Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

कारागार भित्रै टोपी बुनेर मनग्य आम्दानी

कारागार भित्रै टोपी बुनेर मनग्य आम्दानी

बझाङ । बझाङको जिल्ला कारागार सुधारगृह जस्तै बनेको छ । यहाँका कैदी बन्दीहरुले नयाँ सीपमुलक काम गर्दैआएका छन् । 

६७ जनाको हाराहारीमा रहेका उनीहरुले पछिल्लो समय त उद्यमीको रुपमा आफ्नो पहिचान बनाएका छन् । रोचक त के भने उनीहरु कारागारभित्रैबाट आफ्ना सीपमुलक उत्पादन बेचेर खर्च जुटाउँदै आएका छन् । करिब ५ वर्षदेखि जेल जीवन बिताइरहेका दिपक देवार टोपी, सुइटर, गल्बन्दी लगायत धागोबाट बन्ने सामाग्री बनाउँछन् । क्यारेमबोर्ड खेलेरै बिताउने समय सीपमुलक काममा लगाउन पाउँदा खुसी लागेको देवारले बताए । यसरी उत्पादन गर्ने धागोका सामाग्री बजारमा पनि बिक्री गर्दैआएको उनको भनाई छ ।

देवार जस्तै हरि टमटाले पनि टोपी बनाएर आयआर्जन गरिरहनुभएको छ । उनीहरुका अनुसार एक जनाले दैनिक कम्तिमा एउटा टोपी तयार पार्नछन् । टोपी ८ सय रुपैँयाको दरले बिक्री हुँदै आएको उनीहरुले बताए । साथै धागो बाट बन्ने सामाग्री बनाएरै आफूहरुले मासिक ८÷१० हजार आम्दानी गर्ने गरेको उनीहरुले सुनाए ।

स्थानिय उत्पादनका साथै हेर्नमा राम्रो भएकाले यसको बजारिकरणमा सबैले ध्यान दिनुपर्ने नेपाल पत्रकार महासंघ बझाङका सचिव ललित सिंहले बताए । उनले भने, ‘केहि समय अघि मैले पनि ४–५ वटा टोपी त्यहाँबाट किनेर ल्याएको हुँ, टोपी राम्रो छ । यसको बजारिकरणमा सबैले ध्यान दिन आवश्यक छ ।’

निर्मित सामाग्रीको बजार भने प्रसस्त नरहेको उनीहरुको गुनासो छ । बजारको अभावका कारण केही सामाग्री त आफु संगै रहेको टमटाले बताए । टमटाले भन्नुभयो, ‘बनाउन केही समस्या छैन्, बनेको सामग्री बिक्री गर्न समस्या छ ।’ सामान बिक्रीका लागि बजार व्यवस्थापनमा सहयोग गरिदिन उनीहरुले कारागारमा पनि अनुरोध गरेका छन् । उनिहरुले आफैले बुनेका सामाग्री परिवारका सदस्यलाई बिक्रीका लागि बजार पठाउँदै आएका छन् । उनिहरुले बनाएका सामाग्री विक्रीका लागि आफुहरुले पनि सहयोग गरेको जिल्ला कारागार बझाङका जेलर धन बहादुर घर्तीले बताए । 

कारागारले बेलाबेलामा विभिन्न सिपमूलक तालिम आयोजना गर्दै आएको छ । आफ्नो थप सिप विकासका लागि घरेलु तथा सानाउधोग विकास कार्यालय संग कैदिहरुले सिप विकास तालिमको माग गरेकाछन् । दुइ बर्ष यता घरेलु तथा साना उधोग विकास कार्यालयले कैदी बन्दीहरुका लागी सिप विकास तालिम संचालन नगरेको समेत जेलर घर्तीले बताए ।

प्रतिक्रिया