Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कारागार भित्रै टोपी बुनेर मनग्य आम्दानी

कारागार भित्रै टोपी बुनेर मनग्य आम्दानी

बझाङ । बझाङको जिल्ला कारागार सुधारगृह जस्तै बनेको छ । यहाँका कैदी बन्दीहरुले नयाँ सीपमुलक काम गर्दैआएका छन् । 

६७ जनाको हाराहारीमा रहेका उनीहरुले पछिल्लो समय त उद्यमीको रुपमा आफ्नो पहिचान बनाएका छन् । रोचक त के भने उनीहरु कारागारभित्रैबाट आफ्ना सीपमुलक उत्पादन बेचेर खर्च जुटाउँदै आएका छन् । करिब ५ वर्षदेखि जेल जीवन बिताइरहेका दिपक देवार टोपी, सुइटर, गल्बन्दी लगायत धागोबाट बन्ने सामाग्री बनाउँछन् । क्यारेमबोर्ड खेलेरै बिताउने समय सीपमुलक काममा लगाउन पाउँदा खुसी लागेको देवारले बताए । यसरी उत्पादन गर्ने धागोका सामाग्री बजारमा पनि बिक्री गर्दैआएको उनको भनाई छ ।

देवार जस्तै हरि टमटाले पनि टोपी बनाएर आयआर्जन गरिरहनुभएको छ । उनीहरुका अनुसार एक जनाले दैनिक कम्तिमा एउटा टोपी तयार पार्नछन् । टोपी ८ सय रुपैँयाको दरले बिक्री हुँदै आएको उनीहरुले बताए । साथै धागो बाट बन्ने सामाग्री बनाएरै आफूहरुले मासिक ८÷१० हजार आम्दानी गर्ने गरेको उनीहरुले सुनाए ।

स्थानिय उत्पादनका साथै हेर्नमा राम्रो भएकाले यसको बजारिकरणमा सबैले ध्यान दिनुपर्ने नेपाल पत्रकार महासंघ बझाङका सचिव ललित सिंहले बताए । उनले भने, ‘केहि समय अघि मैले पनि ४–५ वटा टोपी त्यहाँबाट किनेर ल्याएको हुँ, टोपी राम्रो छ । यसको बजारिकरणमा सबैले ध्यान दिन आवश्यक छ ।’

निर्मित सामाग्रीको बजार भने प्रसस्त नरहेको उनीहरुको गुनासो छ । बजारको अभावका कारण केही सामाग्री त आफु संगै रहेको टमटाले बताए । टमटाले भन्नुभयो, ‘बनाउन केही समस्या छैन्, बनेको सामग्री बिक्री गर्न समस्या छ ।’ सामान बिक्रीका लागि बजार व्यवस्थापनमा सहयोग गरिदिन उनीहरुले कारागारमा पनि अनुरोध गरेका छन् । उनिहरुले आफैले बुनेका सामाग्री परिवारका सदस्यलाई बिक्रीका लागि बजार पठाउँदै आएका छन् । उनिहरुले बनाएका सामाग्री विक्रीका लागि आफुहरुले पनि सहयोग गरेको जिल्ला कारागार बझाङका जेलर धन बहादुर घर्तीले बताए । 

कारागारले बेलाबेलामा विभिन्न सिपमूलक तालिम आयोजना गर्दै आएको छ । आफ्नो थप सिप विकासका लागि घरेलु तथा सानाउधोग विकास कार्यालय संग कैदिहरुले सिप विकास तालिमको माग गरेकाछन् । दुइ बर्ष यता घरेलु तथा साना उधोग विकास कार्यालयले कैदी बन्दीहरुका लागी सिप विकास तालिम संचालन नगरेको समेत जेलर घर्तीले बताए ।

प्रतिक्रिया