Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अछाममा छाउगोठ भत्किए पनि आस्थाका गोठ कायमै

अछाममा छाउगोठ भत्किए पनि आस्थाका गोठ कायमै

करिव चार वर्ष पहिले छाउगोठ भत्काउन तामझामका साथ सुरु भएको अभिया पछिल्लो समय भने सेलाएको छ ।
२०७६ मंसिर १५ गते साँफेबगर नगरपालिका ३ की २१ वर्षीया पार्वती बुढा रावतको छाउपडी गोठमा ज्यान गयो । त्यो घटनापछि संघीय सरकारको निर्देशनअनुसार जिल्ला प्रशासनको नेतृत्वमा सबै पालिकाका धेरै छाउगोठ भत्काइयो ।  सोहि अभियान अन्र्तगर अछाममा मात्र १० हजार भन्दा बढी छाउगोठ भत्काइए । छाउपडी गोठ भत्काए पनि मनका छाउगोठ भने भत्काउन नसक्दा  छाउपडी प्रथा  हट्न सकेन । अछाम जिल्लामा छाउ भएकै कारण गोठमा बस्दा १४ जना किशोरी तथा महिलाहरुले ज्यान गुमाएका छन् । 

छाउ भएका महिलाले दहि दुध खाएमा , घर तथा भाडा छोएमा बिभिन्न देवीदेवता रिसाउने डरका कारण यहाँका ग्रामीण क्षेत्रमा अहिलेसम्म पनि छाउपडी मान्ने चलन कायमै रहेको छ । ग्रामीण बस्तीका गाउँगाउँमा छाउपडी गोठ रहेको र महिनावारी भए घरैमा सुते देउता रिसाउछ भन्ने डरका कारण पनि यो प्रथाको अन्त्य हुन सकेको छैन । 

कक्षा १० मा अध्यानरत चौरपाटी गाउपालिका वडा नं ३ सोकटकी सरिता साँउदले महिनावारी नजिकिँदै गर्दा चिन्ताले सताउने गरेको सुनाईन् ।
सानो कोठामा झ्याल–ढोका नहुदा रात बिताउन निकै समस्या हुने गरेको उनले सुनाईन । छाउपडी कुप्रथा र अन्धबिश्वास हो भन्ने आफुलाई थाहा भए पनि पारिवारीक दबावका कारण गोठमा बस्नु पर्नै बाध्यता रहेको बताईन् । छाउ भएको ’६ दिनसम्म छाउगोठमा एक्लै बस्नुपर्दा रातीको समय सर्प, जंगली जनावरको डरले रातभर निन्द्रा नपर्नै  उनले सुनाईन् । छाउ भएको बेला नुहाउन  खोलातिर जानु पर्नै ,समयमा  खाना नपाउने , भाई बहिनिले समयमा कापी कलम नदिदा बिद्यलय जान पनि निकै समस्या हुने गरेको उनले दुखेसो पोखिन् । 

आफुले नचाहदा नचाहादै पनि सामाजिक मुल्य मान्यता त्याग्न नसकेको उनको उनको भनाई छ । कानुन किताबमा लेखियो , नियम पनि बनाईयो हाम्रा छाउ गोठ पनि भत्काईयो  तर अहिले कसैले पनि त्यसमा चासो नदिएको उनले बताईन्। नियम बनाएर मात्र हुदैन कार्यान्वयन हुनु पर्ने उनको भनाई छ ।

 यस्तै चौरपाटी गाउपालिका वडा नं ३ सिउडिकी  टिका थापा अहिले ४० वर्षकी भईन् उनका ६ सन्तान छन ४० वर्षमै हजुरआमा बनेकि टिकाले  गोठमा बस्नु रहर नभई बाध्यता भएको सुनाईन । घरमा बस्दा देबि देउता रिसाउने , परिवारका सदस्य बिरामि हुने , गोठमा बाघ लाग्ने, दहिमा किरा पर्ने लगाएतका कारण आफु छाउ गोठमा बस्न बाध्यता रहेको उनले बताइएन् ।  सानो घर ठुलो परिवार एकै ठाउमा बस्न अवस्था नरहेको उनको भनाई छ । 

