Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

जलविद्युत् आयोजनाले फेरियो मार्माको मुहार

जलविद्युत् आयोजनाले फेरियो मार्माको मुहार

दार्चुला । निजी क्षेत्रको लगानीमा निर्माण भएको ४० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाले दार्चुलाको दुर्गम गाउँपालिका मार्माको मुहार नै फेरिएको छ। जलविद्युत् आयोजनाबाट मार्मा गाउँपालिकाले वार्षिक तीन करोडभन्दा बढी रोयल्टी पाउने भएको छ।  यो आयोजनाले स्थानीयस्तरमा रोजगारीको ढोका खोलेको छ। विद्युत् आयोजना निर्माण हुँदा मार्माका तीन सयभन्दा बढी स्थानीयले रोजगारी प्राप्त गरेका छन्। कृषि उपज बिक्री गरेर लाखौँ रुपियाँ भित्रिएको गाउँपालिका अध्यक्ष जमनसिंह धामीले बताए । 

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका स्थानीय तहको आन्तरिक आम्दानीको स्रोत वार्षिक ५० लाख रुपियाँभन्दा बढी नभएको अवस्थामा मार्मा गाउँपालिकाले विद्युत् आयोजनाबाट वार्षिक तीन करोड रुपियाँभन्दा बढी पाउने भएको छ। 

विद्युत् आयोजना बन्नुअघि मार्माले ४०/५० लाखभन्दा बढी आन्तरिक अम्दानी गर्न सकेको थिएन। विद्युत् आयोजनाले सरकारलाई वार्षिक पाँच करोड रोयल्टी बुझाउँदा मार्मा गाउँपालिकाले तीन करोड रुपियाँभन्दा बढी रोयल्टी प्राप्त गर्ने गाउँपालिकाका अध्यक्ष धामीले बताए ।

सुकिला बने हाटबजार 

विद्युत् आयोजनाले दुर्गम गाउँमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गरेपछि मार्मा गाउँपालिकाको चार ठाउँको हाटबजार सुकिला बन्न थालेको स्थानीय युवा नरबहादुर विष्टले बताए । १४ हजार ९५६ जनसङ्ख्या रहेको मार्मा गाउँपालिकामा कुल छवटा वडा छन्। लटिनाथ, सेलीबासा, सिमार र पारीबगर गरी चार ठाउँमा बजार विस्तार भएका छन्। 

मार्माको मुख्य बजारका रूपमा रहेको लटिनाथमा करिब दुई सय पक्की घर ठडिएका छन्। लटिनाथमा सहरको जस्तै सुकिला घर बन्न थालेका छन्। विद्युत् आयोजनासँगै गाउँमा सडक आएपछि स्थानीयलाई पक्की घर बनाउन सहज भएको स्थानीय नरबहादुर विष्टले बताए ।

परम्परागत खेतीकिसानीमा निर्भर यहाँका स्थानीयको रोजगारीको मुख्य स्रोत भारतमा ज्याला मजदुरी रहेकोमा विद्युत् आयोजनाले युवालाई गाउँमै रोकेको मार्मा गाउँपालिकाका उपाध्यक्ष शर्मिला चन्द सिंहले बताए । 

मार्मामा ‘मिनरल वाटर’  

४० मेगावाट जलविद्युत् उत्पादन गर्ने अपि पावर कम्पनीले मार्मामा पानी उद्योग (मिनरल वाटर) सञ्चालन गर्ने तयारी सुरु गरेको छ। मिनरल वाटरको उद्योग स्थापना गर्न मार्मा गाउँपालिका–२, घट्टीगाडमा भवन निर्माण सुरु भएको अपि पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले जानकारी दिए । 

मार्मामा बिजुलीपछि मिनरल वाटर उद्योग सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा गरेर भवन निर्माणको काम अन्तिम चरणमा पुगेको अध्यक्ष न्यौपानेले बताए। मिनरल वाटरको बोतलसमेत डिजाइन गरिसकिएको जानकारी दिनुहुँदै न्यौपानेले आधा लिटर र तीन सय मिलि लिटरको चार कुने बोतलको पानी बजारमा ल्याउने गरी काम सुरु भएको बताए । 

चमेलियामा ९६ मेगावाट बिजुली उत्पादन 

४० मेघावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजना सम्पन्न भएपछि चमेलिया नदीमा उत्पादिन बिजुली ९६.५ मेघावाट पुगेको छ। चमेलियाको बलाँचमा ३० मेघावाट, माथिल्लो चमेलिया ४०, मकरीगाड १० मेघावाट, नौगाड ८.५ मेघावाट र माथिल्लो अपरगाड आठ मेगावाट गरी ९६.५ मेगावाट बिजुली उत्पादन सुरु भएको छ। 

बझाङको कालङ्गा नदीमा उत्पादन भएको ५३.७९ मेघावाट बिजुली पनि चमेलियाको ग्रिडमा जोडिएपछि बैतडी, दार्चुला र बझाङबाट कुल १५० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। 

प्रतिक्रिया