Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

अछाममा एक अर्ब उनानब्बे करोड रकम फिर्ता

अछाममा एक अर्ब उनानब्बे करोड रकम फिर्ता

अछाम।  आर्थिक वर्ष २०७९/८० मा अछाम जिल्लाबाट एक अर्ब ८९ करोड रुपियाँ फिर्ता गएको छ । सङ्घ र प्रदेशबाट आएको बजेटमा चालु तथा पुँजीगत बजेटबाट एक अर्ब ८९ करोड ५६ लाख ५५ हजार रुपियाँ फिर्ता भएको हो । 

आव २०७९/८० मा सङ्घीय सरकारको पुँजीगततर्फ आधाभन्दा बढी रकम कार्यान्वयन हुन नसकेर फिर्ता भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय, अछामका लेखापाल रामबहादुर माझीका अनुसार पुँजीगततर्फको एक अर्ब २८ करोड ३७ लाख १५ हजार रुपियाँ फिर्ता भएको जानकारी दिए । 

आव २०७९/८० मा फिर्ता हुने प्रतिशत ५२.७३ रहेको छ । पुँजीगततर्फ जिल्लामा दुई अर्ब ३४ करोड ५६ लाख ६० हजार रुपियाँ आएको थियो । सङ्घीयबाट कार्यान्वयन हुने गरी चालुतर्फ दुई अर्ब ७० करोड ९५ लाख ६५ हजार रकम निकासा भएको थियो । जसमा १२ करोड ७४ लाख ६३ हजार रकम फिर्ता भएको छ । चालुतर्फको ९५ प्रतिशत रकम खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय अछामले जानकारी दिएको छ । स्थानीय तहबाहेकमा सङ्घीयको चालु तथा पुँजीगतमा ७२.०८ प्रतिशत मात्रै बजेट खर्च भएको लेखापाल माझीको भनाइ छ । प्रदेश सरकारबाट आएको बजेटमा सङ्घीयको तुलनामा राम्रो कार्यान्वयन भएको बताइएको छ । पुँजीगततर्फ २० करोड ३३ लाख ७२ हजार रकम फिर्ता भएको पाइएको छ । पुँजीगततर्फ प्रदेश सरकारले अछामका लागि दुई अर्ब दुई करोड ३८ लाख ४७ हजार रुपियाँ निकासा गरेको सो कार्यालयले जनाएको छ । प्रदेशबाट विनियोजित रकममा ३५ करोड ६४ लाख रकम खर्च, सात करोड ८५ लाख ४५ हजार रुपियाँ फिर्ता गएको छ । स्थानीय तहबाहेकमा अछाममा चालु र पुँजीगत गरेर प्रदेश सरकारको कुल बजेटको ८८.५३ प्रतिशत बजेट खर्च भएको बताइएको छ । 

स्थानीय तहबाट उन्नाइस करोड फिर्ता

सङ्घीय सरकारबाट प्राप्त १० मध्ये सात स्थानीय तहलाई प्राप्त बजेटबाट १९ करोड २३ लाख सात हजार रुपियाँ फिर्ता भएको छ । काम सम्पन्न नभए फिर्ता जाने प्रकृतिको कुल बजेट तीन अर्ब ८६ करोड ६६ लाख ८० हजार बजेट विनियोजन भएको थियो । 

पञ्चदेवल विनायक नगरपालिकाबाट आव २०७९/८० मा विनियोजित रकममध्येमा सबैभन्दा बढी तीन करोड १२ लाख ४९ हजार रुपियाँ फिर्ता भएको छ । जुन नगरपालिकाले सङ्घबाट प्राप्त गरेको जम्मा बजेटको १२.०१ प्रतिशत हुन्छ । सबैभन्दा कम रामारोशन गाउँपालिकाले ३.९२ प्रतिशत अर्थात् एक करोड २० लाख ४७ हजार रुपियाँ फिर्ता भएको छ । दोस्रोमा बान्नीगढी जयगढ गाउँपालिकाबाट एक करोड ८५ लाख ९३ हजार रुपियाँ फिर्ता भएको छ । कमलबजार नगरपालिकाबाट दुई करोड, मङ्गलसेन नगरपालिकाबाट एक करोड ८० लाख ६८ हजार, साँफेबगर नगरपालिकाबाट एक करोड ७७ लाख दुई हजार रुपियाँ फिर्ता भएको लेखापाल माझीको भनाइ छ । 

चौरपाटी गाउँपालिकाबाट एक करोड २९ लाख २६ हजार, ढकारी गाउँपालिकाबाट एक करोड ५० लाख ७२ हजार रुपियाँ फिर्ता भएको छ । तुर्माखाँद गाउँपालिकाबाट दुई करोड २४ लाख पाँच हजार, मेल्लेख गाउँपालिकाबाट एक करोड ७३ लाख ४० हजार रुपियाँ फिर्ता भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशबाट अछामका स्थानीय तहमा विनियोजित चार करोड ६५ लाख २८ हजारमा एक करोड दुई लाख ५० हजार रुपियाँ फिर्ता भएको छ । प्रदेशको बजेटको विनियोजनमध्येमा सबैभन्दा बढी कमलबजार नगरपालिकाबाट ६५ प्रतिशत रकम फिर्ता भएको छ । सबैभन्दा कम मेल्लेख गाउँपालिकाबाट ०.२ प्रतिशत रकम फिर्ता भएको छ । 

प्रदेशबाट स्थानीय सरकारलाई विनियोजित रकममा साँफेबगर नगरपालिकामा १९.९ प्रतिशत, चौरपाटी गाउँपलिकामा ३०.९४ प्रतिशत रकम फिर्ता भएको छ । यस्तै तुर्माखाँद गाउँपालिकाबाट ४७.८३, बान्नीगढी जयगढ गाउँपालिकाबाट १९.५१, रामारोशन गाउँपालिकाबाट ३६.२६ प्रतिशत रकम फिर्ता भएको पाइएको छ ।  

प्रतिक्रिया