Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सुदूरपश्चिममा १६५ मेगावाट विद्युत उत्पादन

सुदूरपश्चिममा १६५ मेगावाट विद्युत उत्पादन

सुदूर पश्चिममा १६५ मेगावाट विद्युत उत्पादन भएको छ । राष्ट्रिय प्रसारण लाईनमा हालसम्म १५० मेगावाट जोडिएको छ । एक साताभित्र थप ५० मेगावाट विद्युत जोडिने भएको छ ।

नेपाल विद्युत प्राधिकरण अत्तरीया ग्रीडका अनुसार चमेलिया जल विद्युत आयोजनाको ३० मेगावाट, माथिल्लो अपी जलविद्युत आयोजनाको आठ र तल्लो अपि जलविद्युत आयोजनाको आठ, मकरी गाड जलविद्युत आयोजनाको १० र कालंगा बेसिन अन्तर्गत निर्माण भएका अपर कालंगा जल विद्युत आयोजनाको ३८.४६ मेगावाट र तल्लो कालंगा जल विद्युत आयोजनाको १५.३३ मेगावाट समेत गरी ११० मेगावाट विद्युत १३२ केभी प्रसारण लाईनमा यसअघि नै जोडिएको थियो ।

नेपाल विद्युत प्राधिकरण अत्तरीया ग्रीडका प्रमुख ईञ्जिनियर रेवत कुमार चौधरीले यो साता कालंगा बेसिन अन्तर्गत निर्मित सानिगाड जलविद्युत आयोजनाको १०.७ मेगावाट र अपर चमेलिया जलविद्युत आयोजनाको ४० मेगावाट विद्युत १३२ केभी प्रसारण लाईनमा जोडिने जानकारी दिए । उनले भने, थप दुई वटा आयोजनाको विद्युत यसै साता जोडिदैछ । त्यो सहित १३२ केभी प्रसारण लाईनमा सुदूर पश्चिमबाट १६० मेगावाट विद्युत जोडिनेछ ।

सुदूर पश्चिममा निजी क्षेत्रको कालंगा हाईड्रो लिमिटेडले एउटै बेसनमा ६४.४९ मेगावाट विद्युत उत्पादन गरेको छ । निजी क्षेत्रको एउटै कम्पनीले उत्पादन गरेको यही नै सबैभन्दा ठूलो जलविद्युत आयोजना हो । कालंगा बेसिनमा तीन वटा आयोजना निर्माणमा लागि कालंगा हाइड्रो लिमिटेडले ११ अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेको छ ।

नेपाल विद्युत प्राधिकरण अत्तरीया ग्रीडका प्रमुख चौधरीले सुदूरपश्चिममा हाल ७५ मेगावाटको खपत हुने गरेको बताए । जवकी यसअघि नै ११० मेगावाट उत्पादन भईसकेको थियो । चौधरीका अनुसार भारतसंगको सम्झौता अनुसार टनकपुरबाट १० मेगावाटको हाराहारीमा विद्युत आउने गरेको थियो । विद्युतमा हामी पहिले नै आत्मनिर्भर भईसकेका थियौ, चौधरीले भने, अहिले सुदूरपश्चिमा मागभन्दा दोब्बर मेगावाट विद्युत उत्पादन भईरहेको छ ।

उनले ठूला जलविद्युत आयोजना मात्र १३२ केभी प्रसारण लाईनमा जोडिने भएकोले साना जलविद्युत आयोजना भने गणना नगरिएको बताए । उनले आठ मेगावाट भन्दा साना आयोजना १३२ केभी प्रसारण लाईनमा नजोडिएको बताए ।

नेपाल विद्युत प्राधिकरण अत्तरीया ग्रीडका प्रमुख चौधरीका अनुसार आठ मेगावाट भन्दा साना थुप्रै आयोजनाहरु निर्माण सम्पन्न भईसकेको र कतिपय निर्माणको अन्तिम चरणमा छन् ।

सुदूर पश्चिममा साना जलविद्युत आयोजनाहरुमा डोटीको बीपीनगरमा ३.५ मेगावाट, बझाङमा एक मेगावाटको एउटा आयोजना सञ्चालनमा आईसकेका छन् । डोटीमा १.५ मेगावाटको एउटा आयोजना निर्माणको अन्तिम चरणमा छ ।

सुदूरपश्चिममा १६० भन्दा बढि मेगावाटका आयोजनाको निर्माण पुरा भएपनि हिँउदमा नदीको पानीको सतह घट्दा उत्पादन समेत घट्ने गरेको छ । विद्युत उत्पादन भने पानीको सतहमा निर्भर हुने गरेको छ, कतिपय आयोजनाको विद्युत उत्पादन ५० प्रतिशतभन्दा कम हुने गरेको छ, उनले भने, बर्षायाममा भने क्षमता अनुसार शतप्रतिशत विद्युत उत्पादन हुने गरेको छ । 

सुदूर पश्चिममा १८ हजार मेगावाट विद्युत उत्पादन हुन सक्ने

एक आँकडा अनुसार नेपालको विद्युत उत्पादन क्षमता ८३ हजार मेगावाट छ । जसमध्ये सुदूरपश्चिममा मात्र १८ हजार १४९ मेगावाट विद्युत उत्पादन हुन सक्ने औल्याईएको छ । । विद्युत उत्पादन क्षमता मुलुकको सात वटै प्रदेशको तुलनामा सबैभन्दा बढि हो । मुलुक भरीको कुल उत्पादनको २२ प्रतिशत जलविद्युत उत्पादन क्षमता सुदूरपश्चिम प्रदेशमा मात्रै छ । त्यसैले सुदूरपश्चिम प्रदेशलाई जलविद्युतको अथाह संभावना भएको प्रदेश मानिन्छ ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालका अनुसार सुदूर पश्चिममा ३६१४ मेगावाट क्षमताको २० वटा जलविद्युत आयोजना अध्ययनको चरणमा रहेको छ । १०६ मेगावाट क्षमताको चार वटा जलविद्युत आयोजना पनि अध्ययनको चरणमा रहेको जनाइएको छ । १२ वटा योजना नेपाल सरकारको बास्केटमा रहेका छन् । जसको क्षमता ९४ मेगावाट रहेको छ ।

१० हजार ८०० मेगावाटको कर्णाली चिसापानी, छ हजार ८०० मेगावाटको पञ्चेश्वर, ७५० मेगावाटको पश्चिम सेती लगायतका ठूलो जलविद्युत आयोजना सुदूरपश्चिममा रहेको बताइएको छ ।

सुदूरपश्चिममा विद्युत उत्पादनका लागि प्रति मेगावाट करिब २० करोड रुपैया खर्च हुने जनाइएको छ । क्षमता अनुसार विद्युत उत्पादनका लागि करिब ३६ खर्ब २९ अर्ब ८० करोड रुपैयाँ खर्चिनु पर्ने औंल्याइएको छ ।

जलविद्युतको सबैभन्दा बढि संभावना भएको सुदुरपश्चिममा हाल १६५ मेगावाट विद्युत उत्पादन भईरहेको छ । जवकी देशभरीमा ३००० मेगावाट विद्युत उत्पादन भईरहेको छ । सुदूरपश्चिमका ठूला आयोजनाहरु पञ्चेश्वर, पश्चिम सेती जस्ता परियोजनाहरुको निर्माणमा भईरहेको ढिलाईले सुदूरपश्चिममा विद्युत उत्पादन न्यून भएको हो ।

प्रतिक्रिया