Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १३ बैशाख २०८१

मन्त्री उत्पादनको रेकर्ड बनाउन एमाले-माओवादीको प्रतिस्पर्धा, पछ्याउँदै कांग्रेस

मन्त्री उत्पादनको रेकर्ड बनाउन एमाले-माओवादीको प्रतिस्पर्धा, पछ्याउँदै कांग्रेस

०६२/०६३ को जनआन्दोलनपछि अहिलेसम्म १३ वटा सरकारको नेतृत्व ९ जनाले गरेका छन्। यो अवधिमा २८९ नेता क्याबिनेट मन्त्री बने। यस्तै १२१ जना राज्यमन्त्री बन्दा ४ जना सहायकमन्त्री बने।

यस अवधिमा मन्त्री बनेका संख्या गणना गर्ने हो भने ५३५ पटक भएको छ। यो संख्या २०६२/२०६२ को राजनीतिक परिवर्तनपछि क्याबिनेट मन्त्री, राज्यमन्त्री र सहायकमन्त्री बन्नेसमेतको हो।

२०६२/६३ पछिको १६ वर्ष अवधिमा मन्त्री उत्पादन गर्न नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच प्रतिस्पर्धा देखिएको छ। पटकपटक मन्त्री बन्नेको संख्याका आधारमा हेर्ने हो भने यो अवधिमा माओवादीले सबैभन्दा धेरै मन्त्री कोरलेको छ। माओवादीले १३० मन्त्री कोरल्यो।

२०७९ साल पुस ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीको शपथ लिँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड।

माओवादीका ६४ जना नेता पटक/पटक गरी १०० पटक क्याबिनेट मन्त्री बने। यस्तै ३० जना माओवादी नेता राज्यमन्त्री बनेका छन्। १६ वर्षको अवधिमा बनेका १३ सरकारमध्ये माओवादीले आफ्नै नेतृत्वमा ४ वटा सरकार बनाएको छ भने ३ वटा सरकारमा मात्रै सत्ताबाहिर रह्यो। ०६६ सालमा माधवकुमार नेपाल, २०६९ सालमा खिलराज रेग्मीको सरकार र २०७० सालमा सुशील कोइरालाको सरकार बाहेकका सबै सरकारमा माओवादी सहभागी छ।

१३ सरकारमध्ये चार सरकारको नेतृत्व लिएको माओवादीबाट पुष्पकमल दाहाल तीन पटक प्रधानमन्त्री बनेका छन् भने डा बाबुराम भट्टराई एक पटक सरकार प्रमुख भएका छन्। २०६५, २०७३ र ०७९ मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा २०६८ सालमा बाबुराम भट्टराई प्रधानमन्त्री बनेका थिए।

यस्तै दोस्रो जनआन्दोलनपछि सबैभन्दा धेरै नेतालाई मन्त्री बनाउने पार्टी हो- एमाले। उसले १०८ नेतालाई मन्त्री बनाइसकेको छ। यो अवधिमा एमालेले ७६ नेतालाई क्याबिनेट मन्त्री बनाएको छ। ७६ नेतामध्ये केही नेता दोहोरिएर/तेहरिएर पनि मन्त्री बन्दा उसले ८९ पटक क्याबिनेट मन्त्री पाएको छ।

२०७८ साल वैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीको शपथ लिँदै एमाले अध्यक्ष केपी शर्मा ओली।

यस्तै, ३२ जना नेतालाई एमालेले राज्यमन्त्री बनाएको छ। १६ वर्षको अवधिमा एमालेले व्यक्ति र पटक जोड्ने हो भने १२१ मन्त्री बनाएको छ।

१६ वर्षमा एमालेबाट तीन जना चार पटक प्रधानमन्त्री बने। ०६७ सालमा माधव नेपाल, ०७८ सालमा झलनाथ खनाल प्रधानमन्त्री बनेका थिए। यस्तै ०७२ र ०७४ सालमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने।

पटक र संख्याका हिसाबमा मन्त्री उत्पादन गर्ने पार्टीको सूचीमा कांग्रेस तेस्रो स्थानमा छ। कांग्रेसले १६ वर्षको अवधिमा ५१ जना नेतालाई मन्त्री बनाएको छ। पटकका हिसाबले हेर्ने हो भने दोस्रो जनआन्दोलनपछि कांग्रेसले ७० मन्त्री उत्पादन गरेको छ। कांग्रेसबाट ३६ जना राज्यमन्त्री बनेका छन्।

