Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कैलालीमा यही फागुन ११ गतेबाट हात्तीपाइलेको आम औषधी सेवन अभियान सुरु हुने

कैलालीमा यही फागुन ११ गतेबाट हात्तीपाइलेको आम औषधी सेवन अभियान सुरु हुने

कैलालीमा यही फागुन ११ गतेबाट हात्तीपाइलेको आम औषधी सेवन अभियान सुरु हुने भएको छ । जिल्लाका १३ वटै स्थानीय तहहरुमा फागुन ११ गतेदेखि २५ गतेसम्म हात्तीपाइले विरुद्धको ११ औं चरणको आम औषधी खुवाईने अभियान सुरु हुने भएको हो ।

जिल्लामा नौ लाख २६ हजार आठ सय ८८ जनसंख्या रहेकोमा आठ लाख ८० हजार छ सय ४७ जनालाई हात्तीपाइले औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । मंगलबार धनगढीमा सञ्चारकर्मीहरुसंग अन्र्तक्रिया कार्यक्रम गर्दै सुदूरपश्चिम प्रदेशका आठ वटा जिल्लाहरुमा हात्तीपाइले रोग निवारण भए पनि कैलालीमा भने अहिले सम्म पनि निवारण हुन नसकेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

यो पटक कैलालीमा एघारौं चरणको अभियान सञ्चालन गरिएकोले सबैलाई औषधी सेवन गरी सहयोग गरिदिन स्वास्थ्य कार्यालयका फोकल प्रशन तथा हेल्थ असिस्टेन्ट मिनबहादुर धामीले अनुरोध गरे ।  खाली पेटमा सेवन गरेमा कसै कसैलाई वाक वाकी लाग्ने, बान्ता हुने, रिगटा लाग्ने हुन सक्छ । खाना खाएर वा नास्ता खाएर औषधीको सेवन गर्न पर्ने बताईएको छ । दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, सात दिन सम्मका सुत्केरी र सिकिस्त बिरामीले औषधी सेवन गर्न नहुने उनले जानकारी दिए ।

दिगो विकास लक्ष्य अनुसार सन २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने राष्ट्रिय संकल्प रहेको स्वास्थ्य कार्यालय कैलालीका हात्तीपाइले रोग फोकलप्रशन मिन बहादुर धामीले बताए । 

कुल जनसंख्याको ६५ प्रतिशतलाई अनिवार्य रुपमा औषधी खुवाउनु पर्नेमा लक्ष्य रहेको हालसम्मको सर्वेक्षणमा ४९.६७ प्रतिशतले औषधी खाएको पाइएकोले यस पटकको अभियानमा सबैले औषधी खानुपर्ने बताएका छन् । यो औषधी सेवनले ९९ प्रतिशत मानिसहरु परजीवी मुक्त भएको भन्दै सम्पुर्ण मानिसले खान आवश्यक रहेको धामीले बताए ।

यस पटक कैलालीमा स्वास्थ्य मापदण्ड अनुसार सम्पुर्ण नागरिकले औषधी सेवन गरेको सुनिश्चितता गर्न स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा ३ प्रकारका औषधी खुवाइने छ ।

उचाइ अनुसार दुई बर्ष माथिका सबै मानिसले औषधी खानुपर्नेमा बिगतमा अभियान सञ्चालन गर्दा केहिले नियमित रूपमा खाने तर शिक्षित, सहरी क्षेत्र र विपन्न वर्गका मानिसहरू बिहानै काममा निस्कने हुँदा नखाई दिने कारणले अपेक्षा गरिएको अनुसार अभियान सफल हुन नसके कार्यक्रमका सहभागी स्वास्थ्यकर्मीहरुले बताएका थिए ।

हात्तीपाइलेको औषधि कसले खाने, कसले नखाने?

हातीपाइले रोग मानिसलाई नराम्रो गरी शरीरिक रुपमा अशक्त, असमर्थ तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो। यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीका कारणले लाग्छ । संक्रमित पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ । मानिसको  शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र रोगका लक्षणहरु देखिन्छन् ।  लक्षण देखिइसकेपछि भने रोग निको पार्न सकिँदैन ।

हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनका लागि रोगको  जोखिम भएका सम्पूर्ण जिल्लाहरुमा राष्ट्रिय आम औषधि सेवन कार्यक्रम संचालन हुँदै आएको छ ।

जिल्लामा दुई वर्ष मुनिका बालबालिका २७ हजार पाँच सय ५५, गर्भवति महिलाको संख्या १३ हजार छ सय ८६ र सिकिस्त विरामी पाँच हजार रहेका छन् ।

प्रतिक्रिया

ट्रेन्डिङ