Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०४ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै

यौन र प्रजननका विषयमा खुल्न थाले महिला र किशोरी

यौन र प्रजननका विषयमा खुल्न थाले महिला र किशोरी

यौन तथा स्वास्थ्य प्रजननका बारेमा कुरा गर्ने र यौन समस्या भन्न लाज मान्ने अछामको ग्रामीण भेगका महिलाहरु अहिले यौनका बारेमा खुलेर बोल्न थालेका छन् ।

तुर्माखाँद गाउपालिका –४ की मना बुढा ३२ वर्षकी भइन् । बिहे भएको १६ वर्ष भयो । १६ वर्षकै उमेरमा बिहे गरेकि मनाका ३ छोरी र १ छोरा छन् । पहिले छोरा जन्मेपछि लगातार उनका छोरी जन्मिन् । स्वास्थ्य अवस्था कमजोर हुँदैगएपछी बच्चा जन्माउन नसक्ने कुरा श्रीमान्लाई सुनाउँदा अर्को छोरा चाहिन्छ भन्ने अडान राखेको उनी सुनाउँछिन् । ‘गाउँमा हुने कार्यक्रममा स्थायी र अस्थायी बन्ध्याकरण हुन्छ र परिवार नियोजनका साधन बारे जानकारी पाएकी थिएँ । श्रीमान्लाई सम्झाइ बुझाइ गरेँ ’ उनले भनिन् ,‘मंगलसेन जाने मौकामा आफैं स्थायी बन्ध्याकरण गरेकी छु ।’ 

ढकारी गाउँपालिका –३ की रत्ना ३२ वर्षकी भइन् । २ छोराछोरी पाइसकेपछी श्रिमान्लाई स्थायी बन्ध्याकरण गर्न सुझाव दिइन् । तर मानेनन् । उनले आफैं बनध्याकरण गरिन् । ‘पुरुषले बन्ध्याकरण गर्र्दैन भनेपछि जबरजस्ती गर्न सकिदैन थियो । अहिले गाउँँमा यौन शिक्षा पुग्यो । हामी पनि जान्ने भयौं ’ उनले भनिन् ‘महिला स्वास्थ्य स्वयम्सेविकाले दिने स्वास्थ्य कार्यक्रम र महिला आफैं पनि राम्रो बन्दै गएको छ ।’ उनकाअनुसार गाउँमा थुपै्र महिलाहरु यौन तथा प्रजननका बारेमा बोल्न सक्ने भएका छन् ।

महिनावारी भएको कुरा सबैका अगाडी भन्न नसक्ने महिलाहरु अहिले खुलेर समस्या राख्ने र बोल्न सक्ने भएको ढकारीकै संगिता साउदले बताइन् ।‘ यौन र प्रजनन्का बारेमा कुरा गर्दा पनि  टाउको लुकाउने महिलाहरु बन्ध्याकरण पनि आफैं गर्छु भनेर स्वास्थ्य संस्थामा जानु नै ठूलो कुरा हो ।’  उनले भनिन् । किशोरावस्थामा पुगेपछि हुने शारिरिक परिर्वतन , पहिलो पटक महिनावारी हुँदा र यौन शिक्षाको बारेमा खुलेर कुरा गर्न नसक्ने किशोरीहरुसमेत अहिले आफ्ना समस्या अभिभावक , स्वास्थ्यकर्मी र शिक्षकसँग राख्न सक्ने भएको ढकारी गाउँपालिका –३ हिच्माकी  १८ वर्षीया कालिका शाही बताउँछिन् । ‘महिनावारी भएको बेलामा आफूमा देखिने समस्या बारे कसैलाई भन्न पनि लाज लाग्थ्यो । कसैले केही भन्ने हो की भन्ने डर लाग्थ्यो ’ कालिका भन्छिन् ‘यौन शिक्षाका बारेमा थाहा पाएपछि गाउँमा परिवार नियोजनका साधन बाँड्ने, यौन र प्रजनन स्वास्थ्यका बारेमा बताउने र्गछु ।’ कक्षामा शिक्षक शिक्षिकाले यौन तथा प्रजननका बारेमा पढाउँदा खुल्न नसक्ने  किशारीहरु अहिले पुरुषलाई अस्थायी साधन वितरण गर्ने ,प्रयोगको तरिका  सिकाउने र सुरक्षित गर्भपतनको बारेमासमेत सिकाउने गरेको कालिका बताउँछीन् । ‘यौनका बारेमा धेरै मान्छे जानकार नहुँदा यौनसम्बन्धी रोग लुकाएर बस्ने बानी छ, त्यसैले हामीले यससम्बन्धी जानकारी गराउँदा धेरै मान्छे खुलेर आफ्ना समस्या भन्ने भएका छन् ’ अर्कि किशोरी स्मृती शाही भन्छिन् ‘असुरक्षित यौन सम्पर्कले विभिन्न रोग लाग्न सक्ने भएकाले सुरक्षित यौन सम्पर्कका लागि पुरुषले प्रयोग गर्ने अस्थायी साधन वितरण समेत गरेका छौ ।’
गाउँमा मात्रै होइन अहिले किशोरीहरु विद्यालयमा पनि खुल्न थालेका छन् ।

