Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ३१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अस्ताईन एकल आमाले हुर्काएर एयर होस्टेस बनेकी किष्मी

अस्ताईन एकल आमाले हुर्काएर एयर होस्टेस बनेकी किष्मी

आइतबार दिउँसो पोखरा विमानस्थलको प्रतीक्षालयमा एउटी युवती घरीघरी रोइरहेकी थिइन्। छेउमा उभिएका अरूका पनि आँखा रसाएका थिए। 

प्रतीक्षालयमा पर्खिरहेका आँखाहरू जहाजकी एयरहोस्टेस किष्मी थापालाई खोजिरहेका थिए। तीमध्ये केही किष्मीजस्तै एयरहोस्टेस थिए ।

आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजको घन्टौं बित्दा पनि अत्तोपत्तो थिएन। उनीहरू भने किष्मी फर्केर आउँछन् कि भन्ने झिनो आशा बोकेर कुरिरहेका थिए। 

सोमबार बिहान उक्त जहाज दुर्घटनामा परेको र जहाजमा रहेका सबैको मृत्यु भएको घोषणासँगै उनीहरूको आशाको दियो निभेको छ। उनीहरूकी साथी किष्मी अब कहिल्यै फर्केर नआउने भएकी छन्। 

साथीहरूमाझ सधैँ हँसिली र फुर्तिली कृष्मीले आफ्नो जीवनमा भने धेरै दु:ख र संघर्ष गरेकी थिइन्। स्याङ्जा चापाकोटकी कृष्मीका बुवा थापा मगर हुन् भने आमा दलित परिवारकी। कृष्मी जन्मिएपछि बुवाले आमालाई घरबाट निकालिदिए। कृष्मीलाई बोकेर आमा नजिकै रहेको माइत गइन्। माइतीमै कृष्मी हुर्किन्, पढिन्। 

कृष्मीका मामाकी छोरी शर्मिला रुपालका अनुसार कक्षा १० सम्म गाउँमै पढेकी कृष्मीले प्लस टु स्याङ्जाको वालिङमा पढिन्। त्यसपछि एयर होस्टेस बन्न पोखरा आइन्। पोखरास्थित एयरलायन्स फ्लाइट अटेन्डेन्ट एकेडेमीमा नाम निकालेर उनी २०१५ मा भर्ना भइन्। ६ महिना लामो एयर होस्टेस कोर्स पूरा गरेपछि कृष्मीले केही महिना पोखराकै एभिया क्लबमा काम गरिन्। लगत्तै यति एयरलाइन्सले एयर होस्टेसका लागि विज्ञापन निकाल्यो। उनी पास भइन्। यति एयरलाइन्सले उनलाई तारा एयरमा पठाइदियो। विगत ५ वर्षदेखि उनी तारा एयरमा एयर होस्टेसका रूपमा काम गरेकी थिइन्।

एयर होस्टेस कोर्स पूरा गर्न कृष्मीका मामा आएर शुल्क बुझाएको एकेडेमीका म्यानेजिङ डाइरेक्टर शोभा केसीले बताइन्। जब उनी तारा एयरमा काम गर्न थालिन्, परिवारको आर्थिक जिम्मा उनैले सम्हालेकी थिइन्। 

मामाघर बसेर हुर्केकी कृष्मीका लागि आमा र हजुरआमाको खुसीभन्दा माथि केही थिएन।

हजुरआमाले मादल बजाउँदै गीत गाएको भिडिओ क्लिप फेसबुकमा राख्दै उनले २०२१ नोभेम्बर ११ मा यस्तो लेखेकी थिइन्: ‘हजुरले जीवनमा धेरै कुराको अनुभव गर्दै आउनुभएको छ त्यही अनुभवबाट हामीलाई सिकाउँदै, बुझाउँदै आउनु भएको छ, हजुरजस्तो आमा, सासूआमा र हजुरआमा (बुडीमम्मी ) पाउनु हामी सबै परिवारको सौभाग्य हो, विशेषगरी म आफूले आफूलाई एकदम भाग्यशाली सम्झिएकी छु। म सानो हुँदा हजुरको काखमा हुर्किन पाएँ हजुरको स्याहार–सुसार पाएँ जब ठूलो भए एउटा नारी भएँ त पनि कसरी निडर भएर जीवनमा संघर्ष, आत्मविश्वास, आत्मबल र हिम्मतका साथ अगाडि बढ्न सक्नुपर्छ। समय चलिराख्ने चिज हो हरेक औंसीपछि पूर्णिमा आउँछ त्यसैले हरेस कहिले नखानु  म कुनै दिन कमजोर भए भनि हजुरको कुरालाई याद गर्छु! मेरो प्रेरणा र हिम्मतको स्रोत हो हजुर सधैंभरि यसरी हाँसेको देख्न पाम, हजुरको सेवा गर्न पाम र हजुरले जति खुसी माया दिनु भएको छ त्यसको हजार गुना दिन सकूम् यही मेरो जीवनको लक्ष्य हो.......।’

कृष्मीले परिवारका भाइबहिनीको शिक्षाको जिम्मा आफूले लिएकी थिइन्। मामाका छोरी शर्मिला र उनका भाइलाई पोखरा राखेर पढाएकी थिइन् भने अर्का भाइलाई काठमाडौंमा विज्ञान पढाएकी थिइन्। मामाकी छोरी शर्मिलालाई पनि कहिलेकाहीँ एयर होस्टेस बन्न सुझाव दिन्थिन्। शनिबार भेटेर पनि उनलाई कृष्मीले राम्रो मान्छे बन्न भनेकी थिइन्।

