्थानीय तहबाट बेवास्ता भएकामा गाउँलेको चित्त दुखाइ छ । पहिरो खसिरहँदा सुरक्षित स्थानतिर भाग्नसमेत मुस्किल रहेको स्थानीय शेरबहादुर विकले बताए । 

भैंसीगोठको बास 
मध्यरातदेखि विस्थापित स्थानीय हाल नजिकैको भैंसी गोठमा बसिरहेका छन् । उनीहरू एउटै गोठमा गाईभैंसी, भेडाबाख्रा र अन्य जनावर राखेर बस्न कठिन भइरहेको बताउँछन् । उनीहरूले घरमा रहेको अन्नसमेत झिक्न पाएका छैनन् । घरबाट अन्न ल्याउन नसके भोकै बस्नुपर्ने बाध्यता आइलाग्ने उनीहरुको भनाइ छ । त्यस्तै, रामारोशन तिमिल्सेन सडकखण्डअन्तर्गत बल्लेखोलामा सडक भत्किएकाले खाद्यान्न ल्याउन समस्या भएको छ ।त्यस्तै, सर्पको त्रासले रातभरि सुत्न नसकेको उनीहरुको भनाइ छ ।

पहिरो क्रम
यसअघि पनि अल्लेडीमा निरन्तर पहिरो जाने गरेको छ । पहिलो पटक २०६३ सालमा पहिरो जाँदा ५ घर, २ भैंसीगोठसहित झन्डै ७ रोपनी जमिन बगाएको थियो । यस पहिरामा बल्ले खोलाको पुलको माथिल्लो भागसमेत बगाएको थियो । त्यस्तै, २०६५ सालमा २ रोपनी र २०७५ सालमा ४ रोपनी जमिन पुरिएको थियो । पहिराका कारण सिंगो गाउँ नै पुरिने भन्दै स्थानीयले जनप्रतिनिधिको ध्यानाकर्षण गराएका थिए । तर, उनीहरुको आवाज कतैबाट सुनिएन ।

पहिरामा राजनीति
२०७४ सालको स्थानीय निर्वाचनपछि स्थानीयले गाउँपालिका अध्यक्ष झंकर साउदलाई पहिरो रोकथाम गरेर घर जोगाइदिन आग्रह गरेका थिए । तर, उनीहरूको माग सुनुवाइ भएन ।‘साउद जतिपटक अल्लेडी आउँथे । त्यति नै पटक उनका लागि खालबा (भेडा) काट्नुपथ्र्यो । उनी खालबा नखाएसम्म केही प्रतिबद्धता गर्दैनथे,’ गोविन्द बोहराले भने ।

साउदले तटबन्धन योजना पारिदिने प्रलोभन देखाएर गाउँलेहरुबाट २८ हजार मूल्यका दुई खालबा, कालिकोट जिउली भ्रमणको क्रममा ९० हजार नगद, ३० हजार मूल्यबराबरको दुई काम्लो (भेडाको ऊनबाट बनेको कम्मल) र १६ हजार मूल्यबराबरको एक खालबा खाइदिएको बोहराको भनाइ छ ।

गाउँपालिका अध्यक्ष झंकर साउदले स्थानीयबाट खालबा नखाएको र नगद नलिएको बताएका छन् । उनले भने, ‘म जात फालेर खाने मान्छे होइन, मैले त्यस्तो केही खाएको छैन ।’त्यस्तै, उनले आरोप प्रमाणित भएमा दण्ड सजाय भोग्न तयार रहेको बताए । यसैगरी, नेकपा नेता रवीन्द्र साउदले २० हजार र गाउँपालिका अध्यक्षका भाइसमेत रहेका नेकपा नेता दलबहादुर साउद (असीम)ले ३० हजार रुपैयाँ गाउँलेबाट लिएका छन् । 

गाउँपालिका उपाध्यक्ष रावलले पहिरो नियन्त्रण गर्न आवश्यक पहलका छलफल सुरु भइसकेको र आफू त्यस क्षेत्रको भ्रमणमा गएको बताइन् । ‘हामी पहिरो नियन्त्रण र स्थानीयको उद्धारका लागि छलफलमा जुटेका छौं,’ उनले भनिन्, ‘अल्लेडी पुगेपछि त्यहाँ अवस्था देखेर मन रोयो । यसकारण सकेसम्म छिटो नै पहिरो नियन्त्रणका लागि केही काम सुरु हुनेछ ।नेपाल पब्लीक बाट

प्रतिक्रिया