Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

बेलायत सरकारको स्किमले नेपाली व्यवसायीलाई राहत

बेलायत सरकारको स्किमले नेपाली व्यवसायीलाई राहत

लन्डन । विश्व महामारी कोभिड-१९ बाट व्यापार व्यवसाय नराम्ररी प्रभावित भयो र यसबाट बेलायत पनि अछुतो रहेन । लकडाउनका कारण लामो समय ताला लागेका बेलायतका व्यवसाय अहिले सुचारु भएका छन् । सरकारले व्यवसायलाई गति दिन विभिन्न आर्थिक राहतका प्याकेज घोषणापछि नेपाली व्यवसाय आशावादी र लाभान्वित पनि बनेका छन् ।   

बेलायत सरकारद्वारा अगष्टभर लागू गरिएको ‘इट आउट टु हेल्प आउट’ स्किमले विशेष गरी नेपाली रेष्टुरेन्ट व्यवसाय लाभान्वित भएका हुन् । यस स्किमअन्तर्गत पहिलो हप्ताभित्र मात्र १ करोड ५ लाख ४० हजार ३ सय ९४ जनाले सरकारी स्किम दावी गरेका बताइएको छ । 

कोरोना भाइरस संक्रमणका कारण करिब ३ महिना लकडाउनपछि सबैभन्दा प्रभावित हस्पिटालिटी क्षेत्रलाई उकास्ने उद्धेश्यले बेलायती अर्थमन्त्री ऋषि सुनाकले अगष्ट महिनाभर प्रत्येक सोमबार, मंगलबार र बुधबार पब, क्याफे वा रेष्टुरेन्टभित्र खाएको खाना तथा सफ्ट ड्रिंक्स्को बिलमा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेका थिए । छुटको रकम प्रति व्यक्ति १० पाउण्डसम्म निर्धारण गरिएको छ । तर खान पाउने नियम भने अनलिमिटेड छ, अर्थात ग्राहकले जतिपटक पनि खान सक्नेछन् । 

सरकारको उक्त स्किममा बेलायतका लाखौं रेस्टुरेन्टहरुले सहभागिता जनाएका छन् । यस स्किममा फाष्टफुड चेन म्याक डोनाल्ड, केएफसी लगायत रेष्टुरेन्ट, पब तथा क्याफे छन् ।

यस किसिमको स्किमबाट नेपाली व्यवसायीहरु पनि लाभान्वित बनेका उनीहरुको भनाइ छ । तर भर्खरैमात्र शुरु गरिएको यस स्किमसँगै बेलायतमा कोरोनाको संक्रमणमा वृद्धि हुन थालेपछि मानिसहरु घरबाहिर गएर खान अझै डराइरहेको स्थिति छ । तर कतिपय रेष्टुरेन्टमा भने मानिसले कोरोनाको पर्वाह गर्न छोडिसके । 

अहिले बेलायतका नेपाली व्यवसाय पनि विस्तारै लयमा फर्किन थालेको व्यवसायीहरु बताउँछन् ।

लामो समयदेखि रेष्टुरेन्ट व्यवसायमा आवद्ध सरस्वती केसीले विगत ५ वर्षदेखि लन्डन ह्यारोमा सारस रेष्टुरेन्ट एण्ड बार सञ्चालन गर्दै आएकी छन् । कोरोनाको पीडा एकातिर भएपनि सरकारले दिएको राहत प्याकेज र सहयोगप्रति खुशी नै छिन् सरस्वती । सरकारको नीति अनुरुप हप्ताको तीन दिन सोमबार, मंगलबार र बुधबार ५० प्रतिशत छुट हुँदा व्यवसाय राम्रै चलेको उनले बताइन् ।
 पहिला  वीकेन्डमा हुने व्यापार उक्त तीन दिनमा हुने गरेको केसीले जनाइन् । टेकअवेमा छुटको सुविधा नभएको हुँदा सोमबार, मंगलबार र बुधबार बाहेकका अन्य दिनमा टेकअवे पनि राम्रैसँग चलेको छ उनको रेष्टुरेन्टमा । एक महिनाका लागि लागू गरिएको ‘इट आउट टु हेल्प आउट’ स्किम अझ लामो समयसम्म लागू हुनुपर्ने उनको धारणा छ । स्टाफका लागि सरकारले दिने
तलब (फर्लो स्किम), विभिन्न कर र भ्याटमा छुट, ग्रान्ट, सहुलियत ऋण लगायत सुविधाले आफ्नो व्यवसाय टिकाउन ठूलो सहयोग मिलेको केसीले बताइन् । तर जाडो याममा फेरि कोरोनाको दोस्रो लहर आउने हल्लाले भने उनी चिन्तित छिन् । सरकारको निर्देशनअनुरूप कोरोना संक्रमण नियन्त्रण गर्न आफ्नो रेष्टुरेन्टमा पर्याप्त सावधानी अपनाएको उनले बताइन् । 

