Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ बैशाख २०८२
प्रचलनमा:
ताजा अपडेट
राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने :  जयगढ बजार आगलागी राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने : जयगढ बजार आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट अछामको जयगढ बजारमा ठुलो  आगलागी अछामको जयगढ बजारमा ठुलो आगलागी छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै

राष्ट्रपति निर्वाचनः प्रचण्ड र ओलीबीच ‘भनाभन’

राष्ट्रपति निर्वाचनः प्रचण्ड र ओलीबीच ‘भनाभन’

राष्ट्रपतिको निर्वाचन मिति नजिकिँदै जाँदा राजनीतिक दलका शीर्ष नेताबीच आन्तरिक छलफलले तीव्रता पाएको छ । शीर्ष नेताबीच दिनहुँ ‘सामूहिक’ एवं ‘वान टु वान’ छलफल बढ्दै गइरहेको भए पनि सहमतिको मिलनबिन्दु भेटिएको छैन् ।

सत्तारूढका साथै प्रतिपक्षी दलका शीर्ष नेताबीच छलफल चलिरहेको छ । सत्ता साझेदार दलले गठन गरेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा शुक्रबार राष्ट्रपति निर्वाचन’ बारेमा छलफल भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले राष्ट्रपति निर्वाचन’ बारेमा खास छलफल गर्नुपर्ने विषय केही नभएको प्रतिक्रिया दिए । बैठकमा सरकारको कामको समीक्षा गर्दै अगामी दिनमा सरकारका काम थप प्रभावकारी कसरी बनाउने’ बारेमाछलफल भएको उनले बताए ।

‘राष्ट्रपति चुनाव’ बारेमा छलफल गर्नुपर्ने कुरै के छ र ? सबै पहिले नै तय भइसकेको कुरामा छलफल आवश्यक भएन नि,’ लिङदेनले भने, ‘अहिलेसम्म सरकारले गरेका काम’ बारेमा समीक्षा भयो । अब कसरी अगाडि बढ्ने भन्नेमा पनि छलफल भयो ।’

लिङ्देनले भनेजस्तै राष्ट्रपति निर्वाचन’ बारेमा थप छलफल गर्नुपर्ने आवश्यक छैन । सरकार गठन गर्नुभन्दा अघि सत्तारूढ दलबीच भएको सहमतिअनुसार माओवादी केन्द्रले प्रधानमन्त्री र एमालेले राष्ट्रपति, सभामुखसहितका पदमा भागबन्डा भइसकेको छ ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको कुरा गर्दै गर्दा एमाले अध्यक्ष ओलीले समझदारी बिगार्ने काम कोही नगरोस् भन्दै दिए चेतावनी

तर, उच्चस्तरी संयन्त्रको बैठकमा राष्ट्रपति निर्वाचनको विषय लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीका बीचमा ‘भनाभन’ भएको छ । बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमा गर्नुपर्ने आवश्यक्ता’ बारेमा बोल्दै गर्दा एमाले अध्यक्ष ओलीले प्रतिवाद गरेका छन् ।

‘प्रधानमन्त्री प्रचण्डको चाहना राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमा साझा व्यक्तिलाई ल्याउनुपर्नेमा छलफल गर्नु थियो’ ती नेताले भने, ‘तर एमाले अध्यक्ष ओलीले यस’bout अब सल्लाह गर्नुपर्ने विषय नै के छ र ? यस’ बारेमा त पहिल्यै टुंगो लागिसकेकाले थप छलफलको आवश्यकता नै छैन ।’

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने निर्णय गरिसकेको छ । तर, सोभन्दा अघि सत्तारूढ दलबीच सरकार गठनअघि नै राष्ट्रपति एमालेको भागमा परेको र त्यस’ बारेमा सहमति भइसकेको छ । तर, माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति दलका कार्यकर्ता राष्ट्रपति हुँदा विगतमा दुःख पाएको टिप्पणी गर्दै साझा व्यक्तिको खोजी गर्दै राष्ट्रिय सहमतिमै चयन गर्नुपर्नेमा जोड दिएका थिए ।

