Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०९ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

अटेरी प्रदेस सरकार, न अनुदान दिन्छ, न स्वामित्व लिन्छ

अटेरी प्रदेस सरकार, न अनुदान दिन्छ, न स्वामित्व लिन्छ

सुदूरपश्चिम प्रदेसको आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार रुपैयाँको बजेट  शुक्रबार अर्थमन्त्रि नरेश कुमार शाहिले प्रदेस सभामा सार्वजनिक गरे । अर्थमन्त्रि शाहिले बजेट पेश गर्दै गर्दा दुर दराजका लाखौं आम सर्वसाधारण हरु कुन शिर्षकमा कति बजेट विनियोजन भयो भन्दापनि विगत केहि बर्ष यता आर्थिक अभाव झेल्दै आईरहेको बयालपाटा अस्पताल लाई कति बजेट आउँछ भनेर सुन्न आँतुर थिए । तर बिडम्बना बजेटको पुर्णपाठमा अछामको बयालपाटा अस्पतालको नाम कहिँ कतै आएन । बरु बाजुरा र दार्चुलामा च्याँङ्ग्रा पालनका लागि करोडौं बजेट विनियोजित भयो । त्यस्तै मुख्य मन्त्रि कमल बहादुर शाहको क्षेत्रका दुई सरकारकै स्वामित्वमा रहेका अस्पतालमा करोडौं बजेट छुट्याईयो ।

प्रदेसमा एक मन्त्रि, ३ सांसद र केन्द्रमा २ सांसदहरुलाई अछामको बयालपाटा अस्पतालले चुनावमा गरेका भाषण बिर्सिनुभएछ भन्दै टुलु टुलु हेरीरह्यो । विगत १५ बर्षदेखि अछाम लगाएत सूदुरपश्चिम प्रदेस र कर्णालि प्रदेसका २१ भन्दा बढि जिल्लाबासिलाई निशुल्क सम्पुर्ण सेवा दिदै आईरहेको बयालपाटा यहाँबाट निर्वाचित हुने सांसदहरुका लागि चुनावि एजेण्डा बाहेक केहि हुन सकेन । 

आर्थिक भार थेग्न नसकिने भन्दै अस्पताल प्रसासनले कोरोना महामारीकै बिचमा अस्पतालमा कार्यरत ३३ जना कर्मचारी निकाल्यो त्यहि जागिर बाट निकालिनुपरेको कारण साँफेबगर नगरपालिका ६ का सिद्धार्थ आउजिले आफ्नै शरिरमा आगो लगाएर अस्पतालको आँगनमै आत्मदाह गरे । विगत ४ बर्ष देखि आर्थिक समस्या बाट ग्रसित अस्पतालले पटक पटक बजेट अथवा स्वामित्वका लागि प्रदेस र केन्द्र गुहार्यो तर पटक पटकको आश्वासन अनि मुखमा चारो दिएजस्तो अनुदानले अस्पताल जेन तेन  आजका दिनसम्म चलिरहेको छ । तर समय समयमा औषधि अभाव र कर्मचारीलाई तलब खुवाउन नसक्ने जस्ता अस्पताल प्रसासनका पिडा अलगै छन् । 

बयालपाटा अस्पतालमा सबै भन्दा बढि बिरामि आउने छिमेकि जिल्ला बाजुरा निवासि नरेश कुमार शाहि यस पटक सुदूरपश्चिम प्रदेस सरकारका अर्थमन्त्रि छन् । बयालपाटा अस्पतालको गुणस्तरीय सेवा र आर्थिक समस्या दुबैलाई देखेर महसुस गरेका मन्त्रि शाहिले संभवत मन्त्रि भैसकेपछि बयालपाटा अस्पताललाई सम्झिन चाहेनन । बरु बजेटको पुर्णपाठको प्रायजसो प्रत्यक लाईनमा बाजुरा थियो तर एक लाईनमा बयालपाटा अस्पताल अटेन । 

अस्पताल भएकै निर्वाचन क्षेत्रका झपट बहादुर साउँद पनि सुदूरपश्चिम प्रदेसमा सामाजिक विकास मन्त्रि छन् । सामाजिक विकास मन्त्रालय अन्र्तगत नै स्वास्थ्य पर्ने भएतापनि यस क्षेत्रकै प्रतिनिधित्व गरेका मन्त्रीले अस्पतालको बारेमा चाँसो देखाउँदा देखाउँदै पनि अस्पतालका लागि बजेट विनियोजन भएन भनेर कुन मुखले भन्लान भनेर सबैले कान थापिरहेका छन् ।

स्थानिय तहको निर्वाचन भए पश्चात नै साँफेबगर नगरपालिकाका नगरप्रमुख सहित बयालपाटा अस्पताल प्रसासनको टोलिले प्रदेसमा गएर स्वामित्व लिईदिन अथवा अनुदानका लागि निवेदन गरेको थियो । त्यति बेला तत्काललाई सुदुरपश्चिम प्रदेसले ९ करोड अनुदान दिएर बाँकि साँफेबगर नगरपालिकाले अनुदान दिएको थियो । केहि महिना पछि प्रदेस सरकारले स्वामित्व लिईदिनु पर्यो भनेर साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर सहितको टोलि सुदूरपश्चिम प्रदेसको सामाजिक विकास मन्त्रालयमा पुगेको थियो । उक्त समयमा अस्पतालको दीर्घकालिन व्यवस्थापन सहित संचालनका लागि प्रदेश सरकारले वार्षिक ९ करोड बजेट बिनियोजन गर्ने गरी ५ वर्षका लागि सम्झौता भएको थियो । 
सामाजिक विकास मन्त्रालयका तर्फबाट वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्का र न्याय हेल्थ नेपालका तर्फबाट संस्थाका अध्यक्ष कुन्द दिक्षितले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । तर सरकार परिवर्तन को प्रत्यक्ष असर बयालपाटा अस्पताललाई पर्यो । दुई महिना अघि बयालपाटा अस्पतालमा आफ्नो जम्बो टोलि सहित पुगेका सुदुरपश्चिम प्रदेसका मुख्यमन्त्रि कमल बहादुर शाह र भौतिक पुर्वाधार विकास मन्त्रि प्रकाश देउवा पनि बयालपाटा अस्पताललाई आवश्यक बजेट विनियोजन गछौं भनेर आफैले भनेका कुरा कैलाली पुगेर बिर्सिए ।
 

प्रतिक्रिया