Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

चुनाव प्रचार भोलि मध्यरातसम्म मात्रै

चुनाव प्रचार भोलि मध्यरातसम्म मात्रै

 प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार र राजनीतिक दलले बिहीबार मध्यरातसम्म मात्रै चुनाव प्रचार गर्न पाउने भएका छन् । निर्वाचन कसुर तथा सजाय ऐनमा मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना पूरा नभएसम्म कुनै उम्मेदवार र राजनीतिक दलको पक्ष वा विपक्षमा मत माग्न नपाउने व्यवस्था छ । दल तथा उम्मेदवारले चुनाव प्रचार कात्तिक १७ मा सुरु गरेका थिए । 

निर्वाचन आयोगले बिहीबार मध्यरातपछिको अवधिलाई विशेष समयका रूपमा व्याख्या गरेको छ । ‘विगतमा यसलाई मौन अवधि भनिन्थ्यो । कानुनमा मौन अवधि भनेको रहेनछ । शून्य समय पनि भन्यौं । तर, ४८ घण्टा भनेको स्थिर समय हो,’ निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने, ‘आइतबार बिहान ७ बजे मतदान सुरु हुने भएकाले बिहीबार राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसार निषेध हुनेछ ।’ यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ संगठनले निर्वाचन प्रचारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभासम्मेलन, कार्यशाला, गोष्ठी गर्न पाउने छैनन् ।

निर्वाचन आचारसंहिताअनुसार बिहीबार मध्यरातदेखि सामाजिक सञ्जाल, अनलाइन, छापा कुनै पनि माध्यमबाट राजनीतिक दल र उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना प्रचारका सामग्री पोस्ट, सेयर गर्न पाइने छैन । मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री पनि हटाउनुपर्ने हुन्छ । ‘कुनै पनि तरिकाले मत माग्न र निर्वाचन प्रचार गर्न नहुने व्यवस्था आचारसंहितामै छ,’ निर्वाचन आयुक्त भण्डारीले भने ।

निर्वाचन सुरक्षाका लागि भन्दै निर्वाचन हुनु ७२ घण्टाअघि अर्थात् बुधबार राति १२ बजेदेखि मुलुकका सबै नाका बन्द गरिने भएको छ । बन्द नाका मतदान सकिएपछि मात्रै खुला गर्ने अभ्यास छ । मुलुकको सुरक्षा अवस्था र निर्वाचन सुरक्षा तयारीबारे सुरक्षा निकायले निर्वाचन आयोगका पदाधिकारीलाई जानकारी गराइसकेका छन् ।

निर्वाचन हुनुभन्दा ४८ घण्टाअघिदेखि मदिरा बिक्री वितरणमा समेत रोक लगाउने निर्णय आयोगले बुधबार गर्दै छ । प्रतिनिधिसभाका १ सय ६५ सिटमा २ हजार ४ सय १२ र सातै प्रदेशका ३ सय ३० सिटका लागि ३ हजार २ सय २३ उम्मेदवार छन् । १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताका लागि आयोगले १० हजार ८ सय ९२ मतदानस्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र तोकेको छ । सम्बन्धित कर्मचारीलाई बिहीबारसम्म मतदान केन्द्रमा पुगिसक्न आयोगले निर्देशन दिएको छ । आयोगका अनुसार निर्वाचनमा २ लाख ४७ हजार कर्मचारी खटिनेछन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । ‘कर्मचारीहरू सम्पूर्ण सामग्री लिएर बिहीबारसम्म मतदान केन्द्रमा पुगिसक्छन्,’ उनले भने, ‘सदरमुकामबाट टाढा मतदानस्थल भएको जिल्लामा कर्मचारी हिँडिसके ।’ हिमपातका कारण निर्वाचन सामग्री र कर्मचारी पैदल मार्गबाट पठाउन नसक्ने भएपछि हुम्लाका ३ र डोल्पाका मतदानस्थलमा हेलिकोप्टर प्रयोग गरिएको पौडेलले जानकारी दिए ।

डोल्पामा हेलिकोप्टरबाट सामग्री र कर्मचारी व्यवस्थापन गर्न आयोगबाट सचिव नै खटाइएको छ । कतिपय मतदानस्थलमा खाद्यान्नसमेत नपाउने हुनाले हेलिकोप्टरबाटै ओसारिएको आयोगका प्रवक्ता पौडेलले बताए । आयोगले मतदान शान्तिपूर्ण बनाउन मंगलबार सुरक्षा बैठक राखेको थियो । बैठकले बिहीबारदेखि नै निजामती र प्रहरीको संयुक्त घुम्ती टोली परिचालन गर्ने निर्णय गरेको छ । मौन अवधिमा हुन सक्ने चलखेल रोक्न यो टोली परिचालन गर्न लागिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । ‘निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउन आयोगले कुनै कसर बाँकी राख्ने छैन,’ उनले भने । प्रहरी युनिट भएको स्थान र अन्य स्थानमा बिहीबारबाट विशेष योजना अघि सारेर सुरक्षा व्यवस्था मिलाइने आयोगले जनाएको छ । निर्वाचन सुरक्षामा २ लाख ९८ हजार म्यादीसहितका सुरक्षाकर्मी परिचालन हुँदै छन् ।

प्रतिक्रिया