Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

राजधानीका व्यापारीले कर तिर्न छोडे, दरबारमार्गका १४५ जनाको कर साढे ३० करोड पुग्यो

राजधानीका व्यापारीले कर तिर्न छोडे, दरबारमार्गका १४५ जनाको कर साढे ३० करोड पुग्यो

राजधानी काठमाडौंका व्यापारीले कर तिर्न छोडेका छन् । काठमाडौंका मुख्य व्यापारी केन्द्रहरु दरबारमार्ग अनामनगर, बागबजारका व्यापारीहरुले कर तिर्न छोडेका हुन् । व्यापारीहरुले उपभोक्ताबाट उठाएको कर राज्यलाई नतिरेको कर कार्यालयहरुले बताएका छन् । 

आन्तरिक राजस्व कार्यालय पुतलीसडकका अनुसार १४५ जना व्यापारीले उभपोक्ताबाट उठाएको मूल्य अभिवृद्धि कर (भ्याट) नतिरेका हुन्। यी करदाताबाट साढे ३० करोड रुपियाँ भन्दा बढी कर तिर्न बाँकी छ । यस्तो समस्या काठमाडौंका अन्य कर कार्यालयहरुमा पनि छन् । तर तिनको विवरण आउन बाँकी छ । 

आन्तरिक राजस्व कार्यालय पुतलीसडकले समयमै कर तिर्न भन्दै व्यापारीहरुलाई पत्राचार पनि गरेको छ । चैत ५ गतेको मिति राखेर कार्यालयले सबै कम्पनीलाई पत्राचार गरेको हो । अहिले आन्तरिक राजस्व विभाग लक्ष्यअनुसार कर नउठेर तनावमा छ । विभागले देशभरका कर कार्यालयमा भ्याटको पैसाको आयतन बढ्दै गएको बताएको छ । पछिल्लो विवरणअनुसार राजश्व संकलन लक्ष्यभन्दा एक खर्ब ६५ अबैभन्दा कम उठेको छ । राजश्व कम उठ्दा सरकार ठूलो दबाबमा परेको छ । 

आन्तरिक राजस्व कार्यालय पुतलीसडकका अनुसार कटारी एण्ड लाइम मिनेरल्स प्रालीले दुई करोड १८ लाख ९९ हजार भ्याट तिरेको छैन। कम्पनीका संचालकमा रविन श्रेष्ठ रहेका छन्। यो कम्पनीले कारोबारको विवरण बुझाएर कर नतिरेको हो ।

सूचना प्रविधिमा राम्रो व्यापार गरिरहेको एलायन्स डिष्टिव्यूटर्स प्रालीले पनि कर तिर्न छाडेको छ । उक्त कम्पनीका सञ्चालकमा अमित अग्रवाल रहेका छन् । उनी आईटी प्रोजेक्ट म्यानेजर समेत हुन्। कम्पनीले राम्रो व्यापार गरेर नाफा गरे पनि कर दाखिला भने नगेको कार्यालयको दावी छ ।  

सवारी बिक्रेता कम्पनी प्राइम अटो टेक प्रालीले पनि कर दाखिला गरेको छैन् । यो कम्पनीका सञ्चालक करण वैधले कर दाखिला नगरेका हुन् । निर्माण व्यवसाय सञ्चालन गरिरहेको पीएच शंकर माली निर्माण सेवा जेभीले एक करोड ५३ लाख कर तिरेको छैन् । यो कम्पनीको सञ्चालकमा हेमराज गुभाजु रहेका छन्।

बागबजारमा रहेको गौरी शंकर फर्निसिङले एक करोड ४३ लाख कर तिरेको छैन् । यो कम्पनीले विभिन्न प्रकारका काष्ठ फर्निचरहरुको खरिद बिक्री गर्दै आएको छ । यसको सञ्चालक राम कार्की हुन् । दरबारमार्गका व्यापारी सुनिल महर्जनले पनि कर तिर्न छाडेका छन्। उनको कम्पनी लेवल्स स्टोर प्रालीले एक करोड १८ लाख भ्याट नतिरेको हो ।

यसैगरी, दरबारमार्गकै अर्का व्यापारी रोमिलाल श्रेष्ठले ५१ लाख ४६ हजार कर तिरेका छैनन् । उनको सुलक्स सेन्टरले कर नतिरेको हो । यी केही समयमा कर दाखिला नगर्ने प्रतिनिधि व्यापारी मात्रै हुन् । यसरी कर दाखिला नगर्ने हजारौंको संख्यामा रहेका कार्यालयको विवरणमा देखिन्छ । देशमा सुरु भएको आर्थिक मन्दीसँगै व्यापारमा भारी गिरावट भएर कर तिर्न नसकेको उनीहरुको जिकिर छ । 

राजधानीको प्रमुख आर्थिक क्षेत्र दरबारमार्ग, अनामनगर, नक्साल, कमलपोखरी, बागबजार जस्ता क्षेत्रमा व्यापार गर्ने व्यापारीले समेत नियमित कर दाखिला नगरेपछि आन्तरिक राजस्व कार्यालय पुतलीसडकलाई चिन्ता बढेको हो । उक्त कार्यालयका एक कर्मचारीले भने, ‘राजस्व कम उठ्दा विभागको प्रेसर धेरै छ। राम्रा भनिएकै व्यापारीहरुले उपभोक्ताबाट उठाएको कर समयमै दाखिला नगर्दा समस्या बढेको छ ।’

 

प्रतिक्रिया

ट्रेन्डिङ