विमानस्थलको प्रतीक्षालयमा भेटिएकी शर्मिलाले आँशु पुछेर भनिन्, ‘हिजो राती पनि तिमीहरू राम्रोसँग पढ, राम्रो मान्छे बन्नुपर्छ, म छु, भन्नुभयो, आज उहाँ कहाँ हुनुहुन्छ।’

शनिबार साँझ कृष्मी, उनका बहिनी शर्मिला, एयर होस्टेस साथी सलिना राणा लगायत लेकसाइड घुमेर फर्किएका रहेछन्।

लेकसाइडमा खानपिन गरेर कृष्मी एयरलाइन्सको क्याम्पमा फर्कने बेला घर पुगेर फोन गर्न भनेको सलिनाले बताइन्। 

‘हिजो बेलुका राम्रोसँग जा है, घर पुगेर फोन गर् भनेको थियो,' उनले भनिन्, ‘के भयो के भयो। मनिषा एकदम राम्रो मान्छे हो के।’

नागरिकतामा कृष्मी थापा लेखिएको उनलाई घरपरिवार र साथीले मनिषा भनेर बोलाउँथे। 

तारा एयरअन्तर्गत जोमसोम, लुक्ला र नेपालगञ्ज उडानमा कृष्मीले एयर होस्टेसको काम गर्थिन्। मुस्ताङबाट फर्किएर आइतरबार नै काठमाडौं जाने र सोमबार अर्कै रूटमा जाने उनको कार्यादेश थियो। तर उनी मुस्ताङबाट फर्किन सकिनन्।

कृष्मी हराएको थाहा पाउनासाथ झन्डै चार वर्ष सँगैं बसेकी उनकी एयरहोस्टेस साथी दिपाली सिंह विदा मागेर पोखरा आएकी छिन्। उनी पनि कृष्मीका अन्य साथीसँगै विमानस्थलको प्रतीक्षालयमा बसेकी थिइन्।

दिपाली र कृष्मीको भेट काठमाडौंमा साथीमार्फत् भएको थियो। जब उनीहरू भेटे, सँगसँगै बस्न तयार भए। अहिले उनीहरू आ–आफ्नै कामको शिलशिलामा छुट्टिएका छन्। तर उनीहरूको सामिप्यता छुट्टिएको छैन। 

‘कृष्मी मेरो रुममेट हो, हामी दु:खसुखका कुरा गर्थ्यौं, भाइबहिनीलाई पढाउन सकेकोमा एकदम गर्व गर्थिन्,’ दिपालीले भनिन्, ‘निराश भएर बस्ने खालकी थिइनन्, आफ्नो काममा एकदम खुसी थिइन्।’

समय पाउनासाथ घुम्ने र रमाइलो गर्ने कृष्मीको बानी थियो। साथीहरूलाई पनि उनले घुम्न जाम् भनिरहन्थिन्। दिपालीका अनुसार उनले साथीहरूलाई परिवारको सदस्य र साथीका आफन्तलाई आफ्नै मान्छे ठान्थिन्। 

कृष्मीले सधैं आफ्नै दिदीको व्यवहार गरेको पोखराकी प्रमिला घलेले सम्झिइन्। प्रमिलाकी बहिनी पनि एयर होस्टेस हुन्। बहिनीकी साथी कृष्मी।

‘मेरो बहिनीको साथी कृष्मीले मलाई दिदी भन्थिन्, आफ्ना दु:खसुख नलुकाई बताउँथिन्,’ उनले भनिन्, ‘मलाई मेरो बहिनीभन्दा फरक कहिल्यै लागेन।’

एयरलाइन्स फ्लाइट अटेन्डेन्ट एकेडेमीका म्यानेजिङ डाइरेक्टर शोभाले पनि कृष्मीको त्यही बानी आफूलाई मन परेको बताइन्। आफ्नो विद्यार्थी भए पनि कृष्मीले साथी र अभिभावकका रूपमा आफूलाई सम्झिने गरेको उनले बताइन्।

‘म काठमाडौं जाँदा कृष्मीसँग बस्थें, उनी पोखरा आउँदा हामी भेट भइराख्थ्यौं,’ उनले भनिन्, ‘कृष्मी एकदम सच्चा दिलकी थिइन्, इमान्दार मान्छे, केही छलकपट थिएन।’

एयर होस्टेस पास भएपछि कृष्मीले नागरिकता पाउन पनि संघर्ष गर्नुपरेको शोभाले सम्झिइन्। आमाको नाममा नागरिकता नदिने प्रशासनले बुवाका नाममा नागरिकता बनाउन भन्यो। तर उनका बुवा उनी र उनका आमाबाट धेरै टाढा पुगिसकेका थिए।

‘कृष्मीको नागरिकता बनाइदिन बुवाले मानेका थिएनन्, धेरैपछि मानेका हुन्,’ उनले भनिन्, ‘यति धेरै दु:ख गरेर पनि एकदम खुशी थिइन्, आफ्नोभन्दा अरूको खुशी चाहन्थिन्।’ 

हराएको घन्टौंसम्म पनि जहाज फेला नपरेपछि दुर्घटना भएको अनुमान गरिएको थियो। यो चिSSSसो कृष्मीका साथीहरूका मनमा पनि पसिकेको थियो। उनी अब फर्केर आउने सम्भावना थिएन। कृष्मीले एयर होस्टेस पढेको एकेडेमीकी म्यानेजिङ डाइरेक्टरले भनिन्, ‘राम्रो मान्छेलाई भगवानले छिटो लैजाने रहेछ!’

प्रतिक्रिया