उता, संसद् बैठकबाट बाहिरिँदै गर्दा एमाले अध्यक्ष ओलीले एमालेले भनेकै व्यक्ति राष्ट्रपति हुने टिप्पणी गरेका छन् । एमालेले आफ्नो भागमा परेको राष्ट्रपति पाउनुपर्ने र विगतको समझदारी कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै आएको छ ।

उच्चस्तरी संयन्त्रको बैठकमा एमाले अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिए पनि पुनः सरकारमा भित्र्याउनुपर्ने सुझाव प्रधानमन्त्री प्रचण्डलाई बैठकमा दिए । तर, प्रधानमन्त्री प्रचण्डले उनको सुझाव त सुने तर कुनै प्रकारको जवाफ नदिई मौन बसिरहेका थिए ।

उच्चस्तरी संयन्त्रका संयोजकसमेत रहेका एमाले अध्यक्ष ओलीले सत्तारूढ गठबन्धनलाई थप बलियो बनाउँदै अगाडि बढ्नुको विकल्प नभएको बैठकमा राखेका थिए । बैठक बस्नुभन्दा अघि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीका बीचमा पटकपटक छलफल भएको थियो ।

बिहीबार नै संयन्त्रको बैठक बस्ने भनिएको थियो । तर, कार्यव्यस्तताका कारण बैठक शुक्रबार बस्यो । राष्ट्रपतिको निर्वाचनसहित समसामयिक राजनीतिको ’ मा प्रचण्ड र ओलीबीच पछिल्लो समय प्रायः दिनहुँ छलफल हुँदै आएको छ । आगामी २५ फागुनमा राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ ।

ओली र ठाकुरबीच छलफल
यसैबीच शुक्रबार नै एमाले अध्यक्ष ओली र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच छलफल भएको छ । राष्ट्रपतिको निर्वाचनसहित पछिल्लो राजनीतिक अवस्था’ छलफल भएको बताइएको छ ।

ओली निवास बालकोटमा दुई नेताबीच भएको हो । संसद् भवन बानेश्वरबाट ओली र ठाकुर एउटै गाडीमा बालकोट पुगेका थिए । ओलीले आफ्नै गाडीमा ठाकुरलाई लिएर बालकोट पुगेका हुन् । लोसपाले प्रचण्ड नेतृत्वको सरकार गठनको बेला समर्थन नगरे पनि विश्वासको मत दिएको छ ।

प्रचण्ड, नेपाल र खनालबीच छलफल
यसैबीच, प्रधानमन्त्री प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालबीच छलफल भएको छ । सिंहदरबारमा तीन नेताबीच छलफल चल्दै गर्दा बीचमै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसमेत मिसिएका थिए ।

पार्टी एकता वा मोर्चाबन्दीबीच ती दलबीच छलफल चल्दै गर्दा अगामी राष्ट्रपतिको निर्वाचन’ समेत छलफल भएको स्रोतले जनाएको छ । यसअघि समेत प्रधानमन्त्री प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपालका साथै जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवबीच समेत छलफल भएको छ ।

राष्ट्रपति निर्वाचन, पछिल्लो राजनीतिक अवस्था तथा पार्टी एकीकरण एवं मोर्चाबन्दी’ छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । वार्ता टोलीबीच भएको प्रगति तथा एकतालाई कसरी सहज बनाउँदै अगाडि बढ्ने भन्ने’ नेताबीच छलफल चलिरहेको बताइएको छ ।

देउवा र नेपालबीचमा छलफल
यसैबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच समेत शुक्रबार छलफल भएको छ ।

कांग्रेस सभापति देउवालाई भेट्न एकीकृत समाजवादीका अध्यक्ष नेपाल देउवा निवास धुम्बाराही पुगेका थिए । देउवा र नेपालबीच राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ ।

प्रतिक्रिया