Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अछामका स्थानीय तहमा ४३ करोड १९ लाख बेरुजु

अछामका स्थानीय तहमा ४३ करोड १९ लाख बेरुजु

अछामका स्थानीय तहमा ४३ करोड १९ लाख बेरुजु देखिएको छ। महालेखा परीक्षकको ६० औं प्रतिवेदनमा आर्थिक वर्ष २०७८/०७९ को बेरुजु ४३ करोड १९ लाख ८२ हजार देखिएको हो। 

यो २०७७/७८ भन्दा ७ करोड ५५ लाख ७२ हजार बेरुजु बढी हो। मंगलसेन र पञ्चदेवल बिनायक नगरपालिकाले क्रमश: वर्षेनि बेरुजु घटाउँदै गएका छन् भने तुर्माखाँद गाउँपालिकाको बेरुजु वर्षेनि बढ्दै गएको देखिन्छ। साँफेबगर, कमलबजार नगरपालिका, चौरपाटी, बान्नीगढी जयगढ, रामारोशन, ढकारी र मेल्लेख गाउँपालिकाको बेरुजु घट्बढ् रहेको छ। 

साँफेबगर नगरपालिकाको ३ करोड ९८ लाख ४२ हजार , पञ्चदेवल बिनायक नगरपालिकाको ३ करोड ६३ लाख ६ हजार, मंगलसेन नगरपालिका २ करोड ३१ लाख ४२ हजार, कमलबजार नगरपालिका ३ करोड ९५ लाख ९६ हजार, ढकारी गाउँपालिका ९ करोड ६७ लाख २२ हजार, बान्नीगढी जयगढ गाउँपालिका ८८ लाख ४ हजार, मेल्लेख गाउँपालिका २ करोड ३९ लाख २१ हजार, रामारोशन गाउँपालिकाको ७ करोड ५० लाख ७८ हजार, चौरपाटी गाउँपालिकाको ३ करोड १९ लाख १ हजार  र तुर्माखाँद गाउँपालिकाको ५ करोड ६६ लाख ७० हजार बेरुजु रहेको छ। 

जिल्लाका पालिकाहरुको २०७६/७७ मा ४२ करोड ७१ लाख ३८ हजार बेरुजु रहेको थियो भने आर्थिक वर्ष २०७७/०७८ मा घटेर ३५ करोड ६४ लाख १० हजारमा झरेको थियो। अहिले पुन: ७ करोड ५५ लाख ७२ हजार बेरुजु बढेको छ। जिल्लाका १० पालिकामध्ये सबैभन्दा बढी बेरुजु ढकारी गाउँपालिका र सबैभन्दा कम वान्नीगढी जयगढ गाउँपालिका रहेको छ। 
०७७/०७८मा ढकारी गाउँपालिकाको बेरुजु रकम ९ करोड ६७ लाख २२ हजार छ। ०७७/०७८ मा ४ करोड ५२ लाख ९८ हजार बेरुजु रहेको थियो। अहिले ५ करोड भन्दा बढीले बेरुजु बढेको छ। २०७६/७७ मा पालिकाको ४ करोड १९ लाख ४२ हजार बेरुजु रहेको थियो। 

०७८/०७९ मा सबैभन्दा कम ८८ लाख ४ हजार बेरुजु भएको बान्नीगढी जयगढ गाउँपालिकाको ०७७/०७८ एक करोड १९ लाख बेरुजु रहेको थियो। २०७६/७७ मा १ करोड ९ लाख बेरुजु रकम रहेको थियो। बान्नीगढी सुदुरपश्चीम प्रदेशका ८८ वटा स्थानीय तह मध्ये सबैभन्दा कम बेरुजु रहेको पहिलो पालिका भएको लेखा अधिकृत नारद खनालले जानकारी दिए। 

रामारोशन गाउँपालिकाको बेरुजु रकम ५ करोड ५० लाख ७८ हजार रहेको छ। ०७७/०७८मा ६ करोड ६२ लाख ८३ हजार रहेकोमा यो पटक एक करोड १२ लाख ५ हजार बेरुजु घटाएको छ।आर्थिक वर्ष ०७७/०७८मा २ करोड ५२ लाख ३ हजार बेरुजु रहेको थियो। 

यसैगरी तुर्माखाँदको गाउँपालिकाको वेरुजु पनि वर्षेनि बढेको देखिन्छ। ०७७/०७८मा ३ करोड ५४ लाख ८३ हजार रहेको बेरुजु अहिले बढेर ५ करोड ६६ लाख ७० रहेको छ। ०७६/०७७ मा २ करोड ३९ लाख ४७ हजार बेरुजु रहेको थियो। 
साँफेबगर नगरपालिकाले ०७७/०७८ मा देखिएको बेरुजुभन्दा अहिले एक करोड ६३ लाख ९५ हजारले घटेको छ। 
०७८/०७९ मा ३ करोड ९८ लाख ४२ हजार रहेको छ। ०७६/०७७ मा ५ करोड ३७ लाख १२ हजार रहेको थियो। कमलबजार नगरपालिकाको बेरुजु बढेर ३ करोड ९५ लाख ९६ हजार पुगेको छ। ०७७/०७८ मा २ करोड ३१ लख १४ हजार रहेको थियो भने ०७६/०७७ मा २ करोड ६७ लाख २ हजार रहेको बेरुजु रहेको थियो। 

यसैगरी पन्चदेवल नगरपालिका बर्षेनी बेरुजु घटाउँदै गएको छ। ०७८/०७९ मा ३ करोड ६३ लाख ६ हजार रहेको छ। एक करोड ३३ लाख ५० हजारले बेरुजु घटाएको छ। ०७७/०७८ मा ४ करोड ९७ लाख १० हजार रहेको थियो भने। ०७६/०७७ मा १६ करोड ९९ लाख ४४ हजार बेरुजु रहेको थियो। मेल्लेख गाउँपालिकाले बेरुजु घटाएको छ। ०७७/०७८ मा २ करोड ६५ लाख ८७ हजार रहेकोमा ०७८/०७९ मा घटाएर २ करोड ३९ लाख २१ हजारमा झरेको छ। ०७६/०७७ मा २ करोड ३१ लाख ३६ हजार बेरुजु रहेको थियो। 

चौरपाटी गाउँपालिकाको बेरुजु बढेको छ। २०७७/०७८ मा २ करोड २२ लाख १६ हजार रहेकोमा अहिले बढेर ३ करोड १९ लाख १ हजार पुगेको छ। २०७६/७७ मा ४ करोड ८२ लाख ८२ हजार बेरुजु रहेको थियो। २०७६/७७ मा तुलनामा २०७७/०७८ मा २ करोड ६० लाख ६६ हजारले बेरुजु घटाएको चौरपाटीको अहिले फेरी बेरुजु बढेको छ। 

मंगलसैन नगरपालिकाले पनि वर्षेनि बेरुजु घटाउँदै गएको छ। ०७८/०७९मा २ करोड ३१ लाख ४२ हजार बेरुजु रहेको छ। २०७७/०७८ मा ३ करोड २६ लाख ४७ हजार वेरुजु रहेको थियो भने २०७६/०७७ मा ३ करोड ७३ लाख ६५ हजार बेरुजु रहेको थियो। अछामका दश पालिकाको २०७८/७९ मा १२ अर्ब ८० करोड ६८ लाख ८७ हजार रुपैंयाँ लेखापरीक्षण गरिएको छ।  

प्रतिक्रिया