Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

अछामका स्थानीय तहमा ४३ करोड १९ लाख बेरुजु

अछामका स्थानीय तहमा ४३ करोड १९ लाख बेरुजु

अछामका स्थानीय तहमा ४३ करोड १९ लाख बेरुजु देखिएको छ। महालेखा परीक्षकको ६० औं प्रतिवेदनमा आर्थिक वर्ष २०७८/०७९ को बेरुजु ४३ करोड १९ लाख ८२ हजार देखिएको हो। 

यो २०७७/७८ भन्दा ७ करोड ५५ लाख ७२ हजार बेरुजु बढी हो। मंगलसेन र पञ्चदेवल बिनायक नगरपालिकाले क्रमश: वर्षेनि बेरुजु घटाउँदै गएका छन् भने तुर्माखाँद गाउँपालिकाको बेरुजु वर्षेनि बढ्दै गएको देखिन्छ। साँफेबगर, कमलबजार नगरपालिका, चौरपाटी, बान्नीगढी जयगढ, रामारोशन, ढकारी र मेल्लेख गाउँपालिकाको बेरुजु घट्बढ् रहेको छ। 

साँफेबगर नगरपालिकाको ३ करोड ९८ लाख ४२ हजार , पञ्चदेवल बिनायक नगरपालिकाको ३ करोड ६३ लाख ६ हजार, मंगलसेन नगरपालिका २ करोड ३१ लाख ४२ हजार, कमलबजार नगरपालिका ३ करोड ९५ लाख ९६ हजार, ढकारी गाउँपालिका ९ करोड ६७ लाख २२ हजार, बान्नीगढी जयगढ गाउँपालिका ८८ लाख ४ हजार, मेल्लेख गाउँपालिका २ करोड ३९ लाख २१ हजार, रामारोशन गाउँपालिकाको ७ करोड ५० लाख ७८ हजार, चौरपाटी गाउँपालिकाको ३ करोड १९ लाख १ हजार  र तुर्माखाँद गाउँपालिकाको ५ करोड ६६ लाख ७० हजार बेरुजु रहेको छ। 

जिल्लाका पालिकाहरुको २०७६/७७ मा ४२ करोड ७१ लाख ३८ हजार बेरुजु रहेको थियो भने आर्थिक वर्ष २०७७/०७८ मा घटेर ३५ करोड ६४ लाख १० हजारमा झरेको थियो। अहिले पुन: ७ करोड ५५ लाख ७२ हजार बेरुजु बढेको छ। जिल्लाका १० पालिकामध्ये सबैभन्दा बढी बेरुजु ढकारी गाउँपालिका र सबैभन्दा कम वान्नीगढी जयगढ गाउँपालिका रहेको छ। 
०७७/०७८मा ढकारी गाउँपालिकाको बेरुजु रकम ९ करोड ६७ लाख २२ हजार छ। ०७७/०७८ मा ४ करोड ५२ लाख ९८ हजार बेरुजु रहेको थियो। अहिले ५ करोड भन्दा बढीले बेरुजु बढेको छ। २०७६/७७ मा पालिकाको ४ करोड १९ लाख ४२ हजार बेरुजु रहेको थियो। 

०७८/०७९ मा सबैभन्दा कम ८८ लाख ४ हजार बेरुजु भएको बान्नीगढी जयगढ गाउँपालिकाको ०७७/०७८ एक करोड १९ लाख बेरुजु रहेको थियो। २०७६/७७ मा १ करोड ९ लाख बेरुजु रकम रहेको थियो। बान्नीगढी सुदुरपश्चीम प्रदेशका ८८ वटा स्थानीय तह मध्ये सबैभन्दा कम बेरुजु रहेको पहिलो पालिका भएको लेखा अधिकृत नारद खनालले जानकारी दिए। 

रामारोशन गाउँपालिकाको बेरुजु रकम ५ करोड ५० लाख ७८ हजार रहेको छ। ०७७/०७८मा ६ करोड ६२ लाख ८३ हजार रहेकोमा यो पटक एक करोड १२ लाख ५ हजार बेरुजु घटाएको छ।आर्थिक वर्ष ०७७/०७८मा २ करोड ५२ लाख ३ हजार बेरुजु रहेको थियो। 

यसैगरी तुर्माखाँदको गाउँपालिकाको वेरुजु पनि वर्षेनि बढेको देखिन्छ। ०७७/०७८मा ३ करोड ५४ लाख ८३ हजार रहेको बेरुजु अहिले बढेर ५ करोड ६६ लाख ७० रहेको छ। ०७६/०७७ मा २ करोड ३९ लाख ४७ हजार बेरुजु रहेको थियो। 
साँफेबगर नगरपालिकाले ०७७/०७८ मा देखिएको बेरुजुभन्दा अहिले एक करोड ६३ लाख ९५ हजारले घटेको छ। 
०७८/०७९ मा ३ करोड ९८ लाख ४२ हजार रहेको छ। ०७६/०७७ मा ५ करोड ३७ लाख १२ हजार रहेको थियो। कमलबजार नगरपालिकाको बेरुजु बढेर ३ करोड ९५ लाख ९६ हजार पुगेको छ। ०७७/०७८ मा २ करोड ३१ लख १४ हजार रहेको थियो भने ०७६/०७७ मा २ करोड ६७ लाख २ हजार रहेको बेरुजु रहेको थियो। 

यसैगरी पन्चदेवल नगरपालिका बर्षेनी बेरुजु घटाउँदै गएको छ। ०७८/०७९ मा ३ करोड ६३ लाख ६ हजार रहेको छ। एक करोड ३३ लाख ५० हजारले बेरुजु घटाएको छ। ०७७/०७८ मा ४ करोड ९७ लाख १० हजार रहेको थियो भने। ०७६/०७७ मा १६ करोड ९९ लाख ४४ हजार बेरुजु रहेको थियो। मेल्लेख गाउँपालिकाले बेरुजु घटाएको छ। ०७७/०७८ मा २ करोड ६५ लाख ८७ हजार रहेकोमा ०७८/०७९ मा घटाएर २ करोड ३९ लाख २१ हजारमा झरेको छ। ०७६/०७७ मा २ करोड ३१ लाख ३६ हजार बेरुजु रहेको थियो। 

चौरपाटी गाउँपालिकाको बेरुजु बढेको छ। २०७७/०७८ मा २ करोड २२ लाख १६ हजार रहेकोमा अहिले बढेर ३ करोड १९ लाख १ हजार पुगेको छ। २०७६/७७ मा ४ करोड ८२ लाख ८२ हजार बेरुजु रहेको थियो। २०७६/७७ मा तुलनामा २०७७/०७८ मा २ करोड ६० लाख ६६ हजारले बेरुजु घटाएको चौरपाटीको अहिले फेरी बेरुजु बढेको छ। 

मंगलसैन नगरपालिकाले पनि वर्षेनि बेरुजु घटाउँदै गएको छ। ०७८/०७९मा २ करोड ३१ लाख ४२ हजार बेरुजु रहेको छ। २०७७/०७८ मा ३ करोड २६ लाख ४७ हजार वेरुजु रहेको थियो भने २०७६/०७७ मा ३ करोड ७३ लाख ६५ हजार बेरुजु रहेको थियो। अछामका दश पालिकाको २०७८/७९ मा १२ अर्ब ८० करोड ६८ लाख ८७ हजार रुपैंयाँ लेखापरीक्षण गरिएको छ।  

प्रतिक्रिया