बेलायतमा करिब डेढ दशकदेखि हस्पिटालिटी क्षेत्रमा काम गर्दै आएका बल रायमाझीको अहिले लण्डन वेम्लीमा हिमालयन क्लब छ । सन् २००६ मा स्वान होटलबाट व्यवसाय शुरु गरेका रायमाझीले सन् २०१६ मा ब्लु अर्किड रेष्टुरेन्ट सञ्चालन गरेपछि सन् २०१७ देखि हिमालयन क्लब संचालन गर्दै आएका छन् । 
अहिले वीकेन्डमा बिजनेस् छैन्, सोमबार, मंगलबार र बुधबार टेकअवे चल्दैन् । सोमबारदेखि बुधबारसम्म निकै व्यस्त हुन्छ, रायमाझीले भने । राति अबेरसम्म लाइभ म्यूजिक संचालन हुँदै आएको हिमालयन क्लबमा कोरोना संक्रमणका कारण अहिले बन्द गरिएको छ । लाइभ म्यूजिक हुँदा राति अबेरसम्म ग्राहक बस्ने र व्यापार पनि सन्तोषजनक रहेको बताउने रायमाझी सरकारले दिएको एक महिनाको राहत पर्याप्त नभएको बताउंछन् ।

बेलायतको वकिंगमा संचालित न्यू हवेली रेष्टुरेन्टमा सबैजसो ग्राहकहरु विदेशी रहने रेष्टुरेन्ट संचालक सुनिल बाबु खड्काले बताए । सरकारद्वारा राहतस्वरूप ल्याइएको ‘इट आउट टु हेल्प आउट’ प्याकेजबाट सोमबार देखि बुधबार निकै बिजी हुने गरेको उनको भनाइ छ । बेलायतमा ३६ डिग्री तापक्रम भएको यो वर्षकै अत्यधिक गर्मीको समयमा पनि मानिसको भीड लागेको खड्काले सुनाए ।
 सामाजिक दुरी कायम गर्नुपर्ने कारण बस्ने ठाउं कमी भएको र मानिसको चाप धेरै भएकोले थुप्रै ग्राहक निराश भएर फर्किन बाध्य भएका उनी बताउँछन् । कहिल्यै बाहिर नखाने मानिसलाई पनि सरकारको यो नीतिले बाहिर गएर खाने बानी बसालेको खड्काको बुझाइ छ । बिगत तुलनामा वीकेन्डमा भने व्यापार कमी हुने गरेको उनले बताए । करिब ४० वर्ष यस क्षेत्रमा बिताइसकेका खड्काले विगत १० वर्षदेखि रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

उता, बेलायतस्थित ग्रेसटमा सन् २००९ देखि संचालित द बेलीफ ग्रेसटमा विदेशी ग्राहकहरु बढी भीड लाग्ने गरेको संचालक बिष्णु खरेल बताउँछन् । सरकारको नयाँ नीतिले वीकेन्डको व्यापार सोमबारदेखि मंगलबारबीचमा हुने उनले बताए । कतिपय मानिसहरु अझै पनि सरकारको फर्लो स्किममा रहेकाले उनीहरु वीकेन्ड नकुरी वीकडेजको ५० प्रतिशत छुट लिन आउने गरेका उनको भनाइ छ । 
त्यस्तै टेकअवेमा छुट नपाउने हुंदा त्यस्ता ग्राहकहरु पनि इट इनप्रति नै आकर्षित भएका कारण टेकअवेमा भने कमी आएको खरेलले जनाए । छुटका कारण तीन दिन ग्राहकहरुको बढी भीड भएपनि अन्य दिनमा भने सामान्य रहेको खरेलले बताए  ।

बिगत ६ वर्षदेखि बेलायतको अल्डरसटमा मःम स्टेशन नामक रेष्टुरेन्ट सञ्चालन गर्दै आएका अनिल मल्ल आफ्नो व्यवसायमा खासै नखस्केको बताउँछन् । ‘इट आउट टु हेल्प आउट’ सरकारको स्किमले हप्ताको तीन दिन निकै भएको र मानिसहरुको भीड पनि उत्तिकै बढेको बताउँछन् मल्ल । ग्राहकले खाएका सबै बिलहरु अपडेट गरेपछि ५ दिनभित्र सरकारले ५० प्रतिशत रकम भुक्तानी गर्ने उनले बताए । बेलायत सरकारले गरेको राहत स्किम निकै सकारात्मक रहेको उनको धारणा छ ।
सन् २०१३ देखि लन्डन हन्स्लोमा काठमाडौं जोन रेष्टुरेन्ट संचालन गर्दै आएका प्रकाश श्रेष्ठ सरकारको ‘इट आउट टु हेल्प आउट’ स्किमले आफूलाई भ्याई नभ्याई भएको बताउँछन् । अत्यधिक  भीडले गर्दा राम्रो सेवा सुविधा दिन नसकेर ग्राहक भड्किन्छन् भन्ने चिन्ता उनलाई छ । 
समयमा अर्डर लिन गाह्रो भएकाले लिमिटेड मेनु राख्ने सोच रहेको उनले बताए । सोमबार, मंगलबार र बुधबार रेष्टुरेन्टमा नै बिजी भएकाले टेकअवेमा समय दिन नसकिएको र ति दिनमा अन्य माध्यमबाट गरिने अर्डरहरु समेत बन्द गर्नुपरेको उनले बताए । बेलायत सरकारले गरेको सहयोग र राहत रेष्टुरेन्ट व्यवसायीहरुका लागि एकदमै सरहानीय रहेको श्रेष्ठ बताउँछन् । रातोपाटी

प्रतिक्रिया