Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २० बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपत्तिमा परेर एक वर्षमा ८५ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपत्तिमा परेर एक वर्षमा ८५ जनाको मृत्यु

 सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपत्तिमा परेर एक वर्षमा ८५ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको तथ्याँक अनुसार एक वर्षमा ८५ जनाको विभिन्न विपत्तिका घटनामा परेर मृत्यु भएको हो।

सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानून मन्त्रालयस्थित प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार २०७९ वैशाखदेखि २०८० असार मसान्तसम्म बाढी, पहिरो, चट्याङलगायत विपत्मा परेर सो संख्यामा मृत्यु भएको पाइएको छ।

प्राकृतिक विपत्तिमा परेर मृत्यु हुनेमा ३४ पुरुष र ५१ जना महिला छन्। त्यस्ता घटनामा परेर १०२ पुरुष र ११६ महिला गरी २१८ जना घाइते भएका छन्। पहिरोमा परेर २८, चट्याङ लागेर १४ जनाले एक वर्षमा ज्यान गुमाएका छन्। 
हिमपहिरोमा परेर नौ, बाढीमा आठ, भूकम्पमा सात जनाले ज्यान गुमाएका छन्। त्यस्तै आगलागीमा छ, जनावर आतङ्कमा छ, सर्पदंशबाट चार जनाले ज्यान गुमाएका जनाइएको छ। हावाहुरी, भारी वर्षा र अन्य कारणले एक÷एक जनाले ज्यान गुमाएका छन्। पहिरोमा एक र बाढीमा नौ गरी १० जना बेपत्ता, पहिरोमा परी १७, चट्याङ लागेर ५१, हिउँपहिरोका कारण दुई, बाढीका कारण १३, भूकम्पका कारण १२ जना घाइते भएका छन्। आगलागीमा ३०, जनावरको आक्रमण ६३, सर्पदंशबाट एक, हावाहुरीका कारण ७० र भारी वर्षाका कारण ७२ जना घाइते भएका जनाइएको छ। 

एक वर्षको अवधिमा प्राकृतिक विपत्तिबाट ९८२ घरपरिवार प्रभावित भएका छन्। २३२ घरमा आंशिक र २१९ घरमा पूर्ण क्षति भएको जनाइएको छ। प्राकृतिक विपत्तिका कारण ९५४ पशुचौपायाको ज्यान गएको छ। 

विभिन्न प्राकृतिक विपत्का कारण एक वर्षको अवधिमा १८ करोड १६ लाख ३० हजार रुपियाँ बराबरको क्षति भएको जनाइएको छ। पीडित परिवारले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत राहत पाइसकेको विपत् व्यवस्थापन शाखाका अधिकृत जनक धामीले बताउनुभयो।  प्राकृतिक विपत्तिमा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रदेश विपत् व्यवस्थापन तथा राहत निर्देशिका २०७६ (पहिलो संशोधन) अनुसार राहत उपलब्ध गराउने गरिएको छ। आवास, खाद्यान्न नष्ट भएकालाई प्रतिपरिवार २० हजार, विस्थापित भई नयाँ ठाउँमा आश्रय स्थल बनाउनुपर्ने व्यवस्थाका लागि प्रतिपरिवार ५० हजार रकम उपलब्ध गराउने व्यवस्था छ। 

यसै गरी प्राकृतिक विपत्तिमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रुपियाँ राहत उपलब्ध गराउने व्यवस्था छ। एकै परिवारका दुई वा दुईभन्दा बढी व्यक्तिको मृत्यु भएमा थप एक लाख रुपियाँ राहत उपलब्ध गराउने गरिएको छ।   
 

प्रतिक्रिया

ट्रेन्डिङ