Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ मङि्सर २०८१
प्रचलनमा:
ताजा अपडेट
एमालेको आज काठमाडौंमा शक्ति प्रदर्शन एमालेको आज काठमाडौंमा शक्ति प्रदर्शन कैलाली जिसस प्रमुखमा काँग्रेसकी टिका निर्विरोध निर्वाचित कैलाली जिसस प्रमुखमा काँग्रेसकी टिका निर्विरोध निर्वाचित सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबिच सम्झौता सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबिच सम्झौता अपिहिमालका स्थानीयको दुःख– सात किलोमिटर सडक माग्न काठमाडौंतर्फ अपिहिमालका स्थानीयको दुःख– सात किलोमिटर सडक माग्न काठमाडौंतर्फ बाजुरा लगायत दुर्गमका १० जिल्लामा निगमद्धारा पेट्रोल पम्प खाेल्ने तयारी बाजुरा लगायत दुर्गमका १० जिल्लामा निगमद्धारा पेट्रोल पम्प खाेल्ने तयारी अराजकता फैलाउने ९ युट्युब कारबाहीमा अराजकता फैलाउने ९ युट्युब कारबाहीमा सुदूर पश्चिम प्रदेशमा मेडिकल विश्वविद्यालय खोल्न प्राध्यापक पन्तको आग्रह सुदूर पश्चिम प्रदेशमा मेडिकल विश्वविद्यालय खोल्न प्राध्यापक पन्तको आग्रह नेपाली कांग्रेस क्षेत्रिय कार्यसमितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम साँफेबगरमा सम्पन्न नेपाली कांग्रेस क्षेत्रिय कार्यसमितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम साँफेबगरमा सम्पन्न अछाम देखि धनगढीका लागि बिद्युतिय  गाडी सञ्चालन, दैनिक ४ गाडी चल्ने अछाम देखि धनगढीका लागि बिद्युतिय गाडी सञ्चालन, दैनिक ४ गाडी चल्ने सामाजिक कार्यका लागी लायन्स क्लबसंग सहकार्य गर्न सधैं तत्पर छु - मन्त्री खड्का सामाजिक कार्यका लागी लायन्स क्लबसंग सहकार्य गर्न सधैं तत्पर छु - मन्त्री खड्का

सुदुरपश्चिममा गौरा भाद्र २१ गते मनाइने अन्तिम निष्कर्ष

सुदुरपश्चिममा गौरा भाद्र २१ गते मनाइने अन्तिम निष्कर्ष

धनगढी । सुदुरपश्चिम् तथा भारतको उत्तराखण्ड प्रान्तको कुमाउमा समेत मनाइने महत्व बोकेको पर्व गौरा मनाउने मिति अन्योलमा रहेको बेला ‘गुगुल्डि वाङमय प्रतिष्ठान’ ले विगतको परम्परा अनुसार नै यसबर्ष पनि गौरा मनाउने निर्णय गरेको छ।

सुदुरपश्चिम प्रदेशको पहिचानको पर्व गौरालाई परम्परा भन्दा फरक ढंगले मनाउन नेपाल पञ्चाङ्ग विकास समितिले उर्दी जारी गरेपछि उक्त कार्यप्रति प्रदेशका जनताले असन्तुष्टी जनाइरहेका थिए। सोही विषयमा थप चर्चा र अन्तिम निष्कर्ष दिन ‘गुगुल्डि वाङमय प्रतिष्ठान’ ले आज कञ्चनपुरको महेन्द्रनगरमा सांस्कृतिक विमर्श कार्यक्रमको आयोजना गरी विगतको परम्परा अनुसार नै गौरा मनाउने निर्णय गरेको हो।

कार्यक्रमका सहभागी प.जगदीश ओझाले सनातन सभ्यतामा कतिपय कर्म सम्पादनका मान्यता त्यहाँको देशाचार, लोकाचार, कुलाचार को मान्यताले हुँदै आएकाले यस्ता पहिचान र मौलिकता बोकेका हाम्रा पर्व त्यही अनुसार मनाउनु पर्नेमा जोड दिए।

पण्डित ओझाले भने, ‘सुदुर पश्चिममा गौरा पर्व मनाउनु अगाडि अधिकाँश ठाउँमा गौरा एकादशी अथवा पुत्रदा एकादशी नउपासेर मनाउने चलन छैन’ उनले भने, ‘त्यसैले अधिकाँश सहभागीले हचुवाको भरमा जिम्मेवार निकायले उर्दी जारी गर्दा आफ्नो मान मर्दन भएको गुनासो पोखेका थिए।’

सुदुर पश्चिमका ज्योतिषले भाद्र २१ गते गौराको लागि उपयुक्त हुन्छ भनेर आवाज उठाए सङ्गै केन्द्रले विज्ञप्ति जारी गरी ७ गते मनाउन अपील गरेको थियो। तर अधिकांश ठाँऊमा गाउँ समाजमा बसेर २१ गते निर्णय गरेको र सोही क्रममा सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजीत कार्यक्रममा पनि वक्ताले २१ गतेको माग गरेकोले प्रदेश मन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका थिए।

प्रतिक्रिया