Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०२ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

गलफुलो समस्याले बालबालिका हैरान

गलफुलो समस्याले बालबालिका हैरान

धनगढी । कैलालीमा गलफुलो (मम्प्स) समस्याले बालबालिका आक्रान्त बनेका छन्। पछिल्लो समय साना बालबालिकामा यो समस्या बढ्दो रूपमा देखा पर्न थालेको हो। 

आँखा पाक्ने भाइरलको प्रकोप बढेको बेला बालबालिकामा गलफुलोको समस्या पनि भयावह रूपमा देखा परिरहेको छ। यो समस्याले बालबालिकालाई हैरान बनाएको छ। गलफुलो समस्याका कारण बालबालिकाले धेरै दुःख पाइरहेको धनगढी उपमहानगरपालिका–८ का अप्सना चौधरीले बताए। 

उनका अनुसार गलफुलो भएपछि बालबच्चाले चाररपाँच दिनसम्म खानेकुरा नै राम्ररी खान सक्दैनन्। “विद्यालयबाट आएपछि हाम्रो भाइलाई त्यही समस्या देखियो”, चौधरीले भने,“केही दिन दुखेर खानासमेत खान सकेन।” 

सुरुमा दाँत दुख्यो भनेर दुखाई महसुस गरेको आफ्नो भाइको पछि ज्वरोसमेत आएको उनले बताए। गलफुलो समस्या बढी मात्रामा देखा पर्न थालेपछि निजी विद्यालयले निगरानी बढाएका छन्। गलफुलो भएका विद्यार्थीलाई सकेसम्म विद्यालय नआउन भन्ने गरेको शिक्षकहरूको भनाइ छ। 

स्वास्थ्यकर्मीका अनुसार गलफुलो भएमा ज्वरो आउने, थकान महसुस हुने, खान मन नलाग्ने र चपाउन नसक्ने, शरीर दुख्ने जस्ता लक्षण देखा पर्दछ। यसैगरी, गलफुलो समस्या भएमा एउटा वा दुवै गाला सुन्निने र दुख्ने गर्दछ। 

अहिले गलफुलोको समस्या अलि बढी नै देखा परिरहेको धनगढीमा कार्यरत वरिष्ठ फिजिसियन डा.शुभेषराज कायस्थले बताए। “यो श्वासप्रश्वास वा ¥यालको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोग हो”, उनले भने,“बिरामीको सम्पर्कमा आएका व्यक्तिमा यो रोग चाँडै सर्दछ।”

एक प्रकारको भाइरसबाट गलफुलो रोग लाग्ने गरेको जनाइएको छ। बिरामीमा देखिएको लक्षण अनुसार उपचार हुने गरेको डा.कायस्थले बताए। उनले भने,“यसको ठ्याक्कै यही भन्ने उपचार छैन। लक्षण अनुसार उपचार हुन्छ।” यो रोगले कहिलेकाहीँ जटिल समस्या पनि उत्पन्न गर्ने गरेको जनाइएको छ। यसले पुरुषको अण्डकोष र महिलाको डिम्बासयमा असर गर्ने गरेको जनाइएको छ। गलफुलो भएमा यदि पुरुषको अण्डकोष र महिलाको तल्लो पेट दुखेमा तुरुन्त उपचार गराउनु पर्ने डा. कायस्थ बताउछन। 

“उपचार गरिएन भने यसले बाँझोपन ल्याउन सक्छ”, उहाँले भन्नुभयो,“बाँझोपनको एउटा प्रमुख कारण मम्प्स पनि हो।” यो रोग सबैजसो बालबालिकामा लाग्ने गरेको जनाइएको छ। तर, एकचोटी लागिसकेकालाई भने यसको सङ्क्रमण दोहोरो हुने सम्भावना निकै कम रहने गरेको डा.कायस्थको भनाइ छ। उहाँले कसैलाई गलफुलो समस्या भएमा अरूलाई सर्नबाट जोगाउनका लागि बिरामीलाई आइसोलेसनमा राख्न आवश्यक रहेको औँल्याए। 

यसैगरी, बिरामीले प्रयोग गरेको सामान छुट्टै राख्ने र अरूले प्रयोग नगर्ने डा.कायस्थले उल्लेख गरे। हाँच्छ्युँ गर्दा, खोक्दा सिँगानको छिटामार्फत पनि गलफुलो रोग नजिकको व्यक्तिमा सर्ने जोखिम रहने गरेको जनाइएको छ। 

प्रतिक्रिया