Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

गर्मीमा घमौरा बाट बच्न अपनाउनु पर्ने सजिला उपायहरु

गर्मीमा घमौरा बाट बच्न अपनाउनु पर्ने सजिला उपायहरु

गर्मी महिना शरीरमा विभिन्न प्रकारका स्वास्थ्य समस्या देखा पर्छन्। गर्मी मौसममा देखिने घमौरालाई धेरैले ठूलो समस्या मान्छन्। घमौरा पसिनाको ग्रन्थीहरूबाट आउने संक्रमण हो।

कहिलेकाहीँ कुनै कारणवश शरीरमा पसिनाका प्वालहरू बन्द भए भने घमौरा देखिने चिकित्सकको भनाइ छ। गर्मीको समयमा घमौरा जुनसुकै उमेर समूहका मानिसमा पनि देखिन्छ। घमौरा धेरैजसो घाँटी, काखी वा कापमा देखिने हुन्छ। यसबाहेक शरीरका जुनसुकै भागमा पनि देखिन सक्छ। घमौरा कसैलाई चिलाउने र कसैलाई नचिलाउने पनि हुन्छ। गर्मीबाट जोगिनु नै घमौरा आउन नदिने पहिलो उपाय हो। 

यी कारणले आउँछ छालामा घमौरा
– गर्मी मौसममा बाक्लो लुगा लगाउँदा छालामा घमौरा आउँछ।
– धेरै घाममा बस्ने मानिसमा घमौरा आउँछ ।
– अधिक मात्रामा पसिना आउने मान्छेमा घमौरा आउँछ।
– धेरै फोहोर खेल्ने र नियमित हातखुट्टा राम्ररी सफा नगर्दासमेत घमौरा देखिन्छ।
– शरीरमा धेरै फोहोर मैला जम्मा हुनु घमौराको कारण हो।
– खुला र स्वच्छ हावा लाग्ने ठाउँ नहुँदा घमौरा देखिन सक्छ ।
– अधिक मात्रामा तातो पदार्थको सेवन गर्दा गर्मी मौसममा घमौरा आउँछ।
-शरीर धेरै कपडाहरूले ढाकिनु आदि कारणले घमौरा निस्कन्छ।

घमौराको घरेलु उपचार
-घमौरा आएको ठाउँमा थोरै माटोको पेस्ट बनाएर लगाउँदा घमौरा चिलाउने पोल्ने समस्या कम हुन्छ।
– गाउँघर तिर पाइने सर्सिउँको तेलमा कपुर हालेर घमौला भएको ठाउँमा लगाए आराम मिल्छ।
-घमौरा धेरै पोल्न थालेमा पाउडर लगाउन सकिन्छ।
-घमौरामा लोसन लगाउनाले चिलाउनेक्रम कम हुन्छ र जलन मेटिन्छ।
-दिनमा तीन पटकसम्म एक एक चम्चा घ्यूकुमारीको जेललाई घमौरामा लगाउनु राम्रो हुन्छ।
-लसुन केलाएर मजाले पिसेर लेप बनाउने र घमौरा आएको भागमा दल्ने गर्नुपर्छ।
– निमको पातलाई पानीमा उमालेर चिसो बनाउने र घमौरा आएको ठाउँमा लगाएर आधा घण्टापछि नुहाउने गर्नुपर्छ।
-गर्मीबाट हुने घमौराजन्य घाउँ, खटिरा बालबालिकालाई कोट्याउन दिनु हुँदैन।
– गर्मीमा नुहाएपछि नरिवलको तेलमा कपुर मिसाएर शरीरको मालिस गर्नाले घमौरा कम हुँदै जान्छन्।
– धेरै बाक्लो कपडा लगाएर बस्नु हुँदैन।
– घमौलाको समस्याबाट टाढै रहन कागतीपानी खाइरहने गर्नुपर्छ ।

प्रतिक्रिया

ट्रेन्डिङ