Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०२ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

धनगढीको एलाइन्सले ‘प्लस टु’ को प्रदेश स्तरीय छात्रवृत्ति दिने

धनगढीको एलाइन्सले ‘प्लस टु’ को प्रदेश स्तरीय छात्रवृत्ति दिने

धनगढी । धनगढीको एलाइन्स ईन्टरनेशनल मोडेल स्कुलले सुदूरपश्चिम प्रदेश स्तरीय वृहत छात्रवृत्ति योजना कार्यक्रम पत्रकार सम्मेलन गर्दै घोषणा गरेको छ । 

उक्त स्कुलले एसईई पास गरेका बिद्यार्थीहरुका लागी ‘प्लस टु’ अध्ययनका लागि छात्रवृत्ति घोषणा गरेको हो । 
सुदूरपश्चिमका प्रत्येक जिल्लाका सम्पूर्ण विद्यालयका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई मासिक शुल्कमा सतप्रतिशत छात्रवृति दिने प्राचार्य मनोज पन्तले बताउनु भयो । यसको हकमा बिद्यालयको सिफारीस अनिवार्य रहेको प्राचार्य मनोज पन्तले बताए ।

यस्तै खेलकुद तथा अतिरिक्त प्रतियोगितात्मक प्रतिस्पर्धामा राष्ट्रिय तथा प्रदेश स्तरीय उपाधी जित्न सफल बिद्यार्थीहरुलाई मासिक शुल्कमा सतप्रतिशत छात्रवृति दिने पन्तले बताए । यसको हकमा सम्बन्धीत वडा कार्यालयबाट सिफारीस स्कुललाई बुझाउनु पर्ने पन्तले बताए । 

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्कुलले धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा स्थाई बसोबास गर्दै आएका जहेन्दार,गरिब,विपन्न,दलित, अपाङ्ग,जनजाती र अभिभावक बिहिनहरुलाई शैक्षिक पहुँचमा सहयोग पुगाउनका लागी १० जना बिद्यार्थीहरुलाई मासिक शुल्कमा सतप्रतिशत र १० जना बिद्यार्थीहरुका लागी आंशिक छात्रवृत्ति दिने प्राचार्य पन्तले बताए । यसको हकमा वडा कार्यालयको सिफारिस अनिवार्य हरेको उनले बताए । वडा बाट आएका सिफरीसमा बिद्यालय आफै छनोट गर्ने छ । 

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथि रहेका वडा नम्बर २ का वडा अध्यक्ष धर्मराज ओझाले भने, एलाइन्स स्कुलले मात्रै यस्तो कार्यक्रम गरेर हुँदैन धनगढीका सबै बिद्यालयहरुले यस्तो कार्यक्रमको घोषणा गर्नु पर्छ । धनगढी उमा न पा ०२ स्थित संचालित यस बिधालयले वडाका बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नु अत्यन्तै सम्मानजनक कार्य रहेको बताए । वडा भित्र धेरै जसो विद्यार्थी भाइबहिनीहरु आर्थिक समस्याले गर्दा उच्च शिक्षा अध्ययनमा पछाडी परेका छन । त्यसैले वडा भित्र बसोबास गर्ने बिद्यार्थीलाई छात्रवृत्तिमा पढाउने यस स्कुलको निर्णय धेरै राम्रो रहेको उहाँले बताए  । 
छात्रवृत्तिका लागी आवेदन बुझाउने मिति २०८० श्रावण ५ गते सम्म रहेको र  छात्रवृत्ति छनौट तथा अन्तरवार्ता श्रावण १० हुने जनाईएको छ ।  

प्लस टु संकायमा व्यवस्थापन तर्फ होटेल मेनेजमेन्ट,जनर मेनेजमेन्ट कमप्यूटर साईन्स अध्यापन गराईरहेको  छन भने कानुन संकायको पनि अध्यापन गराई रहेको पन्तले बताए ।

आर्थिक समस्याले गर्दा कुनै पनि बिद्यार्थी भाइबहिनीहरु अध्ययन बाट बन्चित हुन नपरोस् भन्ने उदेश्यले हामिले छात्रवृत्ति योजना ल्याएका हौ प्राचार्य पन्तले बताए ।
 

प्रतिक्रिया