Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २१ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

सुदूरको "छाइल" माथी राजधानीमा विमर्श

सुदूरको "छाइल" माथी राजधानीमा  विमर्श

डोटीका चर्चित युवा कवि लोकराज भट्टको पहिलो कृती "छाइल" उपन्यासको विमोचन सहितको विमर्श राजधानीको बबरमहलस्थित नेपाल कला परिषदमा एक कार्यक्रमका बिच भएको छ । उपन्यासको विमोचन साहित्यकार अभय श्रेष्ठ, मानवअधिकारकर्मी मोहना अन्सारी, पत्रकार तथा समिक्षक राजकुमार बानियाँ र लेखक भट्ट स्वयंले गर्नु भएको हो ।

एक महिना अघि नै बुक्स हिमालयले बजारमा ल्याएको उपन्यास माथि वक्ताहरु साहित्यकार अभय श्रेष्ठ र मानव अधिकारकर्मी मोहना अन्सारी र लेखक स्वयं लोकराज भट्ट विमर्श गर्नु भएको थियो । कार्यक्रमको सहजकर्ताको रुपमा पत्रकार तथा समिक्षक राजकुमार बानियाँ हुनुहुन्थ्यो भने कार्यक्रम संचालन सुमन थापाले गर्नु भएको थियो। साहित्यकार अभय श्रेष्ठले उपन्यासले सुदूरका मौलिक कथाहरुको छायल प्रष्ट रुपमा प्रस्तुत गरेको बताउनु भयो ।उपन्यासको मीठो भाषा शैलीले पनि पाठकले उपन्यास एक पल्ट पढ्न सुरु गरेपछि पुरै पढी नसकेर नरोकिन विश्वास व्यक्त गर्नु भयो ।

यसका साथै उहाँले द्वन्दकालको कथा, बाल्यकाल देखि युवा अवस्था सम्मको प्रेम, समाजको यथार्थमा जोडिएका सम्पुर्ण कथाहरूमा संघर्षको कथा जोडिएको पक्ष बढी मन परेको बताउनु भयो । त्यसैगरी माओवादी द्वन्दकालको कथाले माओवादीको न्याय र अन्यायको कथा सन्तुलन रुपमा प्रस्तुत नभएको र माओवादीले गरेको अन्यायको सन्देश मात्रै जोडिएको द्वन्दकालको कथा लघुरुपमा मात्रै समेटेको हुँदा उपन्यासमा द्वन्दकालको कथा कमजोर रहेको बताउनु भयो । त्यसै गरि मानवअधिकारकर्मी मोहना अन्सारीले नेपालको पुर्वी भागको कथाले नेपाली साहित्य बजार छोपी रहदा बजारमा सुदूरपश्चिमको मौलिक कृती आउनु आफैमा सुखद भएको बताउनु भयो ।

अन्सारीले लोक कथा माथी लोक भाषा शैली र स्थानीय देखि अग्रेजी शब्दहरु जादुमय प्रयोगले लेखनमा एउटा नयाँ आयाम थपेको र यो नै उपन्यासको बलियो पक्ष भएको बताएकी छिन् । त्यसैगरी द्वन्दकालको कथा सहित डोटेली सभ्यता पनि उपन्यासमा छायलको रूपमा प्रस्ट आएको बताउनु भयो । सुदूरपश्चिम परिवेशमा आमाबुवाको संघर्ष समान रुपमा भएता पनि लेखकले एउटा आइडल आफ्नो बुवालाई मानेको हुँदा बुवाकै कथा र संघर्षमा उपन्यास बढी घुमेको यसमा आमाको संघर्षको कथालाई पनि समानन्तर रुपले जोडेको भए उपन्यास अझ सशक्त हुने कुरा ब्यक्त गर्नुभयो ।

सहजकर्ताको "बाल्यकालकै प्रेम प्रसंगमा घुमेको प्रेम कथा युवाले किन पढ्ने " भन्ने प्रश्नमा लेखक भट्टले यसमा प्रेम बाल्यकाल हुँदै युवा अवस्था प्रवेश गर्ने हुँदा युवाहरुले पनि भोगेको र जान्नु पर्ने कथा यस उपन्यासमा समेटिएको बताउनु भयो । त्यसैगरि लेखकले उपन्यासमा आफ्नो भन्दा बढी कथा डोटीका भुइँमान्छेहरुको कथा ल्याएको र तत्कालीन परिवेश अनुसार नै कथा समेटेको हुँदा जानाजान कुनै पक्षलाई तल र कुनै पक्षलाई माथि नपरेको प्रस्ट पार्नु भयो ।

भर्खरै उदयीमान राम्रो कवि कविता कृति प्राकशनमा नल्याएर चर्चा र उपन्यास लोभकै लागि अलि हतार गर्नु भएको हो भन्ने पाठकका प्रश्नमा लेखक आफुले अग्रज साहित्यकारहरु संगको लामो छलफल र परामर्श पछि मात्रै उपन्यास बजारमा ल्याएको बताउनु भयो । स्थापनाको ६ महिनाको अवधिमा बुक्स हिमालयले प्रकाशन गरेका २ दर्जन पुस्तकहरु मध्य उपन्यासको रुपमा छायल नै पहिलो रहेको संख्यात्मक भन्दा गुणात्मक पुस्तकहरुको प्रकाशनमा जोड दिने लक्ष्य रहेको बुक्स हिमालयका संचालक पवन शाक्यले बताउनु भयो ।

प्रतिक्रिया

ट्रेन्डिङ