यो अवधिमा कांग्रेसले चार पटक सरकारको नेतृत्व लिएको छ। ०६३ सालमा गिरिजाप्रसाद कोइराला र ०७० सालमा सुशील कोइराला प्रधानमन्त्री बने। यस्तै २०७४ र ०७८ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेका थिए।

२०७८ साल असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीको शपथ लिँदै कांग्रेस सभापति शेरबहादुर देउवा।

मधेश केन्द्रित दल (मधेस आन्दोलनसँग जोडिएका दल टुटफुटको शृंखला लामो छ। यसमा नेपाल सद्भावना पार्टी, मधेशी जनअधिकार फोरम, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक), तराई मधेश लोकतान्त्रिक पार्टी, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी, महेन्द्र यादव नेतृत्वको तराई मधेस सद्वावाना पार्टी, राजकिशोर यादव नेतृत्वको मधेसी जनाधिकार फोरम (गणतान्त्रिक) शरद सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, जनता समाजवादी पार्टीलगायत)ले यो अवधिमा ३९ नेतालाई ६३ पटक मन्त्री बनाएका छन्। मधेस केन्द्रित दलले यो अवधिमा २७ जना राज्यमन्त्री र २ जनालाई सहायकमन्त्री बनाएका छन्।

 

कुन दलबाट को कति पटक मन्त्री?
कांग्रेसले बनाएका क्याबिनेट मन्त्री
१. गोपालमान श्रेष्ठ (२, एक पटक उपप्रधानमन्त्री)
२. रामशरण महत (३)
३. कृष्णप्रसाद सिटौला (३, एकपटक उपप्रधानमन्त्री)
४. प्रभुनारायण चौधरी
५. नरेन्द्र विक्रम नेम्वाङ (२)
६. चित्रलेखा यादव (२)
७. रामचन्द्र पौडेल
८. सुजाता कोइराला (उपप्रधानमन्त्री)
१०. डा. प्रकाशशरण महत (३)
११. बालकृष्ण खाँण (३)
१२. पूर्णकुमार शेर्मा लिम्बु
१३. उमाकान्त चौधरी (२)
१४. मो. आफ्ताब आलम
१५. सूर्यमान गुरुङ (२)
१६. प्रकाशमान सिंह (उपप्रधानमन्त्री)
१७. विमलेन्द्र निधि (२, एकपटक उपप्रधानमन्त्री)
१८. नरहरि आचार्य
१९. महेश आचार्य
२०. डा. मिनेन्द्र प्रसाद रिजाल (३)
२१. नारायण प्रकाश साउद
२२. डा. नारायण खड्का (२)
२३. महन्थ ठाकुर (२)
२४. अर्जुननरसिंह के.सी.
२५. रमेश लेखक
२६. केशवकुमार वुढाथोकी
२७. रोमी गौचन थकाली
२८. सीतादेवी यादव
२९. जीवनबहादुर शाही
३०. दीपक गिरी
३१. नवीन्द्रराज जोशी
३२. शंकर भण्डारी
३३. गगनकुमार थापा
३४. हृदयराम थानी
३५. ज्ञानेन्द्रबहादुर कार्की (२)
३६. फरमुल्लाह मन्सुर
३७. मोहनबहादुर बस्नेत
३८. रामकृष्ण यादव
३९. महेन्द्र यादव
४०. अम्बिका बस्नेत
४१. वीरबहादुर बलायर
४२. मीनबहादुर विश्वकर्मा
४३. यज्ञबहादुर थापा
४४. भीमसेनदास प्रधान
४५. सञ्जयकुमार गौतम
४६. राजेन्द्रकुमार के.सी.
४७. दिलेन्द्र प्रसाद बडू
४८. उमा रेग्मी
४९. पूर्णबहादुर खड्का (उपप्रधानमन्त्री)
५०. रमेश रिजाल
५१. सीता गुरुङ

