Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २० बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

ठेक्का प्रक्रियामै अल्झियो बुढीगंगा जलविद्युतः चाैथो पटक ठेक्का आव्हान

ठेक्का प्रक्रियामै अल्झियो बुढीगंगा जलविद्युतः चाैथो पटक ठेक्का आव्हान

शिवराज ढुंगाना, अछाम । बहुप्रतिक्षित २० मेगावाटको बुढीगंगा जलविद्युत आयोजना ठेक्का प्रक्रियामा अल्झिएको छ । समयमै ठेक्का प्रक्रिया पूरा नहुँदा आयोजना निर्माणले गति लिन सकेको छैन । निर्माणमा मुख्य मानिएका ड्याम, टनेल र पावर हाउस पूर्व निर्माणका काम सकिएपनि समयमै ठेक्काको टुंगो नलाग्दा आयोजना पछि धकेलिँदै गएको छ ।

तीन पटकसम्म ठेक्का प्रक्रिया रद्ध हुँदा आयोजनाको निर्माणको कार्य अघि बढ्न नसकेको पाइएको छ । आयोजनाका मुख्य भाग ड्याम, टनेल र पावर हाउस निर्माणका लागि अन्र्तराष्ट्रियस्तरको बोलपत्र आव्हान गरिएपनि तीनै पटक ठेक्का रद्ध भएको छन् । २०७८ भदौमा गरिएको दुई चरणको ठेक्का प्रक्रियामा एक कम्पनीको मात्र बोलपत्र परेकोले उक्त ठेक्का प्रक्रिया रद्ध गरिएको आयोजना कार्यालयका सूचना अधिकारी तथा इलेक्ट्रिक इन्जिनियर स्वतन्त्रकुमार कर्णले जानकारी दिनुभयो । त्यसको छ महिनापछि चैतमा गरिएको एकल चरण ठेक्का प्रक्रियामा आएका कम्पनीले ठेक्का रकम भन्दा बढी ठेक्का हालेपछि उक्त प्रक्रियापनि रोकिएको बताइएको छ । आयोजनाले २०७९ असोजमा पुनः अन्र्तराष्ट्रियस्तरकै बोलपत्र आब्हान गरेपनि त्यसमा कम्पनीहरुले तोकिएको रकम भन्दा बढी ठेक्का हालेकोले प्रक्रिया अघि नबढेको प्रक्रिया रद्ध भएको बताइन्छ । “तीन पटक बोलपत्र गरिएपनि खरिद ऐन अनुसार प्रभावग्राही नभएको रद्ध भएका हुन्, म यत्ति भन्न सक्छु ।” इन्जिनियर कर्णले भन्नुभयो ।

चौथो पटक बोलपत्र खोलिएकोले त्यसको प्रक्रिया पूरा भएपछि मात्र आयोजनास्थलका मुख्य निर्माणका काम हुने भएको छ । “आयोजनाको काम ढिलो हुने भनेर अहिले अबलम्बन गरिएको खरिद प्रक्रिया अहिलेसम्मकै दु्रत प्रक्रिया हो । त्यसै अनुसार हामी अघि बढ्छौं ।” कर्णले भन्नुभयो । ठेक्का प्रक्रियामा आयोजना अल्झेपछि काम निकै धिमा गतिमा गएको स्थानीयको अनुभव छ । “ठेक्का प्रक्रिया पटक पटक रद्ध भयो भन्ने आएको छ, यसले त आयोजना निर्माणमा ढिलाइ भइरहेको छ ।” साँफेबगरका अगुवा कृष्ण बुढाको भनाइ छ ।

१८ महिनामा सम्पन्न हुने डीपीआरले चार वर्ष समय लाएपछि आयोजना निर्माणको काम उसैपनि पछाडि धकेलिएको छ । ठेक्का प्रक्रियाले नै तीन वर्ष लागेपछि निर्माण समयमै सम्पन्न हुनेमा स्थानीयको आशंका रहेको छ । “आयोजनाको काम ढिलो भइररहेको छ, चाँडो सम्पन्न गर्नेगरी काम गर्नुपर्छ ।” साँफेबगर नगरपालिकाका उपप्रमुख शिवबहादुर कुँवर (शिलोज) ले भन्नुभयो । निकै महत्वपूर्ण रुपमा हेरिएको आयोजनाको काममा तीव्र गतिमा हुनुपर्ने स्थानीयको माग छ । आयोजनाले अछाममा २५० रोपनी, डोटीमा ५० र बाजुरामा २० रोपनी जग्गाको मुआब्जा वितरण भइसकेको बताइएको छ । यस्तै आयोजनास्थल नजिकै प्रशासनिक भवन, पावर हाउस जाने पहुँच मार्ग र पुल निर्माण भइसकेका छन् ।

२०७७ सालमा आयोजना निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइने उल्लेख छ । आयोजनामा छ अर्ब लागत अनुमान गरिएको आयोजनामा साउदी विकास कोषको तीन अर्ब २० करोड, कुवेत विकास कोषको एक अर्ब ८० करोड ऋण र बाँकी नेपाल सरकारले लगानी गर्नेगरी आयोजना शुरु गरिएको छ । साँफेबगर नगरपालिकाको बुढाबगरमा बाँध बनाएर ५.६ किलोमिटर सुरुङमार्गबाट ठाँटी बजारमा रहने विद्युत गृहमा पानी खसालिने छ । १०/१० मेगावाटका दुइटा टर्बाइन प्रयोग गरेर २० मेगावाट विद्युत् उत्पादन हुनेछ । करिब ८२ किलोमिटर लामो प्रसारण लाइन साँफेबगरबाट डोटी हुँदै कैलालीको पहलमानपुरसम्म पुग्ने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