Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

कैलालीमा यही फागुन ११ गतेबाट हात्तीपाइलेको आम औषधी सेवन अभियान सुरु हुने

कैलालीमा यही फागुन ११ गतेबाट हात्तीपाइलेको आम औषधी सेवन अभियान सुरु हुने

कैलालीमा यही फागुन ११ गतेबाट हात्तीपाइलेको आम औषधी सेवन अभियान सुरु हुने भएको छ । जिल्लाका १३ वटै स्थानीय तहहरुमा फागुन ११ गतेदेखि २५ गतेसम्म हात्तीपाइले विरुद्धको ११ औं चरणको आम औषधी खुवाईने अभियान सुरु हुने भएको हो ।

जिल्लामा नौ लाख २६ हजार आठ सय ८८ जनसंख्या रहेकोमा आठ लाख ८० हजार छ सय ४७ जनालाई हात्तीपाइले औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । मंगलबार धनगढीमा सञ्चारकर्मीहरुसंग अन्र्तक्रिया कार्यक्रम गर्दै सुदूरपश्चिम प्रदेशका आठ वटा जिल्लाहरुमा हात्तीपाइले रोग निवारण भए पनि कैलालीमा भने अहिले सम्म पनि निवारण हुन नसकेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

यो पटक कैलालीमा एघारौं चरणको अभियान सञ्चालन गरिएकोले सबैलाई औषधी सेवन गरी सहयोग गरिदिन स्वास्थ्य कार्यालयका फोकल प्रशन तथा हेल्थ असिस्टेन्ट मिनबहादुर धामीले अनुरोध गरे ।  खाली पेटमा सेवन गरेमा कसै कसैलाई वाक वाकी लाग्ने, बान्ता हुने, रिगटा लाग्ने हुन सक्छ । खाना खाएर वा नास्ता खाएर औषधीको सेवन गर्न पर्ने बताईएको छ । दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, सात दिन सम्मका सुत्केरी र सिकिस्त बिरामीले औषधी सेवन गर्न नहुने उनले जानकारी दिए ।

दिगो विकास लक्ष्य अनुसार सन २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने राष्ट्रिय संकल्प रहेको स्वास्थ्य कार्यालय कैलालीका हात्तीपाइले रोग फोकलप्रशन मिन बहादुर धामीले बताए । 

कुल जनसंख्याको ६५ प्रतिशतलाई अनिवार्य रुपमा औषधी खुवाउनु पर्नेमा लक्ष्य रहेको हालसम्मको सर्वेक्षणमा ४९.६७ प्रतिशतले औषधी खाएको पाइएकोले यस पटकको अभियानमा सबैले औषधी खानुपर्ने बताएका छन् । यो औषधी सेवनले ९९ प्रतिशत मानिसहरु परजीवी मुक्त भएको भन्दै सम्पुर्ण मानिसले खान आवश्यक रहेको धामीले बताए ।

यस पटक कैलालीमा स्वास्थ्य मापदण्ड अनुसार सम्पुर्ण नागरिकले औषधी सेवन गरेको सुनिश्चितता गर्न स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा ३ प्रकारका औषधी खुवाइने छ ।

उचाइ अनुसार दुई बर्ष माथिका सबै मानिसले औषधी खानुपर्नेमा बिगतमा अभियान सञ्चालन गर्दा केहिले नियमित रूपमा खाने तर शिक्षित, सहरी क्षेत्र र विपन्न वर्गका मानिसहरू बिहानै काममा निस्कने हुँदा नखाई दिने कारणले अपेक्षा गरिएको अनुसार अभियान सफल हुन नसके कार्यक्रमका सहभागी स्वास्थ्यकर्मीहरुले बताएका थिए ।

हात्तीपाइलेको औषधि कसले खाने, कसले नखाने?

हातीपाइले रोग मानिसलाई नराम्रो गरी शरीरिक रुपमा अशक्त, असमर्थ तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो। यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीका कारणले लाग्छ । संक्रमित पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ । मानिसको  शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र रोगका लक्षणहरु देखिन्छन् ।  लक्षण देखिइसकेपछि भने रोग निको पार्न सकिँदैन ।

हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनका लागि रोगको  जोखिम भएका सम्पूर्ण जिल्लाहरुमा राष्ट्रिय आम औषधि सेवन कार्यक्रम संचालन हुँदै आएको छ ।

जिल्लामा दुई वर्ष मुनिका बालबालिका २७ हजार पाँच सय ५५, गर्भवति महिलाको संख्या १३ हजार छ सय ८६ र सिकिस्त विरामी पाँच हजार रहेका छन् ।

प्रतिक्रिया