कांग्रेसले बनाएका राज्यमन्त्री
१. गोपाल राई
२. दिलेन्द्रप्रसाद बडू
३. मानबहादुर विश्वकर्मा
४. रमेश लेखक
६. ज्ञानेन्द्रबहादुर कार्की
७. रामचन्द्र यादव
८. इन्द्रबहादुर गुरुङ
९. गणेशबहादुर खड्का
१०. चन्द्रसिंह भट्टराई
११. खड्गबहादुर बस्याल
१२. टेकबहादुर गुरूङ
१३. दीर्घराज भाट
१४. सीताराम महतो
१५. तारामान गुरुङ
१६. सुरेन्द्रराज आचार्य
१७. सुवर्ण ज्वारचन
१८. इन्द्रबहादुर बानियाँ
१९. दिलिप खवास गच्छदार
२०. दिपक खड्का
२१. कन्चन चन्द्र बादे
२२. मिठु मल्ल नेपाली
२३. सीता गुरुङ
२४. सरिता प्रसाई
२५. शेषनाथ अधिकारी
२६. नरबहादुर चन्द
२७. तप्तबहादुर विष्ट
२८. अमरसिंह पुन
२९. दिलमान पाख्रिन
३०. उदयशम्सेर राणा
३१. डिल्लीबहादुर चौधरी
३२. तेजुलाल चौधरी
३३. चम्पादेवी खड्का
३४. जनकराज चौधरी
३५. उमेश श्रेष्ठ
३६. अब्दुल रज्जाकगद्दी

नेकपा एमालेले बनाएका क्याबिनेट मन्त्री
१. केपी शर्मा ओली (उपप्रधानमन्त्री)
२. राजेन्द्रप्रसाद पाण्डे
३. प्रदीपकुमार ज्ञवाली (२)
४. डा मंगलसिद्धि मानन्धर
५. सहाना प्रधान
६. प्रदीप नेपाल
७. पृथ्वीसुब्बा गुरुङ
८. छविलाल विश्वकर्मा
९. वामदेव गौतम (२, एकपटक उपप्रधानमन्त्री)
१०. विष्णु पौडेल (५, २ पटक उपप्रधानमन्त्री)
११. अष्टलक्ष्मी शाक्य
१२. गोपाल शाक्य
१३. किरण गुरुङ
१४. रामचन्द्र झा
१५. विद्यादेवी भण्डारी
१६. भीमबहादुर रावल (२, एक पटक उपप्रधानमन्त्री)
१७. सुरेन्द्र पाण्डे
१८. शंकर पोखरेल
१९. रकम चेम्जोङ
२०. भरतमोहन अधिकारी (उपप्रधानमन्त्री)
२१. उर्मिला अर्याल
२२. गङ्गालाल तूलाधर
२३. रघुवीर महासेठ (२)
२४. गोकर्ण विष्ट (२)
२५. भानुभक्त जोशी
२६. घनश्याम भुसाल
२७. युवराज कार्की
२८. ईश्वर पोखरेल (२, २ पटक उपप्रधानमन्त्री)
२९. राधा ज्ञवाली (२)
३०. महेन्द्र बहादुर पाण्डे
३१. खगराज अधिकारी (२)
३२. भीम प्रसाद आचार्य
३३. लालबाबु पण्डित (२)
३४. दलबहादुर राना
३५. कर्णबहादुर थापा
३६. हरिप्रसाद पराजुली
३७. पुरुषोत्तम पौडेल
३८. अग्नि प्रसाद खरेल
३९. सोमप्रसाद पाण्डे
४०.सत्यनारायण मण्डल
४१. शेरधन राई
४२. शान्ता मानवी
४३. आनन्दप्रसाद पोखरेल
४४. महेश बस्नेत
४५. थममाया थापा
४६. डा. युवराज खतिवडा
४७. जगतबहादुर सुनार (विश्वकर्मा)
४८. रवीन्द्रप्रसाद अधिकारी
४९. शेरबहादुर तामाङ
५०. पद्माकुमारी अर्याल
५१. गोकुलप्रसाद वाँस्कोटा
५२. टोपबहादुर रायमाझी
५३. कृष्णगोपाल श्रेष्ठ
५४. भानुभक्त ढकाल
५५. मणिचन्द्र थापा
५६. वसन्तकुमार नेम्बाङ
५७. गौरीशंकर चौधरी
५८. पार्वत गुरुङ
५९. नैनकला थापा
६०. डा. शिवमाया तुम्बाहाङफे
६१. लीलानाथ श्रेष्ठ
६२. गणेशसिंह ठगुन्ना
६३. गणेशकुमार पहाडी
६४. प्रेमबहादुर आले
६५. नारदमुनि राना
६६. जुलीकुमारी महतो
६७. दावा लामा तामाङ
६८. घनश्याम भुसाल
६९. दामोदर भण्डारी
७०.राजेन्द्रकुमार राई
७१. डा. विमला राई पौड्याल
७२. पदम गिरी
७३. भगवती चौधरी
७४. हरिप्रसाद उप्रेती
७५. प्रभाकर प्रधानाङ्ग
७६. प्रभु शाह

