Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

पटक-पटक ह्याकरको आक्रमणमा किन पर्छ सरकारी सर्भर?

पटक-पटक ह्याकरको आक्रमणमा किन पर्छ सरकारी सर्भर?

दुई साता अघि (माघ १४ गते) ह्याकरले एकै चोटि सरकारी सर्भरमा आक्रमण गरे। अनधिकृत रुपमा ह्याकर सर्भरमा पस्न खोजेपछि सबै सरकारी वेबसाइट डाउन भए।

केवल नेपाल प्रहरीको साइटमा भने ह्याकरले आक्रमण गरेनन्। ह्याकरले नसकेर होइन केवल पक्राउ पर्ने वा प्रहरीको वेबसाइट चलाएको खण्डकमा एक्सनमा जाला भन्ने डरले मात्र भएको प्रहरीको आँकलन छ।

यसरी केही घण्टासम्म सर्भर नचल्दा विभिन्न समस्याहरू देखा परे। अध्यागमन विभागको वेबसाइटबाट ह्याकरहरूले अनधिकृत रुपमा सर्भरमा पहुँच गर्न खोजेका थिए। त्यही भएका कारण अधिकांश जीओभी डट कम डट एनपी अर्थात नेपाल सरकारका साइटहरू घण्टौँदेखि अवरुद्ध हुन पुगे।

यही समस्याका कारण अध्यागमनको पनि सिस्टम डाउन भएर अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गत अध्यागमन प्रणालीमा प्राविधिक समस्या आउँदा डेढ घण्टा यता अन्तर्राष्ट्रियतर्फका उडान प्रभावित भएका हो। प्राविधिक समस्या आएका कारण अन्तर्राष्ट्रियतर्फ हुँदै आएको नियमित उडानमा एक घण्टा भन्दा बढी समय ढिलो भएको थियो।

तर, ह्याकरले सर्भरमा पसेपनि डाटा तथा अन्य जानकारी नलगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। तर, सर्भरभित्र छिर्न सक्नेले कुनै समयमा केही क्षति नपुर्‍याउँला भन्न सकिँदैन।

‘सर्भरभित्र पसेको देखिन्छ। तर, केही जानकारी लगेको छैन। छिर्नेले नलग्ला भन्न चाहीँ सकिँदैन,’ एक उच्च प्रहरी अधिकृतले सुनाए।

राष्ट्रिय सूचना प्राविधिक केन्द्रले पनि घटनाको प्रारम्भिक अनुसन्धान गरेको थियो। घटनाको केही विवरण सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिएको छ। डाटा सेन्टर थप गर्नुपर्ने, प्राविधिक क्षेत्रमा दक्ष जनशक्ति र सुरक्षित एप्लिकेसन राख्नुपर्ने सुझाव दिएको छ।

‘जनचेतनादेखि कर्मचारीमा दक्षता र सुरक्षित एप्लिकेसन बनाउनुपर्ने देखिएको छ,’ सञ्चार सूचना प्राविधक केन्द्रका सहायक निर्देशक रमेश प्रसाद पोखरेल भने।

सोमवार पनि अध्यागमन विभागको सर्भरमा समस्या देखिएको छ। जसको प्रत्यक्ष असर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको हवाई उडानमा परेको छ।

सवा दुई घण्टा सर्भरमा समस्या देखिएको थियो। सोमवारको समस्या अघिल्लो पटक ह्याकर छिरेको जस्तो नभएको अध्यागमन विभागका सूचना अधिकारी कमलप्रसाद पाण्डेको दाबी छ।

‘अहिले सर्भरमा समस्या नेटको कारणले आएको हो। ह्याक भएको भन्ने होइन,’ पाण्डेले भने।

सरकारी वेबसाइटमा देखिएको समस्याको अध्ययन गर्न सूचना तथा सञ्चार मन्त्रालयले सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोलाई पनि अनुसन्धानमा राखिएको छ।

सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीले यस घटनाको टोली बनाएर अनुसन्धान भएको बताए। मन्त्रालयको साइबर सेक्युरिटी युनिटलाई पनि अलट गरिएको उनको दाबी छ।

‘त्यो समय अट्याक गरेको देखिएको छ। हामीले त्यसमा सम्बन्धित निकायहरूलाई परिचालन गरेका छौँ,’ सहसचिव सुवेदीले भने।

घटना भइसकेपछि अनुसन्धान गर्न भन्दा पनि समयमा नै सुरक्षित प्रविधिको विकास र दक्ष प्राविधिकको व्यवस्थापन गर्नुपर्ने देखिन्छ।

प्रतिक्रिया