Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

ज्ञानेन्द्रको अंग्रेजी, रास्वापाको संसद अवरोध र ‘अटेन्सन सिकिङ’

ज्ञानेन्द्रको अंग्रेजी, रास्वापाको संसद अवरोध र ‘अटेन्सन सिकिङ’

अलिअघि राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले अस्ट्रेलियाको एक कार्यक्रममा ‘विदेशीसँग नेपाली’मा बोले । कार्यक्रममा सहभागी एकजना दोभाषेले विदेशी र शाहीबीचको कुराकानीलाई सहजीकरण गरिदिए । आफ्ठ्यारो–अफ्ठ्यारोमै उनीहरूबीच छोटो कुराकानी भयो । कुराकानीको भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भयो । र, भाइरल भयो ।

त्यसपछि अनेकखाले मान्छेले अनेकथरी तर्क-वितर्क, कुतर्क र टिप्पणी गरे । कोहीले भने— सीए पढेको भनेर धाक लगाउने ज्ञानेन्द्र शाहीलाई अंग्रेजी बोल्न पनि नआउने रै’छ । शाहीका समर्थकले भने— नजानेर कहाँ हो र ? राष्ट्रियताको रक्षा गर्न उनले विदेशीसँग पनि नेपालीमै बोलेका हुन् ।

यी दुईखाले तर्कको पक्ष र विपक्षमा मान्छेहरू कित्ताकाट भए । शाहीको अंग्रेजीले सामाजिक सञ्जाल तात्यो, बजार पिट्यो । चर्चा चुलिएपछि ‘अटेन्सन सिकर’ शाहीले एउटा युट्यूब च्यानलमा अन्तर्वार्ता दिए । जहाँ उनले अंग्रेजी जानेको पुष्टि गर्न ‘जेपिटी पारा’मा बोले । ओभर एक्सप्रेसनमा अशुद्ध उच्चारण गर्दै कनिकुथी बोलेको उनको शैलीले अंग्रेजी भाषाकै अपमान भयो । तै पनि उनी रोकिएनन्, बोलिरहे । त्यसपछि उनको पक्षमा तर्क गर्नेले भने– सुन्नुभयो त शाहीको अंग्रेजी कति खतरनाक ? उनको विपक्षमा बोल्नेले भने– शाहीले अंग्रेजीकै हुर्मत लिए ।

त्यसपछि थप केही दिन शाही सामाजिक सञ्जालमा छाइरहे । उनलाई अहिले पनि थाहा छैन होला कि, मान्छेहरूले आफूलाई मजाक बनाइरहेका छन् । उनी आफू चर्चित भएकैमा मख्ख होलान् । किनकि, उनी राजनीतिमा छिरेका र जमेका नै यस्तै सामाजिक सञ्जालका सस्ता हल्ला र चर्चाले हो ।

एक हिसाबमा शाही ‘अटेन्सन शिकर’ हुन् । जे गरेर भएपनि दुनियाँको ध्यान आफूतिर खिच्न तयार हुने शाहीको ‘अंग्रेजी पारा’ त उदाहरण मात्रै हो, उनका यस्ता काण्ड त कति छन् कति ! तर यहाँ अहिले उनको चर्चा भएको प्रसंग बेग्लै हो ।

दुई प्रसंगलाई जोड्नुपूर्व अर्को एउटा चर्चा गरौं–

केही समयअघि प्रधानमन्त्रीको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गर्‍यो । एमालेलाई रास्वपा, राप्रपालगायत दलले साथ दिए । पछि एमाले, कांग्रेस र माओवादीका शीर्ष नेता बसेर ‘संसद अवरुद्ध नगर्ने, प्रधानमन्त्री प्रचण्डले गल्ती स्वीकार्ने’ सहमति गरे । त्यसपछि चिढिए– चौथो ठूलो दल रास्वपाका सभापति रवि लामिछाने ।