एमालेले बनाएका राज्यमन्त्री
१. उर्मिला अर्याल
२. धर्मनाथप्रासद शाह
३. मोहनसिंह राठौर
४. डिल्लीबहादुर महत
५. जीतबहादुर दर्जी गौतम
६.रामजी शर्मा
७. डम्वर साम्वाहाम्फे
८.भगवती चौधरी
९. राधा ज्ञवाली
१०. ल्यारकाल लामा
११. ओमप्रकाश यादव
१२.दिनेशचन्द्र यादव
१३. दामोदर भण्डारी
१४. बलबहादुर महत
१५.नरदेवी पुन मगर
१६. मञ्जुकुमारी चौधरी
१७. दीपनारायण शाह
१८. धनबहादुर बुढा
१९. नवराज रावत
२०. रामवीर मानन्धर
२१. विमला वि.क.
२२. आशाकुमारी वि.क
२३. गोकुल बास्कोटा

माओवादी केन्द्रले बनाएका क्याबिनेट मन्त्री
१. कृष्णबहादुर महरा (५, ३ पटक उपप्रधानमन्त्री)
२. देवप्रसाद गुरुङ (२)
३. मातृका यादव
४. हिसिला यमी
५. खड्गबहादुर विश्वकर्मा (२)
६. गिरिराजमणी पोखरेल (५)
७. डा बाबुराम भट्टराई
८. रामबहादुर थापा
९. कृष्णबहादुर महरा (२)
१०. मातृकाप्रसाद यादव (२)
११ पम्फा भुसाल (३)
१२. हिसिला यमी (२)
१५. जनार्दन शर्मा (३)
१६. गोपाल किराँती (२)
१७. लेखराज भट्ट (४)
१८. गणेश शाह
१९. महेन्द्र पासवान
२०. रामचरण थारु
२१. नारायणकाजी श्रेष्ठ (३ उपप्रधानन्त्री)
२३. टोपबहादुर रायमाझी (३, एकपटक उपप्रधामन्त्री)
२२. अग्निप्रसाद सापकोटा (२)
२५. शक्तिबहादुर बस्नेत (४)
२५. वर्षमान पुन (३)
२६. विश्वनाथ शाह
२७. जयपुरी घर्ती
२८. रामचरण चौधरी
२९. प्रभु साह (३)
३०. हितबहादुर तामाङ
३१. सुनीलकुमार मानन्धर
३२. पोष्टबहादुर बोगटी (२)
३३. लोकेन्द्र विष्ट
३४. ओनसरी घर्ती
३५. दीनानाथ शर्मा
३६. लोकेन्द्र विष्ट मगर
३७. रामकुमार यादव
३८. कमला रोका
३९. कल्पना धमला
४०. सत्य पहाडी
४१. हरिबोल गजुरेल
४२. रेखा शर्मा (२)
४३. गणेशमान पुन
४४. उमेश यादव
४५. गौरीशंकर चौधरी
४६. दलजित श्रीपाइली
४७. हितराज पाण्डे
४८. सुरेन्द्रकुमार कार्की
४९. धनिराम पौडेल
५०. अजयशंकर नायक
५१. टेकबहादुर बस्नेत
५२. शिवकुमार मण्डल
५३. महेन्द्रबहादुर शाही
५४. आशा कोइराला
५५. सन्तकुमार थारु
५६. चक्रपाणी खनाल
५७. बीना मगर
५८. ज्वाला कुमारी साह (२)
५९. देवेन्द्र पौडेल
६०. शशि श्रेष्ठ
६१. महेश्वर जङ्ग गहतराज
६२. सुदन किराती
६२. अमनलाल मोदी
६४. विमल श्रीवास्तव

