Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०१ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

पूर्वमा बाढीको बितण्डता, दुई हजार घर डुबानमा

पूर्वमा बाढीको बितण्डता, दुई हजार घर डुबानमा

अविरल वर्षापछि पूर्वका विभिन्न नदीमा आएको बाढीले मोरङमा एक जनाको मृत्यु भएको छ । दुई हजारभन्दा बढी घर डुबाउँदा सयौं सर्वसाधारण विस्थापित भएका छन् । 

मोरङको गछिया खोलामा आएको बाढीले बगाएर सुन्दर हरैंचा–६ का ५८ वर्षीय रामबहादुर विकको मृत्यु भएको हो । खोला तर्ने क्रममा उनलाई बाढीले बगाएर तीन किलोमिटर तल पुर्‍याएको थियो । बाढीले मोरङमा मात्रै करिब १५ सय जना प्रभावित भएका छन् । सिंघिया र केसलिया खोलामा तटबन्ध नहुँदा विराटनगरवासी हरेक वर्ष डुबानमा पर्दै आएका छन् ।

झापामा हजारभन्दा बढी घर डुबानमा परेका छन् । अविरल वर्षाले सप्तकोसी नदीमा जलस्तर बढेपछि कोसी ब्यारेजसँगै सुनसरी, सप्तरी र उदयपुरमा सतर्कता अपनाइएको छ । उदयपुरमा बाढीले सडक बगाउँदा यातायात अवरुद्ध भएको छ ।

विराटनगरको बजार क्षेत्रबाट पूर्वमा बग्ने सिंघिया र पश्चिममा बग्ने केसलिया खोलाको तटबन्ध गर्ने नवनिर्वाचित महानगर प्रमुख नागेश कोइराला र प्रतिस्पर्धी एमाले उम्मेदवार सागर थापाको मुख्य चुनावी मुद्दा थियो । अघिल्ला प्रमुख भीम पराजुली र उनका प्रतिस्पर्धी एमालेका विनोद ढकालले पनि यी दुई खोलाको दीर्घकालीन तटबन्ध गर्ने भन्दै आसपासका बासिन्दाको भोट मागेका थिए । दुवै खोलाको बाढीले मंगलबार सयौं परिवार विस्थापित भएको प्रहरीको तथ्यांक छ । महानगरका वडा १, २, ४, ६, ७, ८, ११, १२, १६, १८ र १९ का बासिन्दा प्रभावित भएका छन् । सिंघियाको बाढीले विराटनगर–८ हाटखोलाको सुकुम्बासी बस्तीका २५ घर विस्थापित भएका छन् । उनीहरूलाई सुरक्षित स्थानमा सारिएको मोरङका डीएसपी दीपक श्रेष्ठले बताए । सिंघियाकै बाढीको जोखिममा रहेका महानगरको वडा २ का १५ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । छिमेकी कटहरी–१ को टाइगर टोल, हनुमान मन्दिर एरिया र जम्टोकीका १ सय ३० परिवार विस्थापित भएका छन् ।

सिंघिया खोलाको बाढी विराटनगर–२ को सरस्वती बस्तीमा पस्दा २० घर डुबानमा परेको डीएसपी श्रेष्ठले बताए । बाढीले उत्तरी मोरङमा पनि क्षति पुर्‍याएको छ । बाहुनीमा खहरे खोला पस्दा ८ घर डुबानमा परेका छन् भने बाढीले विराटनगर, कटहरी, बेलबारीका ७ सयभन्दा बढीले घर छाड्नुपरेको छ । यस्तै, बाढीको पानी पसेपछि बुढीगंगा–२ स्थित विराट शिक्षण अस्पतालको आकस्मिक कक्ष बन्द गरिएको छ । कानेपोखरी, केराबारी, सुनवर्षी, पथरी–शनिश्चरे पनि बाढीले प्रभावित छन् ।

झापाका हजारभन्दा बढी घर डुबानमा परेका छन् । मेची, रतुवा, मावा, कमल, कन्काईलगायतका नदीमा आएको बाढीले घर डुबानसँगै दुई हजारभन्दा बढी परिवार विस्थापित भएका छन् । नदी किनारका सुकुम्बासी बस्ती प्रभावित छन् । प्रमुख जिल्ला अधिकारी छवि रिजालले अप्ठ्यारोमा परेका करिब ३ सय जनालाई सुरक्षित स्थलमा सारिएको बताए । गौरादह, गौरीगन्ज, कमल, शिवसताक्षी, बाह्रदशी र भद्रपुरमा पनि बाढी बस्तीमा पसेको उनले बताए । प्रहरीको सहयोगमा प्रभावितलाई उद्धार गरेर सुरक्षित स्थलमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह–६ तेलिया डाँगीमा रतुवा खोलाको बाढी पस्दा सयभन्दा बढी घर डुबानमा परेका छन् । भद्रपुरका विभिन्न वडामा मेचीको बाढीले असर पुर्‍याएको छ । शिवसताक्षीका ३ र ४ नम्बर वडामा कमल खोला पसेर ४० घर डुबानमा परेका छन् भने झापा–१ मिलनबस्तीका ९० घर डुबेका छन् ।

गौरीगन्ज–४ का १५ घर डुबानमा परेपछि प्रभावितलाई नजिकैको स्कुलमा सारिएको छ । बाह्रदशीको गौरीगाउँमा अदुवा खोलाको बाढी पस्दा ७ घरका ३३ जना विस्थापित भएका छन् । उनीहरूलाई नजिकैको स्कुल र धर्मशालामा आश्रय दिएर राखिएको प्रहरीले जनाएको छ । झापा गाउँपालिकाका सितुमारी, मिलनबस्ती, सिर्जनाबस्ती, टप्पुबस्तीमा कन्काई नदीको बाढी पस्दा ३ सय ५० घर डुबानमा छन् ।

रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले वर्षा नरोकिएका कारण अझै क्षति बढ्न सक्ने बताए । बाढी प्रभावितलाई रेडक्रस र विपद् व्यवस्थापन समितिले त्रिपाललगायतका खाद्यान्न उपलब्ध गराएको छ ।

निरन्तरको वर्षासँगै सप्तकोसी नदीको जलस्तर बढेको छ । मंगलबार दिउँसो ब्यारेजमा पानीको बहाव १ लाख २८ हजार २ सय २५ क्युसेक प्रतिसेकेन्ड थियो । ब्यारेजमा जलस्तर बढेपछि अपराह्न ४ बजे १९ वटा ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । सप्तकोसीमा पानी बढेपछि तटीय क्षेत्रमा सतर्कता बढाइएको छ । कोसीमा काठे डुंगा चलाउन, माछा मार्न र बाढीले ल्याएका दाउरा नदीबाट झिक्नसमेत प्रशासनले रोकेको छ । सर्दु, सेउती, सेहरा, सुनसरीजस्ता साना खोलामा पनि बाढी आएको छ तर क्षति घटना भने नभएको प्रजिअ यादवले बताए ।

मदन भण्डारी राजमार्गको उदयपुर खण्ड विभिन्न स्थानमा अवरुद्ध भएको छ । गिदेरी र सिसुवा खोलाको बाढीले बेलका–४ र ९ का खेतीयोग्य जमिन कटान गरेको नगरप्रमुख अशोक कार्कीले बताए । नदीको बहाव तपेश्वरीतर्फ जान सक्ने भएकाले रोकथाम गर्न सेनाले प्रयास थालेको उनको भनाइ छ । त्रियुगामा पनि बाढी आएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया