Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २९ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी सम्पादकीय:  राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती

देशभरका क्याम्पसमा स्ववियु उम्मेदवारी आज

देशभरका क्याम्पसमा स्ववियु उम्मेदवारी आज

त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि आज शनिबार देशभरका आंगिक र सामुदायिक क्याम्पसमा उम्मेदवारी दर्ता हुँदै छ । उम्मेदवारी दर्ताका लागि क्याम्पसहरूमा शुक्रबार उत्साहजनक रूपमा मनोनयनपत्र वितरण भएको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए । यस पटक स्ववियु निर्वाचन प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीअनुसार हुँदै छ । 

१४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनका लागि समितिले शनिबार ११ देखि २ बजेसम्म नामावली दर्ताको समय छुट्याएको छ । उम्मेदवार बन्न २८ वर्षे उमेरहद लागू गरिएको छ । शनिबार नै प्रत्यक्षतर्फका उम्मेदवारको नामावली सार्वजनिक गर्ने कार्यतालिका छ । चैत ५ मा हुने निर्वाचनका लागि समितिले नमुना मतपत्र बनाएर क्याम्पसहरूमा समेत पठाइसकेको छ । ६२ आंगिक क्याम्पसमा १ लाख ६२ हजार मतदाता रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । काठमाडौं त्रिचन्द्र बहुमुखी क्याम्पसले भने मतदाता सूची सार्वजनिक गर्न सकेको छैन । त्रिचन्द्रमा नेपाल विद्यार्थी संघले फर्जी विद्यार्थी भर्ना गरेको आरोपमा विवाद जारी छ ।

निर्वाचनमा काठमाडौं उपत्यकाभित्रका २२ आंगिक क्याम्पसका साढे ६६ हजार र उपत्यकाबाहिरका साढे ९५ हजार विद्यार्थी सहभागी हुँदै छन् । यसबाहेक सामुदायिक र निजी क्याम्पसमा पनि स्ववियु चुनाव गराउन त्रिविले सर्कुलर गरेको छ । त्रिविअन्तर्गत ५ सय २३ सामुदायिक र ५ सय १७ निजी क्याम्पस छन् । सामुदायिक क्याम्पसले स्ववियु पदाधिकारी चयन गरेपछि मात्रै त्रिविलाई जानकारी गराउने व्यवस्था छ । अधिकांश सामुदायिक क्याम्पसमा स्ववियु निर्वाचन हुने गर्छ । आंगिकमा भन्दा सामुदायिकमा धेरै विद्यार्थी अध्ययन गर्छन् ।

इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतका पुल्चोक, थापाथली, पश्चिमाञ्चल क्याम्पस पोखरा, पूर्वाञ्चल क्याम्पस धरानले विद्युतीय मतदान प्रणालीबाट निर्वाचन गर्ने तयारी गरेका छन् । केन्द्रीय क्याम्पस कीर्तिपुरले पनि विद्युतीय मतदान गराउने निर्णय गरेको छ । निर्वाचनका लागि एउटै क्याम्पसमा २४ वटासम्म विद्यार्थी संघ संगठन र समूह दर्ता भएका छन् । हरेक क्याम्पसमा कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध नभएका विद्यार्थीको समूह दर्ता भएको क्याम्पस निर्वाचन समितिले जनाएका छन् ।

अधिकांश क्याम्पसमा विद्यार्थीले गैरदलीय समूह बनाएर संगठन दर्ता गराएका हुन् । निर्वाचन निर्देशिकामा ११ जना विद्यार्थी मिलेर स्वतन्त्र रूपमा समूह दर्ता गरी निर्वाचन लड्न पाउने व्यवस्था गरिएको अधिकारीले जनाए । यसबाहेक विद्यार्थीले प्रत्यक्षतर्फ उम्मेदवारी दिएर स्वतन्त्र रूपमा पनि चुनाव लड्न पाउनेछन् ।

नेविसंघ सभापति दुजाङ शेर्पाले निर्वाचन हुने देशैभरिका क्याम्पसमा उम्मेदवारी दिने गरी तयारी पूरा गरेको जनाए । ‘सत्तारूढ विद्यार्थीबीच तालमेल गरेर चुनावमा जाने सहमति भएको छ, त्यहीअनुसार नेविसंघले भाग लिन्छ,’ उनले भने । नेविसंघमा स्ववियु निर्वाचन तयारीका क्रममा गुटबन्दी चर्केको छ । शेखर कोइराला र कृष्णप्रसाद सिटौला पक्षले छुट्टाछुट्टै भेला गरेका छन् । त्रिवि कीर्तिपुरमा फागुन १८ मा दुई पक्षबीच झडप हुँदा नेविसंघका पूर्वकेन्द्रीय कोषाध्यक्ष शिव रिमाल र कार्यकर्ता हरि आचार्यलगायत घाइते भएका थिए । अध्यक्ष शेर्पाले खटाएका केन्द्रीय प्रतिनिधिलाई अर्को समूहले अवरोध गर्दा झडप भएको थियो ।