लामिछानेलाई लाग्यो— तीन दल मिलेर हामीलाई हेपे । उनले आफू हेपिएको कुरा संसदमै उठाए । भने– हामी कसैको पछि लाग्दैनौं, यो संसद तीन दलको मात्रै होइन । हामी ‘सग्लो प्रतिपक्षी’ हौं ।

संसद खुल्नुसँग मिटरब्याजसम्बन्धी विधेयक पनि जोडिएको थियो । प्रतिपक्षीले उक्त विधेयक रोक्न संसद अवरुद्ध गरेको आरोप लागेको थियो । प्रतिपक्षीले आफू विधेयकको पक्षमै भएको देखाउन पनि धेरै प्रयास गर्नुपरेको थियो । यसबीच आइतबार संसदमा उक्त विधेयक पारित गर्ने कार्यसूची थियो ।

मिटरब्याजसम्बन्धी विषयसहित समावेश भएको ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक’ निर्णयार्थ प्रस्तुत गर्दा प्रक्रिया नमिलेको भन्दै रास्वपाले संसदमा अवरोध गर्‍यो । रास्वपालाई राप्रपाले साथ दियो । सभामुखले सम्झाउन खोजे, सांसदहरूले सम्झिएनन् । सत्तापक्षका नेताले सम्झाउन खोजे, उनीहरूले कुरै सुन्न चाहेनन् ।

आक्रोशित रास्वपा र राप्रपाका सांसद रोष्ट्रम घेर्न गए । सभामुखले १५ मिनेटका लागि बैठक स्थागित गरे । पछि उनीहरूले विरोध गर्नुको तुक रहेनछ भन्ने पत्तो पाए । दोस्रो बैठकमा चुपचाप बसेर विधेयक पारित गर्न ताली बजाए ।

यसले के बुझाउँछ भने रास्वापाले हामी एमालेबिनै पनि संसद अवरुद्ध गर्न सक्छौं भन्ने पार्न कुरै नबुझी बखेडा झिकेका रहेछन् । उक्त विधेयकका केही बुँदामा चित्त नबुझे मत विभाजनमा जान पाउने स्थिति पनि थियो । तर रास्वपाले त्यो भेउ नै पाएन ।

मतविभाजन हुने प्रक्रिया पार गरेर अघि बढिसकेपछि रास्वपाले अनावश्यक लफडा झिकेको रहेछ । जुन कुरा बुझेपछि दोस्रो बैठक स्वभाविक ढंगमा चल्यो र विधेयक पारित भयो ।

राप्रपा नेता शाहीले जसरी अंग्रेजी जानेको पुष्टि गर्न नमिल्ने गरी अंग्रेजी बोलेर आफ्नै ‘मजाक उडाए’, त्यसैगरी रास्वपाले पनि ‘एमालेको टेकोबिनै उभिन सक्छौं’ भन्ने पार्न गर्नै नपर्ने ठाउँमा संसद अवरुद्ध गर्‍यो ।

हुन त शाही र रास्वपाबीच एउटा ठूलो अन्तर छ । कम्तिमा शाहीसँग एउटा एजेण्डा छ– मृत भइसकेको राजतन्त्रलाई बौराउने । तर रास्वपासँग त त्यही पनि छैन । ‘जता मान्छेको भीड बढ्छ, त्यहीँ नै आफ्नो धार’ भनेर अघि बढेको रास्वपालाई संसदमा आइतबार भएको घटनाले राजनीतिकरूपमा घाटा पारेको छ । तर, त्यहीँ घटनालाई पनि रास्वपा सभापति रवि लामिछानेले भाषा मिलाएर भनेपछि भक्तले ताली त बजाउने नै छन् ।

शाही र लामिछानेको सबैभन्दा मिल्ने स्वभाव भनेको ‘अटेन्सन सिकिङ’ नै हो । उनीहरूलाई के गर्दा धेरैभन्दा धेरै मान्छेको ध्यान तानिन्छ भन्ने थाहा छ । किनकि, उनीहरू मान्छेको ध्यान खिच्ने कला प्रस्तुत गरेरै राजनीतिमा मौलाएका हुन् ।

प्रतिक्रिया

ट्रेन्डिङ