माओवादीले बनाएका राज्यमन्त्री
१. हकिकुल्लाह खाँ
२. देवी खड्का
३. धर्मशिला चापागाई
४. ध्रुव आङदाम्बे लिम्वु
५. दिलीप महर्जन
६. विष्णुप्रसाद चौधरी
७. सूर्यमान दोङ
८. लीला भण्डारी
९. गोपी आछामी
१०. घनश्याम यादव
११. ज्वाला साह
१२. सुष्मा शर्मा
१३. हरिराज लिम्बु
१४. सुनिताकुमारी महतो
१५. श्रीप्रसाद जवेगु
१६. सत्यनारायण भगत
१७. राधिका तामाङ
१८. धनमाया वि.क
१९. मोहम्मद जाकिर हुसेन
२०. रामसिंह यादव
२१. श्यामकुमार श्रेष्ठ
२२. शम्भुलाल श्रेष्ठ
२३. कर्णबहादुर बि.क.
२४. छमबहादुर गुरुङ
२५. गोमा कुवँर
२६. वाङदी शेर्पा
२७. रामकुमारी चौधरी
२८. बोधमायाकुमारी यादव
२९. सुशिला सिर्पाली ठकुरी
३०. दिलीप महर्जन

मधेस केन्द्रित दलले बनाएका क्याबिनेट मन्त्री
१. हृदयेश त्रिपाठी (३)
२. राजेन्द्र महतो (५, एकपटक उपप्रधान)
३. उपेन्द्र यादव (३, २ पटक उपप्रधान)
४. विजयकुमार गच्छदार (५, ४ पटक उपप्रधान)
५. जयप्रकाशप्रसाद गुप्ता (२)
६. रेणुकुमारी यादव (२)
७. शरतसिंह भण्डारी (४)
८. सर्वेन्द्रनाथ शुक्ला
९. महेन्द्रप्रसाद यादव (२)
१०. मृगेन्द्रकुमार सिंह यादव (२)
११. गणेश तिवारी नेपाली
१२. लक्ष्मणलाल कर्ण (२)
१३. सर्वदेवप्रसाद
१४. महेन्द्र पासवान
१५. हरिनारायण यादव
१६. मोहम्मद इस्तियाक राई (३)
१७. विजय कुमार यादव
१८. अनिलकुमार झा (२)
१९. वृजेशकुमार गुप्ता
२०. हेमराज तातेड
२१. नन्दन कुमार दत्त
२२. राजलाल यादव
२३. मुहम्मद वकील मुसलमान
२४. दानबहादुर कुर्मी चौधरी
२५. सरिता गिरी
२६. राजकिशोर यादव (२)
२७. अकवल अहमद साह
२८. रामजनम चौधरी
२९. जितेन्द्रनारायण देव
३०. गोपाल दहित
३१. उमाशंकर अरगरिया
३२. चन्दा चौधरी
३३. एकवाल मियाँ
३४ राजेन्द्रप्रसाद श्रेष्ठ
३५. महेन्द्र यादव
३६. रामसहाय यादव
३७. प्रदीप यादव
३८. अब्दुल खान
३९. अशोक राई

मधेस केन्द्रित दलले बनाएका राज्यमन्त्री
१.दानबहादुर कुर्मी चौधरी
२. सञ्जयकुमार शाह
३. रामबच्चन अहिर यादव
४ .करिमा वेगम
५. शत्रुघप्रसाद सिंह कोइरी
६. सरोजकुमार यादव (२)
७. गोविन्द चौधरी
८. शत्रुघन महतो
९. दलवहादुर सुनार
१०. नन्दनकुमार दत्त
११. रामबच्चन अहिर(यादव)
१२. भीमराज चौधरी
१३. लक्ष्मण मेहता
१४. दुर्गादेवी महतो (धानुक)
१५. काशी देवी झा
१६. ईश्वर दयाल मिश्र
१७. अरविन्द साह
१८. रमणीराम
१९. सुरीताकुमारी साह
२०. ओमप्रकाश यादव
२१. मेघराज नेपाली (निषाद)
२२. मो मुस्ताक आलम
२३. सुमित्रा थरुनी
२४. यसोदा कुमारी लामा
२४. डा सुरेन्द्र यादव
२५. चन्द्रकान्त चौधरी
२६. रेणुका गुरूङ
२७. मो मुस्ताक आलम

मधेस केन्द्रित दलले बनाएका सहायकमन्त्री
१.कलावतीदेवी दुसाध
२. चन्दा चौधरी

राप्रपा/राप्रपा नेपालले बनाएका क्याबिनेट मन्त्री
१. दीपक बोहरा (४)
२. सुनीलबहादुर थापा (२)
३. कमल थापा (२ पटक उप्रधानमन्त्री)
४. रामकुमार सुब्बा
५. जयन्त चन्द (२)
६. विक्रम पाण्डे (३)
७. दिलनाथ गिरी
८. विक्रमबहादुर थापा
९. राजेन्द्रप्रसाद लिङ्देन (उपप्रधानमन्त्री)
१०. ध्रुवबहादुर प्रधान

