Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बैतडीमा खानी उत्खनन रोकियो

बैतडीमा खानी उत्खनन रोकियो

बैतडी ।  सिगास गाउँपालिका–१, बल्लेकानामा भेटिएको फलाम खानी क्षेत्रमा बिजुली, सडक र पानी नहुँदा खानी उत्खननको काम रोकिएको छ। फलामखानी रहेको पारि डाँडासम्म चमेलियाको १५० मेगावाट बिजुलीका तार राखिएको छ। जयपृथ्वी मार्गको पक्की सडकबाट दक्षिणतिर चार किलोमिटर दुरीमा फलाम खानी छ। खानीनजिकै तल ढणारीगाड कलकल बगेको छ। २०७७ साल चैतमा सिगास गाउँपालिका–१, सुगरखालको बल्लेकानामा फलाम खानी भेटिएको थियो। 

खानी तथा भूगर्भ विभागबाट अनुमति लिएर शुभम् मिनरल्स प्राइभेट लिमिटेडले फलाम खानी पत्ता लगाएको हो। खानी उत्खनन गरेर प्लान्ट स्थापना गर्नुअघि आवश्यक भौतिक पूर्वाधार बाटो, बिजुली र खानेपानी नहुँदा प्लान्ट स्थापना हुन नसकेको कम्पनीका अध्यक्ष गिरिराज अधिकारीले बताए । 

परीक्षणका लागि उत्खनन गरिएको चट्टानमा औसतमा ३८ प्रतिशत ‘म्याग्नेटाइट आइरन ओर’ भेटिँदा उत्साह बढेको कम्पनीका अध्यक्ष  अधिकारीले बताए। म्याग्नेटाइट चट्टानमा पाइने ‘म्याग्नेटाइट ओर’ स्टिल उद्योग र सिमेन्ट उद्योगमा प्रयोग हुने बताइएको छ। खानी अध्ययनको ८० प्रतिशत काम सकिएको छ।    

फलामखानीबाट करिब ११ किलोमिटर दुरीमा पर्ने पाटन नगरपालिका–८, खोड्पेसम्म चमेलिया जलविद्युत्को १५० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। फलाम खानी पत्ता लाग्दा स्थानीयवासी खुसी भए पनि उद्योग स्थापनामा ढिलाइ हुँदा निराश बनाएको स्थानीय जयराम विश्वकर्माले बताए। फलाम खानी सामुदायिक वन क्षेत्रभित्र पर्ने भएकाले आवश्यक सहयोग र सहजीकरण गरिदिन कम्पनीले प्रदेश वन मन्त्रालय र सङ्घीय वन मन्त्रालयलाई अनुरोध पत्र पठाएको छ तर लिखित अनुमति र जवाफ आइनसकेको कम्पनीले बताएको छ। 

फलाम खानी सञ्चालनमा आएमा स्थानीय र प्रदेशस्तरमा रोजगारी सिर्जना हुने सिगास गाउँपालिका–१ का वडाध्यक्ष रामचन्द्र ऐरले बताए। बिजुली र बाटोका कारण फलाम खानी उत्खनन गर्न नसकेपछि शुभम् मिनरल्स प्राइभेट लिमिटेड सिसा खोज्न दार्चुलाको मार्मा पुगेको छ।

प्रतिक्रिया