अनेरास्ववियु अध्यक्ष समिक बडालले त्रिविले निर्वाचन कार्यतालिका सार्वजनिक गरेर सबै क्याम्पसमा उम्मेदवारी दिने तयारी गरेको जानकारी दिए । ‘जिल्लाबाट रिपोर्टहरू आइरहेका छन्, कति वटा क्याम्पसमा उम्मेदवारी दिन्छौं भन्ने टुंगो लागेको छैन, तथ्यांक लिँदै छौं,’ उनले भने, ‘अनेरास्ववियु उत्साहका साथ स्ववियु निर्वाचनमा सहभागी हुँदै छ ।’

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले करिब ५ सय क्याम्पसको स्ववियु निर्वाचनमा भाग लिने तयारीमा रहेको जानकारी दिइन् । सत्तारूढ विद्यार्थी संगठनबीच तालमेल गरेर निर्वाचन लड्ने सझमदारी भएको उनले बताइन् । नेविसंघ, अखिल क्रान्तिकारीलगायत सत्ता साझेदार दलका विद्यार्थी संगठनबीच तालमेल हुने भएको हो । विद्यार्थी संघ संगठनले त्रिविसँग पटक–पटक स्ववियु निर्वाचनको माग राख्दै आएका थिए ।

फागुन २८ मा उम्मेदवारको नामावलीमाथि दाबी–विरोध गर्ने, छानबिन गरी नामावली सार्वजनिक गर्ने समय तालिका तोकिएको छ । फागुन २९ गते (सोमबार) उम्मेदवारी फिर्ता लिने समय सकिएपछि अन्तिम नामावली सार्वजनिक गरेर प्रचारप्रसारको समय सुरु हुनेछ ।

चैत २ गते राति १२ बजेसम्म मात्रै प्रचारप्रसार गर्न पाइन्छ । पठनपाठनलगायत शैक्षिक गतिविधिमा असर नपरोस् भनेर चार दिन मात्रै प्रचारप्रसारको अवधि तोकिएको त्रिविका पदाधिकारीले बताए । निर्देशिकाले प्रचारप्रसार गर्न मापदण्डसमेत तोकेको छ । माइकिङ, भित्ते लेखन, तुल–ब्यानरलाई आचारसंहिताले प्रतिबन्ध लगाएको छ । कुनै कारणवश तोकिएको मिति (चैत ५) मा निर्वाचन गराउन नसक्ने क्याम्पसले निर्वाचन अधिकृतको सिफारिसमा ३० दिनभित्र मिति तोकी निर्वाचन गराउनुपर्ने व्यवस्था छ ।

क्याम्पसमा अध्ययरत विद्यार्थी संख्याका आधारमा स्ववियु कार्यसमितिको संख्या यकिन हुने व्यवस्था छ । प्रत्येक क्याम्प्समा कम्तीमा ११ देखि २१ सदस्यीय स्ववियु कार्यसमिति रहनेछ । २ सयसम्म विद्यार्थी भएमा ११, एक हजार विद्यार्थी रहे १५, तीन हजारसम्म विद्यार्थी भएका क्याम्पसमा १९ र त्योभन्दा बढी विद्यार्थी अध्ययनरत क्याम्पसले २१ सदस्यीय स्ववियु चयन गर्नुपर्नेछ । मतदाता नामावलीअनुसार विगतको तुलनामा क्याम्पसहरूमा विद्यार्थी संख्या घटेको छ ।

सबैभन्दा बढी विद्यार्थी हुने पोखराको पृथ्वीनारायण क्याम्पसमा १० हजार ८ सय मतदाता छन् । यसअघि त्यहाँ १८ हजारसम्म विद्यार्थी अध्ययन गर्थे । त्यस्तै त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा ३ हजार ३ सय मतदाता छन् । ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जमा १० हजार २ सय, नेपाल कमर्श क्याम्पस मीनभवनमा ८ हजार १ सय, शंकरदेवमा ८ हजार ४ सय, रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुरमा ७ हजार, बुटवल क्याम्पसमा ७ हजार १ सय, पाटन संयुक्त क्याम्पसमा ७ हजार ६ सय र पद्मकन्या क्याम्पस बागबजारमा ५ हजार ५ सय मतदाता छन् ।

त्यसैगरी पब्लिक युथ क्याम्पस धौबीचौर र भक्तपुर बहुमुखीमा ४/४ हजार, महेन्द्र मोरङ क्यम्पस विराटनगरमा ५ हजार ९ सय, महेन्द्र बहुमुखी धरानमा ४ हजार ५ सय, वीरेन्द्र क्याम्पस भरतपुरमा ५ हजार ५ सय, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा ४ हजार १ सय, सुर्खेत क्याम्पसमा ३ हजार ८ सय, भैरवहा क्याम्पसमा ३ हजार, सरस्वती बहुमुखी क्याम्पसमा ३ हजार ४ सय र रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा ४ हजार ९ सय मतदाता छन् । यीबाहेकका क्याम्पसमा ३ हजारभन्दा थोरै विद्यार्थी छन् ।

२०१८ सालदेखि त्रिविमा स्ववियुको सुरुवात भएको थियो । २०३६ सालदेखि दुई/दुई वर्षमा सञ्चालन हुँदै आएको निर्वाचन २०७३ देखि नियमित हुन सकेको छैन ।

प्रतिक्रिया