राप्रापा/राप्रपा नेपालले बनाएका राज्यमन्त्री
१. इन्द्रप्रसाद ढुङ्गेल
२. गिरी बहादुर केसी
३. विक्रमबहादुर थापा
४. कुन्तिकुमारी शाही (२)
५. रेशम लामा
६. विराज विष्ट
७. कमला देवी शर्मा
८. भाष्कर भद्रा
९. शुशीलकुमार श्रेष्ठ
१०. कान्ता भट्टराई
११. दिपक सिंह

राप्रपा/राप्रपा नेपालले बनाएका सहायकमन्त्री
१. दिनेश श्रेष्ठ
२. रेशमबहादुर लामा

थप दलले बनाएका क्याबिनेट मन्त्री
१. अमिक शेरचन (उपप्रधानमन्त्री)– जनमोर्चा
२. जगतबहादुर बोगटी– माले)
३. प्रेमबहादुर सिंह (२)– समाजवादी जनता पार्टी
४. डम्बर श्रेष्ठ– नेकपा माले
५. ठाकुरप्रसाद शर्मा– नेकपा माले
६. खगेन्द्रप्रसाद प्रसाई– नेकपा माले
७. भीमप्रसाद गौतम– जनमोर्चा
८. चन्द्रदेव जोशी–नेकपा संयुक्त
९. डा केशवमान शाक्य–नेपाः राष्ट्रिय पार्टी
१०. एकनाथ ढकाल (२)–परिवार दल
११. कुमार बेल्वासे–नेकपा माले
१२. यदुंश झा–माले
१३. बद्रीप्रसाद न्यौपाने–चुरे भावर
१४. निलम केसी– नेकपा माले
१५. चन्द्रप्रकाश मैनाली (उपप्रधानमन्त्री)
१६. चित्रवहादुर के.सी. (उपप्रधानमन्त्री)
१७. विसेन्द्र पासवान– दलित जनजाती पार्टी
१८. शिवलाल थापा–जनमुक्ति पार्टी
१९. जयदेव जोशी– नेकपा संयुक्त
२०. मिथिला चौधरी– नेकपा संयुक्त
२१. महिन्द्र राय यादव – नेसपा

अन्यबाट बनेका क्याबिनेट मन्त्री
१. मालवरसिंह थापा
२. परशुराम खापुङ
४.गजेन्द्रबहादुर हमाल
५. गोविन्द प्रसाद शर्मा
६.माधवप्रसाद घिमिरे
७. हरिप्रसाद न्यौपाने
८. ऋद्धिबाबा प्रधान
९. विद्याधर मल्लिक
१०. माधवप्रसाद पौडेल
११. शंकरप्रसाद कोइराला
१२. छविराज पन्त
१३. टेकबहादुर थापा (घर्ती)
१४. रामकुमार श्रेष्ठ
१५. उमाकान्त झा

राज्यमन्त्री
१ मानबहादुर शाही– नेकपा माले

नेकपा (एकीकृत समाजवादी)
१. विरोध खतिवडा
२. प्रेम आले
३. रामकुमारी झाँक्री
४. कृष्णकुमार श्रेष्ठ
५. भवानी खापुङ
६. जीवनराम श्रेष्ठ
७. मेटमणि चौधरी
८. शेरबहादुर कुँवर
९. बेदुराम भुसाल
१०. प्रकाश ज्वाला

नेकपा एसले बनाएका राज्यमन्त्री
१. भवानीप्रसाद खापुङ –नेकपा एस
२. हिराचन्द्र केसी – नेकपा एस

राष्ट्रिय स्वतन्त्र पार्टीले बनाएका मन्त्री
१. रवि लामिछाने (उपप्रधानमन्त्री)
२. शिशिर खनाल
३. डोलप्रसाद अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीले बनाएका राज्यमन्त्री
१. डा. तोसिमा कार्की

(नामको पछाडि कोष्ठकमा लेखिएको अंकले मन्त्री बनेको बारम्बारतालाई बुझाउँदछ। एक पटक मात्र मन्त्री बन्ने व्यक्तिको नामको पछाडि कोष्ठक र अंक लेखिएको छैन।)

प्रतिक्रिया