Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

अछामको तुर्माखाँद गाउँपालिकामा ७ वर्षदेखि अलपत्र स्वास्थ्यचौकी

अछामको तुर्माखाँद गाउँपालिकामा ७ वर्षदेखि अलपत्र स्वास्थ्यचौकी

अछामको तुर्माखाँद गाउँपालिकाका स्थानीयले स्वास्थ्य सेवा लिने तुर्माखाँद स्वास्थ्यचौकीको भवन निर्माण सुरु भएको ७ वर्ष पूरा हुँदा पनि बन्न नसक्दा सेवा प्रभावित बनेको छ । सहरी विकास मन्त्रालयअन्तर्गत बन्न लागेको तुर्माखाँद स्वास्थ्यचौकी भवन २०७२ भदौमा काम सुरु गरी २०७३ भदौमा काम सम्पन्न गर्ने सम्झौता भएको थियो ।

थाक्थुहाङ आइ एस नेत्रेश्वरी जेभीले ७ वर्ष अगाडि २ करोड २१ लाख १८ हजार लागतमा एक वर्षमै निर्माण सम्पन्न गर्ने बताएको थियो । स्वास्थ्यचौकी भवन नहुँदा संस्थाबाट दिने सबै सेवा प्रभावित बनेको तुर्माखाँद गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख एकेन्द्र बयकले बताए । ‘यहाँको स्वास्थ्यचौकीमा एक दिनमा कम्तीमा १ सय ५० भन्दा धेरै बिरामी आउँछन् । ५ भन्दा बढी सेवा एउटा साँघुरो कोठाबाट दिनुपर्दा धेरै कठिन भएको छ,’ स्वास्थ्य शाखा प्रमुख बयकले भने, ‘एउटै कोठामा बर्थिङ सेन्टर पनि छ । यस्तो जीर्ण भवनको एकै कोठामा बर्थिङ सेन्टर चलाउन झन् कठिन भएको छ ।’

स्वास्थ्य संस्था सञ्चालन र बर्थिङ सेन्टर सञ्चालनको मापदण्डविपरीत अहिले स्वास्थ्यचौकीबाट सेवा दिइरहेको बयकले बताए । ‘तुर्माखाँदको केन्द्रमा त्यति ठूलो भवन निर्माण हुन थालेको धेरै समय भइसक्यो । अहिलेसम्म अलपत्र अवस्थामा छ । यतातिर मापदण्डविपरीत स्वास्थ्य सेवा दिनुपर्ने बाध्यता छ,’ उनले भने । उनका अनुसार पहिले स्वास्थ्यचौकीको काम सुरु भएको र बीचमा काम गर्न छोड्दा भवन निर्माण क्षेत्रमा घाँसपात उम्रिएको छ ।

कमलबजार नगरपालिका–९ मष्टाबण्डालीमा १० वर्षअगाडि निर्माण सुरु भएको स्वास्थ्यचौकी भवन पनि अहिलेसम्म अलपत्र अवस्थामा छ । २०६९ असारमा काम सुरु गरी २०७० असोजमा काम सम्पन्न गर्ने सम्झौता गरेको आईएस कन्स्ट्रक्सन डोटीले सम्झौताको १० वर्ष पुग्दासम्म पहिलो तल्ला चिनाइको काम मात्र सम्पन्न गरेको छ । १ करोड ५ लाख ३८ हजार लागतमा बन्ने उक्त भवन ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको स्थानीयको भनाइ छ ।

मष्टाण्बण्डाली स्वास्थ्यचौकी निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीको प्रतिनिधि केही समय पहिला सम्पर्कमा आए पनि भवन निर्माणको काम नसकिएको कमलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खडक विष्टले बताए । ‘पहिलेको भन्दा अहिले केही काम भएको देखिन्छ । तर सम्पन्न भइसकेको छैन,’ उनले भने । तुर्माखाँद र मष्टाबण्डालीमा बन्न थालेको स्वास्थ्यचौकीका ठेकेदारहरू लामो समयदेखि सम्पर्कमा नआएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताए ।

पटकपटक भवन निर्माणमा ढिलाइ भएको ताकेता गर्दा पनि ठेकेदारहरू नै सम्पर्कभन्दा बाहिर जाँदा भवन निर्माण नै अलपत्र बनेको उनले बताए । ‘तुर्माखाँद र मष्टाबण्डाली स्वास्थ्यचौकी भवन बनाउने ठेकेदारको अत्तोपत्तो छैन । यी भवनहरू सहरी विकासबाट बन्न थालेका हुन् । स्वास्थ्य कार्यालयले हेर्नुपर्ने कुनै आधिकारिक खबर आएको छैन । तर जिल्लामा बन्न थालेका स्वास्थ्य संरचनामा हाम्रो पनि चासो हुन्छ । धेरै पटक सम्पर्क गर्दा पनि ठेकेदार सम्पर्कमा आएका छैनन्,’ स्वास्थ्य प्रमुख ढुंगानाले भने । उनका अनुसार यो विषयमा प्रमुख जिल्ला अधिकारीसँग पनि कुरा भएको छ । धेरै पुराना भवनबाट सेवा दिन पनि गाह्रो छ । अहिले ठेकेदार खोज्ने काम भइरहेको छ ।

प्रतिक्रिया