Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २० कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

अमेरिकाको निगरानी सूचीबाट हट्यो भारतीय मुद्रा : नेपाली मुद्रा बलियो बन्दै

अमेरिकाको मुद्रा निगरानी सूचीबाट भारतीय मुद्रा बाहिरिएको छ । गत शुक्रबार अमेरिकाको डिपार्टमेन्ट अफ ट्रेजरीले भारतीय मुद्रा (भारु)लाई ‘करेन्सी मनिटरिङ लिस्ट’बाट हटाएसँगै अमेरिकी मुद्राको तुलनामा भारतीय रुपैयाँ बलियो भएको छ । भारतीय मुद्रासँग पेग्ड गरिएको हुुँदा नेपाली मुद्रा पनि बलियो भएको छ । अर्थात्, भारुको विनिमयदरमा हुने उतारचढावअनुसार नै नेपाली मुद्रा पनि घटबढ हुने गर्छ ।

अमेरिकाले भारतसहित इटाली, मेक्सिको, थाइल्यान्ड र भियतनामको मुद्रालाई पनि यस्तो सूचीबाट हटाएको छ । मुद्रामा छेडखानी गरिएको भन्दै यसअघि यी मुलुकका मुद्राहरू निगरानीको सूचीमा राखिएको थियो । यी मुलुकले तीनमध्ये एक मापदण्ड मात्र पूरा गरेकाले अमेरिकाले यो सूचीबाट बाहिर राखेको हो । व्यापारमा लाभका लागि मुद्रामा तलमाथि गर्नेहरूलाई अमेरिकाले यस्तो सूचीमा राख्ने गर्छ ।

आफ्नो मुद्राको विनिमयदर कमजोर राखेर व्यापारबाट लाभ लिन यस्तो छेडखानी गरिन्छ । विनिमयदर कम राख्दा निर्यात गर्ने मुलुकहरूको लागत कम पर्छ । चीन, जापान, कोरिया, जर्मनी, मलेसिया, सिंगापुर र ताइवान अहिले पनि यो सूचीमा छन् । अमेरिकासँगको दुईपक्षीय व्यापारमा १२ महिनामा २० अर्बभन्दा बढीको व्यापार गर्ने मुलुक भएमा, सो मुलुकको चालू खाता सोही मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)भन्दा २ प्रतिशतभन्दा बढी भएमा र मुद्रामा एकपक्षीय हस्तक्षेप गरिएमा यो सूचीमा राखिने गरिन्छ । 

मुद्रामा एकपक्षीय हस्तक्षेप भन्नाले जिडिपीको २ प्रतिशतभन्दा बढी विदेशी मुद्रा खरिद गरेर कुनै मुलुकले आफ्नो मुद्रा बलियो बनाइराख्नुलाई बुझिन्छ । भारतीय मुद्रालाई सूचीबाट हटाएसँगै नेपाली मुद्रासँग अमेरिकी डलरको विनिमयदर घटेको छ । एक डलरबराबर एक सय ३२ रुपैयाँसम्म पुगेको नेपाली मुद्रोको दर शुक्रबारयता १२८.९८ रुपैयाँ कायम भएको छ । डलर सस्तिएसँगै यसले आयातमा परिरहेको चापलाई घटाउँछ । अहिलेको विदेशी मुद्रा सञ्चितिको क्षयीकरणलाई पनि न्यूनीकरण गर्नेछ ।  

प्रतिक्रिया

ट्रेन्डिङ