Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १२ बैशाख २०८१

कम्युनिस्ट एकीकरण ‘च्याप्टर क्लोज’

कम्युनिस्ट एकीकरण ‘च्याप्टर क्लोज’

आगामी निर्वाचनअघि नै कम्युनिस्ट पार्टीबीच एकीकरण गृहकार्य भए पनि अहिलेलाई ‘च्याप्टर क्लोज’ भएको छ । यद्यपि, कम्युनिस्ट पार्टीबीच चुनावी तालमेल गृहकार्य भने जारी छ ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानबीच एकीकरणसहित अघि बढ्ने विषयमा शीर्षनेता पटकपटक सामूहिक तथा ‘वान टु वान’ छलफलमा जुटेका थिए । नेकपा एमालेबाहेकका कम्युनिस्ट पार्टीबीच एकीकरण विषयमा छलफल भए पनि निर्वाचनअघि ‘यो सम्भव नभएको’ नेताहरू बताउँछन् ।

यद्यपि, जसपासहितका पार्टीसँग मिलेर वाम गठबन्धन बनाउने’bout छलफल जारी नै छ । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, सो पार्टीका सम्मानित नेता झलनाथ खनाल, माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, अभियान संयोजक वामदेव गौतमसहितका शीर्षनेताले पार्टी एकीकरण अभियान थालेका थिए । उनीहरू तत्कालीन नेकपा सचिवालयमा थिए । नौ सदस्यीय सचिवालयमध्ये पाँच नेताले पटकपटक एकीकरण प्रयाससमेत गरे ।

निर्वाचनअघि प्रगति शून्य एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले आगामी निर्वाचनअघि नै एकीकरण विषयमा कुनै प्रगति नभएको बताए । निर्वाचनअघि पार्टी एकीकरण नहुने बताउँदै उनले निर्वाचनमा वाम गठबन्धन बनाउने गृहकार्य भने भइरहेको प्रस्ट पारे ।

आगामी निर्वाचनमा वाम गठबन्धन र कांग्रेसबीच चुनावी तालमेल हुने उनको कथन छ । एकीकृत समाजवादीले पार्टी महासचिव डा. बेदुराम भुसाल, उपमहासचिवद्वय डा. विजय पौडेल र प्रकाश ज्वाला सम्मिलित तीन सदस्यीय वार्ता समिति गठन गरेर यसबीच विभिन्न पार्टीका नेतासँग छलफल गरेको छ ।

वाम गठबन्धन गृहकार्य

माओवादी केन्द्रका स्थायी समिति सदस्य देव गुरुङ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धन बनाउने’bout गृहकार्य भइरहेको बताउँछन् । उनले पनि ‘आगामी निर्वाचनअघि पार्टी एकीकरण नहुने’ प्रस्ट पार्दै ‘निर्वाचनमा वाम गठबन्धन गरेर सहभागी हुने’ सुनाए । विभिन्न चरणमा पार्टी एकताका लागि छलफल भएको र त्यो जारी नै रहे पनि हाललाई एकीकरण नै हुन नसक्ने बताउँदै कम्युनिस्ट पार्टीबीच वाम गठबन्धन मात्रै हुने गुरुङले बताए ।

माओवादी केन्द्रले स्थायी समिति सदस्यत्रय वर्षमान पुन, शक्ति बस्नेत र हरिबोल गजुरेल रहेको तीन सदस्यीय समितिले पार्टी एकताका लागि छलफल गर्दै आएको थियो । आन्तरिक छलफल गर्दै आएको समितिले समेत निर्वाचनअघि पार्टी एकता नहुने निष्कर्ष निकालेको छ ।

निर्वाचनअघि प्रगति शून्य
एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले आगामी निर्वाचनअघि नै एकीकरण विषयमा कुनै प्रगति नभएको बताए । निर्वाचनअघि पार्टी एकीकरण नहुने बताउँदै उनले निर्वाचनमा वाम गठबन्धन बनाउने गृहकार्य भने भइरहेको प्रस्ट पारे । आगामी निर्वाचनमा वाम गठबन्धन र कांग्रेसबीच चुनावी तालमेल हुने उनको कथन छ । एकीकृत समाजवादीले पार्टी महासचिव डा. बेदुराम भुसाल, उपमहासचिवद्वय डा. विजय पौडेल र प्रकाश ज्वाला सम्मिलित तीन सदस्यीय वार्ता समिति गठन गरेर यसबीच विभिन्न पार्टीका नेतासँग छलफल गरेको छ ।

गल्ती स्वीकारे एमालेसँग तालमेल
माओवादी नेता पुनले यसबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतका गल्ती स्वीकार गरे एमालेसँग पनि चुनावी तालमेल वा फेरि पार्टी एकता हुन सक्ने बताए । विगतमा एमालेले वामपन्थी रुझान देखाएकाले एकता भएको र दक्षिणपन्थी रुझान देखिएपछि अलग भएको बताउँदै उनले ‘गल्ती महसुस गरे एकताको ढोका खुल्ने’ उल्लेख गरे । सहकार्यका लागि प्रतिनिधिसभा विघटन विषयमा एमालेले गल्ती स्वीकार गर्नुपर्ने सर्त पुनले अघि सारेका छन् ।

‘एमाले अध्यक्ष र मूल नेतृत्वले हिजोका गल्ती महसुस ग¥यो भने विस्तारै मोर्चाबन्दी हुन्छ, गठबन्धन हुन्छ,’ पुनले भने, ‘गल्ती महसुस गर्नेबित्तिकै रातारात पार्टी एकता त नहोला तर सहकार्यको ढोका खुल्छ ।’ पुनले एमाले नेतासँग आफूहरूको संवाद भइरहेको खुलासासमेत गरे ।

दीर्घकालीन रूपमै कांग्रेससँग सहकार्य नीतिमा आफूहरू नरहेको स्पष्ट गर्दै उनले ‘वामपन्थी र विचार मिल्ने शक्तिसँग सहकार्य र एकता प्रक्रियामा अघि बढ्ने’ प्रस्ट्याए । ‘हिजो हामीले एउटै पार्टी बनायौं, पहिलो अध्यक्ष र प्रधानमन्त्री ओलीजी हुनुहुन्थ्यो । उहाँले पार्टी र सरकारलाई ठीक ढंगले ड्राइभ गर्न सक्नुभएन । न सरकारको पर्फमेन्स राम्रो भयो । ६ वटा प्रदेशमा एब्सुलेट बहुमत थियो,’ पुनले भने, ‘संघमा दुई तिहाइको सरकार थियो ।

विकासको जग, सुशासनको जग बसाल्नुपर्ने थियो, त्यो भएन । पार्टी पनि पारदर्शी ढंगले सामूहिकताका आधारमा चलाउनुपर्नेमा त्यो भएन ।’ फेरि पनि उल्लेखित कुरा ‘करेक्सन’ भएमा एमालेसँग एकता हुने पुन बताउँछन् । ‘तालमेल पनि हुन्छ, गठबन्धन पनि हुन्छ, कुनै आश्चर्यको कुरा होइन । म वामपन्थीहरू मिल्नुपर्छ भन्नेमा छु,’ उनले भने ।

पुनले संविधान र व्यवस्था बचाउन कांग्रेससँग गठबन्धन गरेको चर्चा गर्दै ‘तत्काल गठबन्धन टुटाउन नखोजेको’ पनि स्पष्ट पारे । आफू ओली प्रधानमन्त्री हुँदा मन्त्रीका रूपमा रहेको र संसद् विघटन गरेकै दिन राजीनामा दिएको स्मरण पनि उनले गरे ।

प्रतिक्रिया