Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

बैतडीमा खानी उत्खनन रोकियो

बैतडीमा खानी उत्खनन रोकियो

बैतडी ।  सिगास गाउँपालिका–१, बल्लेकानामा भेटिएको फलाम खानी क्षेत्रमा बिजुली, सडक र पानी नहुँदा खानी उत्खननको काम रोकिएको छ। फलामखानी रहेको पारि डाँडासम्म चमेलियाको १५० मेगावाट बिजुलीका तार राखिएको छ। जयपृथ्वी मार्गको पक्की सडकबाट दक्षिणतिर चार किलोमिटर दुरीमा फलाम खानी छ। खानीनजिकै तल ढणारीगाड कलकल बगेको छ। २०७७ साल चैतमा सिगास गाउँपालिका–१, सुगरखालको बल्लेकानामा फलाम खानी भेटिएको थियो। 

खानी तथा भूगर्भ विभागबाट अनुमति लिएर शुभम् मिनरल्स प्राइभेट लिमिटेडले फलाम खानी पत्ता लगाएको हो। खानी उत्खनन गरेर प्लान्ट स्थापना गर्नुअघि आवश्यक भौतिक पूर्वाधार बाटो, बिजुली र खानेपानी नहुँदा प्लान्ट स्थापना हुन नसकेको कम्पनीका अध्यक्ष गिरिराज अधिकारीले बताए । 

परीक्षणका लागि उत्खनन गरिएको चट्टानमा औसतमा ३८ प्रतिशत ‘म्याग्नेटाइट आइरन ओर’ भेटिँदा उत्साह बढेको कम्पनीका अध्यक्ष  अधिकारीले बताए। म्याग्नेटाइट चट्टानमा पाइने ‘म्याग्नेटाइट ओर’ स्टिल उद्योग र सिमेन्ट उद्योगमा प्रयोग हुने बताइएको छ। खानी अध्ययनको ८० प्रतिशत काम सकिएको छ।    

फलामखानीबाट करिब ११ किलोमिटर दुरीमा पर्ने पाटन नगरपालिका–८, खोड्पेसम्म चमेलिया जलविद्युत्को १५० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। फलाम खानी पत्ता लाग्दा स्थानीयवासी खुसी भए पनि उद्योग स्थापनामा ढिलाइ हुँदा निराश बनाएको स्थानीय जयराम विश्वकर्माले बताए। फलाम खानी सामुदायिक वन क्षेत्रभित्र पर्ने भएकाले आवश्यक सहयोग र सहजीकरण गरिदिन कम्पनीले प्रदेश वन मन्त्रालय र सङ्घीय वन मन्त्रालयलाई अनुरोध पत्र पठाएको छ तर लिखित अनुमति र जवाफ आइनसकेको कम्पनीले बताएको छ। 

फलाम खानी सञ्चालनमा आएमा स्थानीय र प्रदेशस्तरमा रोजगारी सिर्जना हुने सिगास गाउँपालिका–१ का वडाध्यक्ष रामचन्द्र ऐरले बताए। बिजुली र बाटोका कारण फलाम खानी उत्खनन गर्न नसकेपछि शुभम् मिनरल्स प्राइभेट लिमिटेड सिसा खोज्न दार्चुलाको मार्मा पुगेको छ।

प्रतिक्रिया