Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

धनगढीको एलाइन्सले ‘प्लस टु’ को प्रदेश स्तरीय छात्रवृत्ति दिने

धनगढीको एलाइन्सले ‘प्लस टु’ को प्रदेश स्तरीय छात्रवृत्ति दिने

धनगढी । धनगढीको एलाइन्स ईन्टरनेशनल मोडेल स्कुलले सुदूरपश्चिम प्रदेश स्तरीय वृहत छात्रवृत्ति योजना कार्यक्रम पत्रकार सम्मेलन गर्दै घोषणा गरेको छ । 

उक्त स्कुलले एसईई पास गरेका बिद्यार्थीहरुका लागी ‘प्लस टु’ अध्ययनका लागि छात्रवृत्ति घोषणा गरेको हो । 
सुदूरपश्चिमका प्रत्येक जिल्लाका सम्पूर्ण विद्यालयका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई मासिक शुल्कमा सतप्रतिशत छात्रवृति दिने प्राचार्य मनोज पन्तले बताउनु भयो । यसको हकमा बिद्यालयको सिफारीस अनिवार्य रहेको प्राचार्य मनोज पन्तले बताए ।

यस्तै खेलकुद तथा अतिरिक्त प्रतियोगितात्मक प्रतिस्पर्धामा राष्ट्रिय तथा प्रदेश स्तरीय उपाधी जित्न सफल बिद्यार्थीहरुलाई मासिक शुल्कमा सतप्रतिशत छात्रवृति दिने पन्तले बताए । यसको हकमा सम्बन्धीत वडा कार्यालयबाट सिफारीस स्कुललाई बुझाउनु पर्ने पन्तले बताए । 

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्कुलले धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा स्थाई बसोबास गर्दै आएका जहेन्दार,गरिब,विपन्न,दलित, अपाङ्ग,जनजाती र अभिभावक बिहिनहरुलाई शैक्षिक पहुँचमा सहयोग पुगाउनका लागी १० जना बिद्यार्थीहरुलाई मासिक शुल्कमा सतप्रतिशत र १० जना बिद्यार्थीहरुका लागी आंशिक छात्रवृत्ति दिने प्राचार्य पन्तले बताए । यसको हकमा वडा कार्यालयको सिफारिस अनिवार्य हरेको उनले बताए । वडा बाट आएका सिफरीसमा बिद्यालय आफै छनोट गर्ने छ । 

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथि रहेका वडा नम्बर २ का वडा अध्यक्ष धर्मराज ओझाले भने, एलाइन्स स्कुलले मात्रै यस्तो कार्यक्रम गरेर हुँदैन धनगढीका सबै बिद्यालयहरुले यस्तो कार्यक्रमको घोषणा गर्नु पर्छ । धनगढी उमा न पा ०२ स्थित संचालित यस बिधालयले वडाका बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नु अत्यन्तै सम्मानजनक कार्य रहेको बताए । वडा भित्र धेरै जसो विद्यार्थी भाइबहिनीहरु आर्थिक समस्याले गर्दा उच्च शिक्षा अध्ययनमा पछाडी परेका छन । त्यसैले वडा भित्र बसोबास गर्ने बिद्यार्थीलाई छात्रवृत्तिमा पढाउने यस स्कुलको निर्णय धेरै राम्रो रहेको उहाँले बताए  । 
छात्रवृत्तिका लागी आवेदन बुझाउने मिति २०८० श्रावण ५ गते सम्म रहेको र  छात्रवृत्ति छनौट तथा अन्तरवार्ता श्रावण १० हुने जनाईएको छ ।  

प्लस टु संकायमा व्यवस्थापन तर्फ होटेल मेनेजमेन्ट,जनर मेनेजमेन्ट कमप्यूटर साईन्स अध्यापन गराईरहेको  छन भने कानुन संकायको पनि अध्यापन गराई रहेको पन्तले बताए ।

आर्थिक समस्याले गर्दा कुनै पनि बिद्यार्थी भाइबहिनीहरु अध्ययन बाट बन्चित हुन नपरोस् भन्ने उदेश्यले हामिले छात्रवृत्ति योजना ल्याएका हौ प्राचार्य पन्तले बताए ।
 

प्रतिक्रिया