यस्तै चौरपाटी गाउँपालिकाकै करी थापाका अनुसार घर बाहिर  बस्दा छाउपडीले पकाएको खादा केहि नहुने  घरमा खादा बिभिन्न समस्या आउने गरेकाले बताए । 

केहि समय पहिले पालिकामा  छाउगोठ भत्काए पनि पुनः पुरानै तरिकाले छाउ गोठ निर्माण भईरहेको चौरपाटी गाउपालिका वडा नं ३ का वडा अध्यक्ष बिरेन्द्र साँउदले बताउनु भयो । पहिलेको भन्दा केही परिवर्तन भए पनि यो प्रथा पहिले देखि नै चलिआएको भएकाले यसलाई सजिलै हटाउन समस्या भएको उँहाको भनाई छ ।  यो प्रथा हटाउन आफुले वडामाधेरै प्रयास गरे पनि पूर्णरूपमा हटाउन नसकेको उँहाको भनाई रहेको छ । 


छाउगोठ भत्काउन सक्रिय बनेको सरकारले अछाम जिल्लाका नागरिकको मष्तिस्कबाट छाउ प्रथा हटाउन सकेको छैन । छाउप्रथा विरुद्ध  जिल्ला प्रशासन कार्यलय , स्थानीय सरकारले अभियान नै चलाएर पनि पछिल्लो समय अभियानले निरन्तरता नपाउदा महिलाहरुले गोठमा बस्नुपर्ने बाध्यता कायमै छ । 

छाउ प्रथा हटाउनका लागि जिल्ला प्रशासन कार्यालय अछामले पहिले बिभिन्न कार्यक्रम गरे पनि अब यसको जिम्मा स्थानिय तह सरोकारवाले लिनु पर्ने अछामका प्रमुख जिल्ला अधिकारी शिवराम न्यौपानेले बताउनु भयो । वर्षाै देखि समाजमा जरो गाडेर बसेको छाउपडि प्रथालाई  सजिलै अन्त्य नहुने र यो सामाजिक संस्कार भएकाले यसलाई प्रशासन एक्लैले र्निमुल गर्नै नसक्ने उँहाको भनाई छ । यसका लागि स्थानिय तह समुदाय , सरोकारवालाले जिम्मेवार भएर निरन्तर अभियानकै रुपमा लागे मात्र यो प्रथा अन्त्य हुने भएकाले निरन्तरता दिन आग्रह गर्नु भयो ।  

यस्तै साँफेबगर नगरपालिकाले छाउपडी प्रथा निवारण गर्नेका लागि कार्य योजना बनाएर अघि बढ्ने साँफेबगर नगरपालिकाका नगर उप प्रमुख शिव बहादुर कुँवर सिलोजले बताउनु भयो । लैङ्गिक हिंसाका संग सम्बन्धित कार्य योजना बनाएर चालु आर्थिक वर्षबाट नगरमा छाउगोठ मुक्त गर्ने अभियान सञ्चालन गरिने उहाँको भनाई रहेको छ । 

छाउ गोठ भत्काउने अभियानमा  सक्रिय जिल्ला प्रशासन कार्यलय , स्थानीय सरकार ,सरोकारवालाले अभियान लाई निरन्रर्ता नदिदा महिलाहरु फेरी गोठमा बस्नुपर्ने बाध्यता कायमै छ ।  छाउ प्रथा हटाउन स्थानीय सरकार ,सरोकारवाला निकायले यस्ता कुप्रथा बिरुद्ध जनचेतना मुलक कार्यक्रम गरेर यो अभियानलाई निरन्तर्ता दिए मात्र यस्ता कुरीतिलाई कम गर्न सकिन्छ ।

प्रतिक्रिया