Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अमेरिकाको निगरानी सूचीबाट हट्यो भारतीय मुद्रा : नेपाली मुद्रा बलियो बन्दै

अमेरिकाको मुद्रा निगरानी सूचीबाट भारतीय मुद्रा बाहिरिएको छ । गत शुक्रबार अमेरिकाको डिपार्टमेन्ट अफ ट्रेजरीले भारतीय मुद्रा (भारु)लाई ‘करेन्सी मनिटरिङ लिस्ट’बाट हटाएसँगै अमेरिकी मुद्राको तुलनामा भारतीय रुपैयाँ बलियो भएको छ । भारतीय मुद्रासँग पेग्ड गरिएको हुुँदा नेपाली मुद्रा पनि बलियो भएको छ । अर्थात्, भारुको विनिमयदरमा हुने उतारचढावअनुसार नै नेपाली मुद्रा पनि घटबढ हुने गर्छ ।

अमेरिकाले भारतसहित इटाली, मेक्सिको, थाइल्यान्ड र भियतनामको मुद्रालाई पनि यस्तो सूचीबाट हटाएको छ । मुद्रामा छेडखानी गरिएको भन्दै यसअघि यी मुलुकका मुद्राहरू निगरानीको सूचीमा राखिएको थियो । यी मुलुकले तीनमध्ये एक मापदण्ड मात्र पूरा गरेकाले अमेरिकाले यो सूचीबाट बाहिर राखेको हो । व्यापारमा लाभका लागि मुद्रामा तलमाथि गर्नेहरूलाई अमेरिकाले यस्तो सूचीमा राख्ने गर्छ ।

आफ्नो मुद्राको विनिमयदर कमजोर राखेर व्यापारबाट लाभ लिन यस्तो छेडखानी गरिन्छ । विनिमयदर कम राख्दा निर्यात गर्ने मुलुकहरूको लागत कम पर्छ । चीन, जापान, कोरिया, जर्मनी, मलेसिया, सिंगापुर र ताइवान अहिले पनि यो सूचीमा छन् । अमेरिकासँगको दुईपक्षीय व्यापारमा १२ महिनामा २० अर्बभन्दा बढीको व्यापार गर्ने मुलुक भएमा, सो मुलुकको चालू खाता सोही मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)भन्दा २ प्रतिशतभन्दा बढी भएमा र मुद्रामा एकपक्षीय हस्तक्षेप गरिएमा यो सूचीमा राखिने गरिन्छ । 

मुद्रामा एकपक्षीय हस्तक्षेप भन्नाले जिडिपीको २ प्रतिशतभन्दा बढी विदेशी मुद्रा खरिद गरेर कुनै मुलुकले आफ्नो मुद्रा बलियो बनाइराख्नुलाई बुझिन्छ । भारतीय मुद्रालाई सूचीबाट हटाएसँगै नेपाली मुद्रासँग अमेरिकी डलरको विनिमयदर घटेको छ । एक डलरबराबर एक सय ३२ रुपैयाँसम्म पुगेको नेपाली मुद्रोको दर शुक्रबारयता १२८.९८ रुपैयाँ कायम भएको छ । डलर सस्तिएसँगै यसले आयातमा परिरहेको चापलाई घटाउँछ । अहिलेको विदेशी मुद्रा सञ्चितिको क्षयीकरणलाई पनि न्यूनीकरण गर्नेछ ।  

प्रतिक्रिया