महिनावारी हुने समय आएपछि विद्यालय जाने कि नजाने, गए पनि कसरी दिन कटाउने भन्ने समस्याले मंगलसेन  –५, पिलतोलीकी आयुष्मा सुबेदीलाई सताउने गथ्र्याे । विद्यालय गएपछि केही समस्या होला कि भन्ने चिन्ताले महिनावारी भएका बेला उनी पढाइ नै छाडिदिन्थिन् । ‘विद्यालय गयो, पेट दुखेर पढ्नै मन लाग्दैनथ्यो,’ सुबेदीले भनिन्, ‘ब्लड देखिन्छकी, साथीहरूले जिस्क्याउँछन्की भन्ने डर लाग्थ्यो उनले भनिन्, ‘तर सेनेटरी प्याडको प्रयोगपछि भने नियमित रूपमा विद्यालय आउन थालेकी छुु ।’ पहिले साथीहरूबीच पनि महिनावारीबारे खुलेर कुराकानी हुँदैनथ्यो । तर, अहिले यसबारे खुलेर कुरा हुने गरेको उनले बताइन् ।

विद्यालयमा गठन गरिएको बालक्लबमार्फत पनि छात्राहरूले महिनावारी तथा प्रजनन् स्वास्थ्यका विषयमा छलफल गर्दै आएका छन् । महिनावारी भएका बेला अपनाउनुपर्ने सावधानी, ध्यान दिनुपर्ने सरसफाइ तथा अन्धविश्वास बारेमा बेला–बेला जानकारी लिने गरेका छन् । अझै पनि महिनावारी भएका बेला छाउगोठमा ज्यान गुमाउनुपरेको घटनाबारे पनि उनीहरू जानकार भएका छन् । त्यसैले अहिले उनीहरू महिनावारीबारे घरदेखि विद्यालयसम्म खुलेर छलफल गर्छन् ।

यसअघि छात्राहरू महिनावारी हुँदा पठनपाठनमै समस्या हुने गरेको शोडषा माविकी शिक्षक तुलसी नाथले बताइन् । ‘महिनावारीका बेला छात्राहरू विद्यालय नै नआउने र आए पनि बीचमै कक्षा छाडेर घर फर्कने गरेका थिए,’ उनले भनिन्, ‘सेनेटरी प्याड पाएपछि अहिले नियमित रूपमा पढ्ने गरेका छन् ।’ अहिले छात्राहरूले निर्धक्कसँग विद्यालयको कार्यालयमै आएर सेनेटरी प्याड माग्ने गरेको उनले बताइन् । उनकाअनुसार विद्यालयमै सेनेटरी प्याडको व्यवस्था  हुनु र यौन तथा प्रजनन् शिक्षाको पहुँच विद्यार्थीदेखि अभिभावकसम्म पुग्नुले सहजता ल्याएको छ ।

अछामका विभिन्न ग्रामिण भेगमा आइपास नेपाल र अन्य संस्थाको साझेदारीमा परिवार नियोजन , यौन तथा प्रजनन् स्वास्थ्य र शिक्षाको बारेमा जानकारी दिने अभियान थालेको ढकारी गाउँपालिकाकी उपाध्यक्ष नेत्रकला शाहीले बताइन् ।  उनकाअनुसार यौनका कुरा गर्ने डर र लाज मान्ने किशोरकिशोरी अहिले यौन र प्रजनन स्वास्थ्यका बारेमा जानकारी गराउन विद्यालयमा अन्तरक्रिया कार्यक्रम, सडक नाटक, समुदायका युवासँग अन्तरक्रिया गर्ने गरेका छन् । शाही उनी भन्छिन् ‘समाजमा अहिले महिला तथा किशोरीहरूले परिवार नियोजनका साधनका बारेमा खुलेर बताउने गरेका छन् ।’ किशोर किशोरीहरूले एचआईभी रोकथाम, यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, परिवार नियोजनका साधन  , सुरक्षित गर्भपतन र यौन स्वास्थ्य बारे गाउँगाउँमा पुगेर चेतना जगाउने काम गरेको उनले बताए । 

 

प्रतिक्रिया